राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउँन गरेको आग्रह बमोजिम आफनो साझा एजेन्डा बनाउन र प्रतिनिधि छान्न जेएन–जीको भर्चुअल बैठक बसेको छ ।
एक अर्काप्रति अपरिचित बैठकका सहभागीहरुले आफनो परिचय गोप्य राखेका थिए । भारतको प्रमूख बाह्य गुप्तचर संस्था रअको उच्च निगरानीमा भएका कारण आफनो परिचय लुकाउन बाध्य भएको एक जना सहभागीले भर्चुअल वार्ताका क्रममा बोलेका थिए ।
घोष नाम गरेका एक युवकले सहजीकरण गरिरहेको सो बैठकमा नयाँ सरकारको गठन, निर्वाचन र त्यस पछिको योजना निर्माणका विषयमा छलफल भएको थियो ।
सो भर्चुअल बैठकमा ती योजनाको छनौट कसरी गर्ने भन्ने बिषयमा फरक फरक मत देखिएको थियो । तर सहजकर्ताले प्रतिनिधि छनौट गुगल मीट मार्फत गरिने र यसमा सहभागी हुनेले आप्mनो पृष्ठभूमि बताउनु पर्ने, एजेन्डाको खाका प्रस्तुत गर्नु पर्ने, आफनो भनाइ राखे पनि मीटबाट बाहिरिनु पर्ने लगायतका शर्त राखिएको बिषयलाई प्राय सबैले सहमति प्रकट गरेका थिए । करीव चार हजार सहभागी भएको भर्चुअल बैठक ले तय गरेको एजेन्डा छानेर एक प्रतिनिधि नेपाली सेनाको प्रधानसेनापतिसंग वार्ता गर्न जाने जानकारी दिइएको थियो ।
वार्ताका क्रममा आफु हङकङनिवासी बताउने सुप्रिया क्षत्री नाम बताउने एक युवतीले बैठकलाई सुव्यस्थित बनाउन सुझाव दिइ रहेकी थिइन । उनले बीच बीचमा बैठक सन्चालन गर्ने तरिका, माइनट उतार्ने तरिका तथा सहभागीले बोल्ने शैलीका बारे निर्देशन दिइरहेकी थिइन् ।
बैठकमा अवको सरकार प्रमूखको सवालमा पनि छलफल भएको थियो । बैठकमा सुनाइए अनुसार पूर्व प्रधान न्यायधिश सुशिला कार्कीसंग एक पटक कुरा भइसकेको बताइएको थियो । ‘सुशिला कार्की सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधिश हुनु हुन्छ । उहाँसंग हाम्रो टिमले कुराकानी गरी सकेको छ । तर उहाँले पूर्ण रुपमा स्वीकार गर्नु भएको छैन ।’ बैठकको सहजीकरण गरी रहनु भएका घोषले बताउनु भयो । उहाँका अनुसार ‘एक पक्षको आग्रहमा मात्र म प्रधानमन्त्री हुन चाहन्न, सर्व सम्मत भङङयो भने सम्भव छ’ भनेर जवाफ दिनु भएको थियो ।
बैठकमा काठमाडौ महानगरपालिकाका प्रमूख बालेन्द्र साहको पनि चर्चा भएको थियो । तर बैठकमा धेरैले साहको प्रस्ताव बिरुद्ध प्रतिक्रिया लेखेका थिए । त्यसै गरी कुलमान घिसिङ, धरानका मेयर हर्क साम्पाङलगायतको नाम उच्चारण भए पनि बैठक प्रधानमन्त्री छान्ने बिषयमा नभएर वार्तामा जाने प्रतिनिधि चयनका लागि भएकाले त्यसमा केन्द्रीत हुन सहजकर्ताले जोड दिएका थिए ।
बैठकमा यस अघि तय भइसकेको संसद बिघटन, एक बर्ष भित्र निर्वाचन गराउने गरी अन्तरिम सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख लगायतका बिषयमा सहमति भएको जानकारी दिएका थिए ।
बैठकमा कानुनी तथासंबैधानिक सल्लाह दिने आफुहरुसंग टिम भएको बताएका थिए भने डिजिटल ल्पेटफर्म उपलव्ध गराउने प्रति पनि पटक पटक धन्यबाद भनिरहेका थिए ।
यो समूहले एक पटक सेना प्रमूख सिग्देलसंग कुराकानी गरिसकेको भएता पनि कुरा कानी गर्न जाने व्यक्तिहरु आफनो आधिकारिक भए नभएको खुट्याउन सकेका थिएनन् ।
उनीहरुले सागर ढकाल र रक्षा बमको नाम पनि उच्चारण गरिरहेका थिए । तर सागर भने धनगढीमा भएका कारण वार्तामा जान नसक्ने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पछि नयाँ सरकारका लागि जेएन जी समूहसंग पनि वार्ता गर्ने आह्वान भए पछि उनीहरु आन्तरिक बैठकमा जुटेका हुन् ।
संसद बाहिर रहेका आन्दोलनरत पक्षको सहमतिमा नयाँ सरकार बनाउने भनिए पछि नयाँ सरकार बनाउने विषयमा अन्योलता छाएको छ ।
संसद बिघटन नभएको र संविधान क्रियाशिल रहेको समयमा संसद बाहिरको सरकार बनाउन चुनौतिपूर्ण देखिन्छ ।
बर्तमान संविधानले संसद वाहिरको सरकारको परिकल्पना गर्दैन । तर संसद वाहिरबाट प्रधानमन्त्री नल्याए आन्दोलनको मर्म अनुसार हुँदेन ।