शेर्पा जातिको तथ्य बङ्ग्याउने प्रज्ञा प्रतिष्ठानको सामाजिकशास्त्र विभाग प्रति शेर्पा संस्थाको आपत्ती

डोल्मा शेर्पा
डोल्मा शेर्पा१९ भदौ २०८२, बिहिवार
शेर्पा जातिको तथ्य बङ्ग्याउने प्रज्ञा प्रतिष्ठानको सामाजिकशास्त्र विभाग प्रति शेर्पा संस्थाको आपत्ती

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपालका जातीय सामाजिक संस्कार (भाग ९) मा संग्रह गरिएको शेर्पा समुदाय र तिनका सामाजिक संस्कारहरु”शीर्षकको आलेखमा आदिवासी जनजाति शेर्पा समुदायका बिषयमा भ्रामक र कपोलकल्पित बिषय समाबेश गरी प्रकाशन गरेको भन्दै नेपाल शेर्पा संघ तथा शेर्पाजन्य संघसंस्थाले  आपत्ती प्रकट गरेका छन् । 

नेपाल शेर्पा संघ तथा शेर्पाजन्य संघसंस्थाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भुपाल राईलाई बुधबार ध्यानार्कषण पत्र समेत बुझाएर सो गलत तथ्यलाई सच्याउन आग्रह समेत गरेको छ । नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाको नेतृत्वमा प्रज्ञा प्रतिष्ठानमा पुगेको एक प्रतिनिधिमण्डलले सो ध्यानार्कषण पत्र कुलपती राईलाई बुझाएको हो ।  

ज्ञापन प्रत्र ग्रहण गर्दै प्रतिष्ठानका कुलपति राईले प्रकाशित पुस्तकलाई मुल पाण्डुलिपी प्रतिकुल भएमा सच्याएर पुन मुद्रण गर्ने आस्वाशन दिनुभएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपालका जातीय सामाजिक संस्कार (भाग ९) मा शेर्पा समुदाय र तिनका सामाजिक संस्कारहरु शीर्षक राखी लेखिएको लेखमा आङ्लमी शेर्पाले शेर्पा जातिको उद्गम र बसोबास क्षेत्र गलत उल्लेख गरेको भन्दै शेर्पा संघको ध्यानार्कषण पत्रमा उल्लेख छ । 

लेखक आङ्लमी शेर्पाले भने पुस्तकका लागि पठाएको लेख सम्पादकले तोडमोड गरि छापेको आरोप लगाउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत रहनु भएका सम्पादक डा. कौशिला रिसाल र अर्का सम्पादक नारायण शर्माले आफुले पठाएको लेखलाई तोडमरोड गरेको र उठान नै नभएको बिषय थपेको बताउनु भयो । 

नेपालका जातीय संस्कार (भाग ९) मा लेखिका आङलेमी शेर्पाद्धारा लिखित सो लेखमा शेर्पाहरुको पुर्ख्यौली बासस्थान हालको गोरखा जिल्ला भएको उल्लेख गर्नू भएको छ । यसैलाई पुष्टी गर्ने गरी आमुखमा प्रकासित सम्पादकीयमा पनि  शेर्पाहरुको उद्गम गोर्खा जिल्लामा भएको उल्लेख गरिएको छ । 

प्रकासित आलेखको पहिलो पृष्ठको पहिलो अनुच्छेदमा शेर्पाहरुले आफ्नो पुर्खालाई बाँदर र राक्षसनीको सन्तान मान्छ भन्ने विषयमा पनि शेर्पा संघसंस्थाले आपत्ती जनाएका छन् । 

उक्त लेखमा शेर्पा समुदायको उत्पत्तिका बारेमा तथ्यहीन र समुदायको सम्मानमा आँच पर्ने खालका शब्दहरु प्रयोग गरिएको विषयमा प्रमुख ६ संस्था—हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा संचार समूह नेपाल, नेपाल शेर्पा विद्यार्थी संघ, नेपाल शेर्पा महिला संघ, नेपाल शेर्पा युवा संघ, र शेर्पा कलाकार संघले पनि सामूहिक ध्यानार्कषण गरेको छ ।  

शेर्पा संघसंस्थाहरुले लेखकबाट लेखको सक्कल प्रति माग गर्ने प्रकाशित पुस्तकको बिक्रि वितरण तत्काल रोक्न माग गरेको छ भने बिक्री भइसकेका पुस्तकहरुलाई फिर्ता गर्नको लागि समेत आग्रह गरेको छ ।  

नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिकशास्त्र विभागबाट नेपालका जातीय संस्कार नामक जातीय पहिचान सम्बन्धी अनुसन्धानात्मक आलेख प्रकासित हुँदै आएको छ । यस अघि प्रा.डा. प्रेम खत्रीले आठ अंक सम्म सम्पादन गर्नू भएको थियो । तर विभागमा रिसाल आएपछि आफै सम्पादक भएर नेपालका जातीय संस्कार  प्रकासन गर्न थाल्नु भएको छ । बिभागबाट प्रकासित अन्य प्रकासनको पनि विभागीय प्रमूख डा. रिसाल आफै सम्पादक हुनु हुन्छ । प्रज्ञा प्रतिष्ठानले सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान नारा तय भए पनि सामाजिकशास्त्र  बिभागबाट सम्पादन भएका क्रियाकालपसो नारा अनुकुल नभएको भन्दै सरोकारवालले असन्तुष्ठि जनाउँदै आएको छ । 
 
 

प्रतिक्रिया