नेपाली समाजको विविधतालाई सम्मान गर्दै आदिवासी जनजातिमैत्री सञ्चार प्रणाली विकासमा सहयोग गर्न विभिन्न सञ्चार माध्यममा कार्यरत आदिवासी जनजाति सञ्चारकर्मीहरूको पहलमा सञ्चालित छ, ईन्डिजिनियस भ्वाईस वेवपोर्टल ।

www.indigenousvoice.com नामक यो वेव पोर्टलले मुलुकमा विद्यमान जातीय, भाषिक, धार्मिक र सांस्कृतिक बहुलतालाई कायम राख्न सामाजिक सहिष्णुता र भावनात्मक एकतालाई मजबुद बनाउदै, समावेशी, समतामूलक, शान्त र न्यायपूर्ण समृद्ध नेपालको निर्माणमा केही हदसम्म योगदान दिने प्रयत्न गर्ने कुरामा हामी विश्वस्त छौ ।

सूचना र ज्ञानको साझेदारी गर्दै सञ्चार माध्यम र स्रोत, साधन तथा सेवा सुविधाबाट बञ्चितीकरणमा परिरहेका समुदाय विशेषगरी आदिवासी जनजातिको आवाजलाई मूलप्रवाहीकरण गरी आर्थिक, सामाजिक, मानवीय र सांस्कृतिक अधिकार र अवसरमा न्यायोचित पहुँच सुनिश्चित गर्न सहयोग पुग्नेछ भन्ने कुरामा पनि हामी विश्वस्त छौ ।

यो वेवपोर्टल सम्पूर्ण रुपमा आदिवासी जनजातिमा समर्पित र केन्द्रित हुनेछ । यसमा आदिवासी जनजातिका समाचार र विचारका साथै उनीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, मानवअधिकारका  बिषयका विविध सामग्रीहरु  रहनेछन । आदिवासी जनजातिसम्बन्धि पुस्तक, जर्नल, वृतचित्र एवं एवं अडियो भिडियोहरु यथासक्य संकलन गरि ईलाइव्रेरीमा राखिनेछन् । नेपालका प्रत्येक आदिवासी जनजातिहरुको बेग्लाबेग्लै पेज रहनेछन, जसमा उनीहरुको भाषा, संस्किृति, रीतिरिवाज, इतिहासजस्ता विषयले प्राथमिकता पाउनेछ ।  मूलधारका भनिने सञ्चारमाध्यमहरुमा उपेक्षित भएका बिषयबस्तु एवं आदिबासी जनजातिबारे देश र परदेशका जानकारी र लेखहरु यथोचित मात्रामा समेटिने छन् । अन्तत यो वेवपोर्टलले आवाजविहिन बनाईएका आदिवासी जनजातिहरुको आवाजलाई बुलन्द गराउन र नेपालको विविधतालाई संरक्षण र सम्बर्धनमा महत्वपुर्ण भूमिका खेल्ने कुरामा विश्वस्त छौ ।