तीतेमाछा मासिएपछि आदिवासी सुनुवारको संस्कार तथा संस्कृतिमा गंभीर आघात
कोँइच सुनुवार आदिवासी जनजातिका विभिन्न संस्कारमा अनिवार्य चाहिने तिते माछा लिखु खोलामा लोप भएको छ । रामेछाप, सोलुखम्बु र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणधिन लिखुखोला जलविद्युत आयोजनाहरुले पानीको प्रबाह परिवर्तन तथा बढ्दो रसायनको प्रयोग गरे पछि त्यस खोलामा रैथाने जातका तितेमाछा लगायत अन्य जलचर लोप भएको हो । यसका कारण जैविक विविधता तथा पारिस्थिक प्रणालीमा असर परेको छ ।
‘लिखु खोलामा तितेमाछाको बिभिन्न खानी नै थिए । बिगतमा स्थानीय निकायले तिते माछा संकलन गर्नका लागि ठेक्का लगाउँदा एक लाख ७० हजार राजस्व नै आउने गरेको थियो । तर दुई बर्ष भयो, खोलामा तितेमाछा मात्र हैन अन्य जलचरहरु मासिएका छन् ।’ रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर २ की वडासदस्य इश्वरी कार्कीले भन्नु भयो –‘यो लिखु जल विद्युत आयोजनाका कारण हो । तितेमाछा लोप भए पछि स्थानीय आदिवासी जनजाति सुनुवारको संस्कार तथा संस्कृतिमा गम्भीर संकट उत्पन्न भएको छ । संस्कृति माथिको यो अतिक्रमण हो ।’
लिखु खोलामा एमभी दुगड ग्रुपले फरक फरक तीन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो ग्रुपबाट प्रबद्र्धित पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइडो«पावर एशोसिएट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि नामको तीनवटा सहायक कम्पनी मार्फत १५७ मेघावाटको जलविद्युत आयोजना त्यहाँ निर्माण भइरहेको छ । तर ती तिनैवटा जलविद्युत आयोजनाबाट खोलाका जलचर जीवको संरक्षण गर्ने कुनै योजना विना नै निर्माण कार्य अगाडि बढाएको स्थानीयको आरोप छ ।
कोँइच सुनुवार आदिवासी जनजातिका विभिन्न संस्कारमा अनिवार्य चाहिने तिते माछा लिखु खोलामा लोप भएको छ । रामेछाप, सोलुखम्बु र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणधिन लिखुखोला जलविद्युत आयोजनाहरुले पानीको प्रबाह परिवर्तन तथा बढ्दो रसायनको प्रयोग गरे पछि त्यस खोलामा रैथाने जातका तितेमाछा लगायत अन्य जलचर लोप भएको हो । यसका कारण जैविक विविधता तथा पारिस्थिक प्रणालीमा असर परेको छ ।
हातको बुढी औंलाभन्दा ठूलो नहुने तितेमाछाको जीवनचक्र अनौंठो किसिमको हुन्छ । सिजन भएपछि तितेमाछा खोलाको शिरतिर फुल पार्न उक्लिन्छन् । तितेमाछाले फुल पार्ने सिजन जेठदेखि सुरु भएर भदौ अन्तिमसम्म चल्ने स्थानीय बताउँछन् । फुल पारेर फर्किने क्रममा तितेमाछाको शिकार गरिन्छ ।
यी माछा जून मूलमा फुलबाट निस्कन्छन् अर्को बर्ष उही मूलमा फुल पार्न आउने जनविश्वास छ । फुल पार्न आउँदा तितेमाछा खोलाको किनारै ढाकेर रमिता लाग्नेगरी आउछन् । स्थानीयहरु तितेमाछाले फुल पार्ने समयलाई ‘माछा फल्ने सिजन’ समेत भन्ने गरिएको स्थानीय बीरबहादुर सुनुवारले बताउनुभयो । तर लिखु जलविद्युतले खोलामा निर्माण कार्य सुरु गरे पछि तितेमाछा पाउन छाडेको उहाँको अनुभव छ ।
स्थानीय आदिबासी जनजाति समुदाय र खास गरेर लिखु खोलाको तटीय क्षेत्र रामेछाप, सोलुखम्बु र ओखलढुङ्गाका स्थानीयले सँंस्कार र संँस्कृतिका लागि खोलाको तितेमाछालाई प्राकृतिक रुपमा संरक्षण गर्दै आएका थिए । त्यहाँका स्थानीय बासिन्दाहरु माछाको शिकार गरेर जिविकोपार्जन पनि गर्ने गरेको स्थानीय पवित्र कुमार सुनुवारले बताउनु भयो । तर ती माछा शिकारीहरुको जिविका पनि तितेमाछाको लोप भएसंगै खोसिएको छ ।
तितेमाछा सेवन गर्दा केहि तितो स्वाद हुने भएकाले यसलाई तितेमाछा भनिएको हो । तितेमाछा स्वादिष्ट र पोषिलो मात्र नभएर यसमा औषधीको गुण समेत भएको बताइन्छ ।
आदिवासी सुनुवारहरुको जन्म देखि मृत्युसम्मका सबै संस्कारमा नभै नहुने सामाग्रीमा तिते माछा पर्ने भएकोले सुनवार आदिवासीको संस्कृतिसंग सम्बन्धित भएको सुनवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणबीर सुनवारको दावी छ । ‘धार्मिक, साँस्कृतिक र सामाजिक रुपमा जोडिएको तितेमाछा भएन भने हाम्रो संस्कार र संस्कृति पनि लोप हुन्छ । अहिले प्रकारान्तरले सुनुवारहरुको आदिभूमि वल्लो किरात क्षेत्रका नदी, खोलाहरु व्यापारिक प्रयोजनका लागि बेचिएका छन् । यसैकारण तितेमाछा लोप भएका हुन् । यसरी प्राकृतिक स्रोतको प्रयोग गर्दा आदिवासीसंग कुनै पनि प्रकारको परामर्स तथा सहमति लिएको छैन ।’ उहाँले भन्नु भयो ।
आदिवासीलाई असर पार्ने हरेक क्रियाकलापमा आदिवासीहरुसंग स्वतन्त्र, पूर्व, सुसूचित सहमति (एफपीक) लिनु पर्ने प्रावधान अन्तराष्ट्रिय कानूनमा रहेको बताउँदै नदी नाला तथा खोला जस्ता प्राकृतिक स्रोतको प्रयोग हुन पूर्ब यस प्रकारको सहमति आवश्यक पर्ने अधिवक्ता भीम राईको छ । ‘यदी एफपीक नलिई जलविद्युत जस्ता परियोजना सञ्चालन भएमा अन्तराष्ट्रिय कानुनको उल्लघन तथा मानवअधिकारको हनन् हो ।’ आदिवासी जनजातिको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप)मा आवद्ध अधिवक्ता राईले भन्नु भयो –‘लिखु जलविद्युत आयोजनाका तीनै वटा परियोजनाले आदिवासीको संस्कृतिसंग जोडिएको तितेमाछा संरक्षण लगायतमा स्थानीयबासीहरुसंगको समन्वय र सहमति गरेर वैकल्पिक व्यबस्था गर्न सक्छ ।’
‘लिखु जलविद्युत आयोजनाका तीनै वटा परियोजनाले आदिवासीको संस्कृतिसंग जोडिएको तितेमाछा संरक्षण लगायतमा स्थानीयबासीहरुसंगको समन्वय र सहमति गरेर वैकल्पिक व्यबस्था गर्न सक्छ ।’
स्थानीय उमाकुण्ड गाउँपालिका स्थित ब्रम्लीचा समाजका अध्यक्ष शिव सुनुवार पनि तितेमाछा मास्ने काम अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ ले व्यवस्था गरेको जल, जंगल र जमिनमाथि आदिबासी जनजातिको स्वामित्वलाई खोस्ने काम हो भन्ने आरोप लगाउनु हुन्छ । कुनै पनि जातिलाई मास्नु परेमा सबै भन्दा पहिले उस्को संस्कृति मास्ने कार्य हुने गरेको भन्दै जलविद्युतका नाममा आदिवासी सुनुवारको संस्कृति मास्ने कार्यको यो प्रारम्भ हो भन्ने ठोकुवा गर्नू हुन्छ ।
आयोजनाले वातावरणी प्रभाव मूल्याँकनमा तीते माछा लगायत जलचर संरक्षणका लागि बिशेष उपाय अवलम्बन गर्न सुझाव दिएको छ । खोलामा १० प्रतिशत पानी छाड्नु पर्ने। कुवा बनाएरु माछाको संरक्षण गर्नू पर्ने तथा समय समयमा माछाका भूरा छाड्नु पर्ने प्रावधान भए पनि त्यसको कार्यन्वयन नभएको स्थानीयको आरोप छ ।
उता एमभी दुगड ग्रुपका जनसम्पर्क अधिकृत रोकट बस्नेत भने परियोजनाले नेपाल सरकारको नीति र कानूनको परिधिमा रहेर जलविद्युत आयोजना निर्माण गरिरहेको बताउँदै वातवरणीय प्रभाव मूल्याँकन प्रतिबेदनमा उल्लेख भएका सबै बिषयबस्तुलाई कार्यन्वयन गरिरहेको र तितेमाछाका भूरा पनि खोलामा हालिए पनि परिणत्मक उपलव्धी नदेखिएको बताउनु भयो । उहाँको निचोड थियो जलविद्युत आयोजना र माछाको संरक्षण आफैमा विरोधाभाष बिषय हो ।