जेनजेड आन्दोलन पछि सम्पन्न निर्वाचनका आधारमा बालेन्द्र साह (बालेन)को अध्यक्षतामा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नेपालको राजनीतिक इतिहासमा खसआर्य इतरको पहिलो प्रधानमन्त्री उहाँ हुनुहुन्छ ।
पुर्खौली घर बारा रहेका बालेन्द्र साह मधेशी मुलको हुनुहुन्छ । काठमाडौँ महानगरपालिकाको नगर प्रमुख भईसक्नु भएको साह ३६ वर्षिय हुनुहुन्छ । उमेरका हिसाबले पनि वि. सं. २०४६ पछि गठन भएको मन्त्रिपरिषद्को कान्छो प्रधानमन्त्री हुनुहुन्छ । यसअघि पन्चायतकालमा सुर्यबहादुर थापा ३५ वर्षमा प्रधानमन्त्री बन्नुभएको थियो ।
झापा–५ निर्वाचन क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले निर्वाचनमा पराजित गर्नुभएको थियो । प्रधानमन्त्री बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुनुहुन्छ । र उहाँ ¥यापर गायक पनि हुनुहुन्छ । उहाँले आजै राष्ट्रपति रामचन्द« पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन साहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् समेत बनेको छ । मन्त्री परिषद्का सदस्यहरुले पनि शुक्रबारनै पद तथा गोपनियताको सपथ लिनुभएको छ । विगतका तुलनामा यो मन्त्रिपरिषद् तुलनात्मक रुपमाले समावेशी बनाउने प्रयास भएको देखिन्छ ।
१० पुरुष र ५ महिलासहितको मन्त्रिपरिषद्मा महिलाको सहभागिता ३३.३३ प्रतिशत रहेको छ ।
महिलाबाट मन्त्री हुनेमा खसआर्यबाट २ जना, थारु समुदायबाट १ जना, मधेशी समुदायबाट १ जना र १ जना दलित समुदायबाट हुनुहुन्छ ।
खसआर्य महिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम चितवन क्षेत्र नम्बर ३ वाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ कानुनमन्त्री बन्नुभएको छ ।
यसैगरि प्रतिभा रावलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
थारु समुदायबाट गीता चौधरी कृषि तथा पशुपन्छी मन्त्री बन्नुभएको छ ।
यसैगरि मधेशी समुदायबाट निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको छ । उहाँ रास्वपाबाट समानुपातिक सिटमा निर्वाचित सांसद हुनुहुन्छ ।
बालेन मन्त्रिपरिषद्मा अत्यन्त लोपोन्मुख दालित वादी समुदायबाट सीता वादी महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री हुनुभएको छ । वादी समुदायबाट मन्त्री बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।
आदिवासी जनजाति समुदायबाट ३ जना नयाँ मन्त्रिपरिषद्मा समेटिनुभएको छ । काठमाडौँ उपत्यकाबाट प्रतिनिधित्व गर्दै विराजभक्त श्रेष्ठ उर्जा जलस्रोत तथा सिँचाई मन्त्री हुनुभएको छ ।
जेन्जी आन्दोलनका क्रममा चर्चामा आउनुभएका सुधन गुरुङ गृहमन्त्री बन्नुभएको छ । यसैगरि कृषि मन्त्रीमा नियुक्त हुनुभएको गीता चौधरी आदिवासी समुदायबाट हुनुहुन्छ । उहाँ थारु अभियन्ता पनि हो ।
मधेशी समुदायबाट तीन जनाको प्रतिनिधित्व रहेको छ । इन्जिनियर पृष्ठभुमिका दिपक साह श्रम मन्त्री बन्नुभएको छ भने नर्सिङ पेशाबाट आउनुभएका निशा मेहता पनि मधेशी मुलको हुनुहुन्छ ।
यो मन्त्रिपरिषद्मा भने खसआर्यको बर्चस्व कायम नै रहेको छ । मर्यदाक्रममा वरिष्टतम स्थान पाउनुहुने स्वर्णिम वाग्ले अर्थमन्त्री बन्नुभएको छ ।
यसरीनै परराष्ट्रमन्त्रीमा शिशिर खनाल, सूचान, प्रविधि तथा संचारमन्त्रीमा डा. विक्रम तिमल्सिना, शिक्षा मन्त्रीमा सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा खड्क पौडेल र भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल नियुक्त हुनुभएको छ ।
युवाको वर्चस्व
बालेन सरकारको मन्त्रिपरिषद्मा ४० वर्ष मुनिका युवाहरूको वर्चस्व रहेको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्षमुनिको हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाह ३६ वर्षको हुनुहुन्छ भने कानुन मन्त्री सोबिता गौतम ३० वर्ष, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ३५ वर्ष, र शिक्षामन्त्री सम्मित पोखरेल २९ वर्षको हुनुहुन्छ ।
स्वास्थ्य मन्त्री निशा मेहता ३८ वर्ष पुग्नुभएको छ । श्रम मन्त्री दिपक शाह ३४ वर्ष, संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२ वर्ष, गृहमन्त्री सुधन गुरुङ ३८, महिला मन्त्री सिता वादी ३० र कृषि मन्त्री गीता चौधरी ३२ वर्षको हुनुहुन्छ ।
मन्त्रिपरिषद्मा सबैभन्दा पाका भनिएका स्वर्णिम वाग्ले ५१ वर्षको हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनाल ४७ वर्ष, उर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४, पर्यटनमन्त्री खड्कराज पौडेल र सञ्चारमन्त्री विक्रम तिमिल्सिना ४३ वर्षको हुनुहुन्छ ।









