नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद वैठक आजबाट शुरु भएको छ । आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक संस्थाको छाता संगठनको रुपमा रहेको महासंघलाई राष्ट्रिय अन्तराष्ट्रिय मुलुकले राज्यको अर्को शक्तिशाली शक्तिको रुपमा स्वीकार गर्दछ । यसैले संविधानसभामा पार्टीकै सिफारीसमा भए पनि दुवै पटक सभासदमा मनोनयन गरेको थियो । अहिले राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ । यसैको लागि ५६ आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि संघीय परिषद सदस्यहरुको वैठक जावलाखेल, ललितपुरमा बसीरहेको छ । भोलीसम्म चल्ने यो बैठकले भावी नीति कार्यक्रम र बजेट तथा अहिलेसम्मको आर्थिक प्रतिवेदन पारित गर्ने छ ।
जब जब महासंघको महाधिवेशन नजिकिन्छ अनि राजनीतिक चलखेल शुरु हुन्छ । अहिले पनि एमाले एकातिर र माओवादी तथा काङ्ग्रेस एकातिर भावी नेतृत्वको लबिङ भइरहेको छ । संस्थापक आठ आदिवासी जनजातिमा सबैले महासंघको नेतृत्व लिइसकेका छन् । अहिलेदेखि राजनीतिक लबिङ शुरु भएको हुँदा नेतृत्वमा आदिवासी जनजातिको नेतृत्व गर्ने भन्दा पनि राजनीतिक एजेण्ड बोकेर महासंघमा छिर्ने प्रवृति पछिल्लो समयमा भएको हुँदा यस्तो प्रवृतिलाई निस्तेज पार्नुपर्ने परिषद सदस्यहरुको भनाईरहेको छ ।
संघीय परिषद वैठक : महाधिवेशनको तयरी

इन्डिजिनियस भ्वाईस२७ भदौ २०७३, सोमवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
आदिवासी महिला२५ चैत २०८२, बुधवारइन्डिजिनियस भ्वाईसनेपाल मगर महिला संघको आठौं महाधिवेशन काठमाडौंमा हुँदै
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत








