राजनीतिक दलका उम्मेद्वारमा  नेवार र तामाङ कमजोर, चेपाङ, सुरेल जिरेल र सुनुवार सुन्य 

डोल्मा शेर्पा
डोल्मा शेर्पा१९ माघ २०८२, आइतवार
राजनीतिक दलका उम्मेद्वारमा  नेवार र तामाङ कमजोर, चेपाङ, सुरेल जिरेल र सुनुवार सुन्य 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आदिवासी तामाङ र नेवा बहुल क्षेत्रमा तामाङ र नेवाहरुको प्रत्यक्ष तर्फको उम्मेद्वारीमा कम अवसर प्राप्त भएको देखिएको छ । 
आदिवासी बहुल क्षेत्र बागमति प्रदेशमा प्रमूख राजनीतिक दलहरुले उम्मेद्वार मनोनयन गर्दा सम्बन्धीत समुदायलाई वेवास्था गरेको पाइएको छ । 

बागमति प्रदेशको धादिङ, मकवानपुर र चितवन थातथलो रहेको चेपाङ समुदायका तर्फबाट उम्मेद्वारी परेकै छैन भने, सिन्धुपाल्चोक हेलम्बु थातथलो रहेका ह्योल्मो, दोलखा थातथलो रहेको सुरेल, जिरेल  र रामेछाप तथा सिन्धुली  थातथलो रहेको सुनुवार तथा हायु समुदायलाई उम्मेद्वारीमा पुरै बहिस्करण गरिएको छ । 

यसै गरी दोलखा, सिन्धुपाल्चोकमा बसोबास गर्ने शेर्पाहरुले पनि यो निर्वाचनमा प्रमूख राजनीतिक दलले बन्चित गराएका छन् । 

आदिवासी बहुल जिल्ला मकावनपपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १  र २ मा गरी  ४४ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दर्ता गरेका छन् । यस क्षेत्रमा पूर्व सांसद दिपक बहादुर सिंहसहित प्रमूख राजनीतिक दलका उम्मेद्वारहरु खस आर्य समुदायका नै छन् । 

यस क्षेत्रमा नेपाली काँग्रेसले महालक्ष्मी उपाध्यय, नेपाली कम्युनिष्ट पार्टीले विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश गौतम र नेकपा एमालेले रामेश्वर राना मगरलाई अगाडि सारेको छ । राना बाहेक अन्य उम्मेद्वार खस आर्य समुदायका हुन् । 

सिमान्तकृत आदिवासी चेपाङ र लोपोन्मुख बनकारियाको  थातथलो रहेको  मकावनपुरमा एक जना चेपाङकोमात्र उम्मेद्वारी परेको छ । संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा उठेका छन । तर बनकरिया समुदायको भने यहाँ कुनै नाम निसाना पाइन्न । 

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा उमालेले महेश वर्तोला, नेपाली काँग्रेसले बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीले लवशेर विष्टलाई अघि सारेको छ । 

चितवन जिल्लाको ३ वटा क्षेत्रमा ६४ जनाले उम्मेद्वार दर्ता गरेका छन् । जसमा २६ जना आदिवासी समुदायबाट छन । चितवन क्षेत्र नम्बर १  बाट नेकपा एमालेले तामाङ समुदायबाट उम्मेद्वारी उठाएका छन भने क्षेत्र नम्बर २ मा भने नेपाली कम्युनिष्ट पार्टीबाट गुरुङ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यस अघि निर्वाचित हुनु भएको चितवनको २ नम्बर क्षेत्रमा एमालेका अस्मिन घिमिरे र नेपाली काँग्रेसका मिना कुमारी खरेल उम्मेद्वार हुनु हुन्छ । 

यसैगरि क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्व मेयर रेणु दहाल संग रास्वपाकी सबिता गौतम उम्मेद्वार बन्नु भएको छ ।  नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने टेक प्रसाद गुरुङ र दिपक थापा मगरलाई अघि सारेको छ । 

तर चितवनमा थाकथलो भएका आदिवासी सिमान्तकृत समुदाय चेपाङल समुदायको प्रतिनिधि भने शुन्य देखिन्छ ।

सिन्धुपाल्चोक जिल्लामा भने रोचक प्रतिष्पर्धाका लागि उम्मेद्वार चयन भएका छन् । जिल्लाको क्षेत्र नम्बर १ वाटराजनीतिक दलहरुसहित स्वतन्त्र उम्मेदार दिनेहरुको संख्या १८ रहेको छ । 

तामाङ बहुल जिल्ला सिन्धुपाल्चोक १ मा नेपाली काँगे्रसले जंग बहादुर लामालाई उम्मेद्वार तोकेको छ । अन्य प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीहरुले यहाँ  गैह्र आदिवासी जनजाति उम्मेद्धवार बनाएका छन् । 

सिन्धुपाल्चोक २ मा भने प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली काँग्रेसका दुवै उम्मेद्वार तामाङसमुदायका छन् । एमालेका तर्फबाट पूर्व मन्त्री शेर बहादुर तामाङ र नेपाली काँग्रेसले बंशलाल तामाङलाई उम्मेद्धवार तोकेको छ ।  १८ जना उम्मेद्वारी मध्ये अधिकाँश खस आर्य समुदायका छन् । यहाँ संघीय लोकतान्त्रिक मन्चले मात्र एक जना शेर्पालाई उम्मेद्वार तोकेको छ । उहाँ दावा छिरिङ शेर्पा हुनु हुन्छ । यसैगरी जनता समाजवादी पार्टीबाट पासाङ शेर्पा (छेल्हमु) लाई उम्मेद्वारी बनाएको छ  । 

यहाँ नेपाली  कम्युनिष्ट पार्टीबाट यसअघि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य भईसक्नु भएका माधव सापकोटा र युवराज दुलाललाई अघि सारेको छ । 

तामाङ बहुल जिल्ला कार्भेपलान्चोकको १ र २ नम्बर क्षेत्रमा गरी जम्म ४२ जनाको उम्मेद्वारी परेको छ । जसमा २६ जना आदिवासी समुदायबाट रहेका छन् । काभ्रे क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अमित तामाङ र नेकपा एमालेले गुणराज मुक्तानलाई उम्मेद्वारी बनाएको छ । 

काभ्रे क्षेत्र नम्बर २ मा भने पनेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेवार समुदायबाट  र अन्य दलले गैह्र आदिवासीलाई प्राथामिकता दिएका छन् । एमालेले पूर्व मेयर अशोक व्यान्जु र नेपाली काँग्रेसले मधु आचार्यलाई उठाएको छ । 

तामाङहरुको जनसंख्या धेरै भएको नुवाकोटमा प्रमूख राजनीतिक दलले सो समुदायलाई प्राथामिकता दिएको छैन । नेपाली कम्युनिष्ट पार्टीले पूर्ब मन्त्री हित बहादुर तामाङबाहेक अन्य दलका उम्मेद्वारहरुको सूचि खस आर्य समुदायकै छन् । 

तामाङ समुदायको सबै भन्दा धेरै जनसंख्या रहेको रसुवामा एमालेका प्रेम तामाङ बाहेक प्रमूख राजनीतिक दलका उम्मेद्वारहरु गैह्र आदिवासी समुदायका छन् । 
स्वतन्त्र सहित यहाँ १२ जनाको उम्मेद्वारी परेको छ । 

धादिंङ जिल्लाको दुई क्षेत्रको उम्मेद्वारी संख्यालाई जोडदा ४७ जनाले दर्ता गरेको छ । जसमा १७ जना उम्मेद्वारहरु आदिवासी समुदायबाट छन । 

तर प्रमुख राजनीतिक दलबाट उम्मेद्वार भने सन्तोषजनक देखिँदैन । क्षेत्र नम्बर एकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट  तामाङ छन भने क्षेत्र नम्बर दुईबाट दुई प्रमुख राजनीतिक दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहेको देखिन्छ ।

यसैगरि रामेछाप जिल्लामा १७ जनाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरको छ । ९ जना आदिवासी समुदायबाट छन । प्रमुख राजतीतिक दलबाट दुई जना आदिवासी समुदायका प्रतिनिधि रहेको छ । 

सिन्धुलीमा दुई निर्वचन क्षेत्रमा गरि २८ जनाले उम्मेद्वारी दर्ता गरेको छ । ९ जना आदिवासी समुदायबाट छन भने क्षेत्र नम्बर २ मा मात्र नेपाली काँग्रेसबाट आदिवासी तामाङ समुदायबाट उम्मेद्वारी  पाएको छ ।

सिन्धुली २ वटामात्र आदिवासी महिला प्रतिनिधि सभा सदस्यका लागि प्र्रत्यक्ष निर्वाचनमा छन भने बाँकी १२ जिल्लामा आदिवासी महिलाको अवस्था शुन्य उपस्थितिमा रहेको देखिन्छ । त्यहाँ नेपाली काँग्रेसकी सुशिला थिङ एकलो आदिवासी महिला उम्मेद्वार हुनु हुन्छ । 

दोलखामा ३० जनाले उम्मेद्वारी दर्ता गरेको छ । जसमा १२ जना आदिवासी समुदायबाट छन । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आदिवासी समुदायका दुई जना निर्वाचनका लागि भिड्दैछन । 
दोलखामा पनि एमालेबाट पुर्व संचार मन्त्री भईसक्नु भएका पार्वत गुरुङ उम्मेद्वार हुनु हुन्छ । 

आदिवासी नेवार बहुल रहेको उपत्यकाका तीनै जिल्लामा प्रमूख राजनीतिक दलले नेवा आदिवासीलाई थोरै संख्यामा मात्र उम्मेद्वार बनाएका छन् । 
ललितपुर जिल्लाको ३ वटा  क्षेत्रबाट ७१ जना प्रतिनिधि सभा निर्वाचनका लागि मैदानमा छन । ललितपुर क्षेत्रनम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले नेवार समुदायबाट उम्मेद्वार बनाएको छ । 

क्षेत्र नम्बर २ मा ठुला तीन राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीले नेवार समुदायलाई उम्मेद्वारी बनाएको छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेले मगर यसैगरि नेपाली कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले आदिवासी नेवारलाई अगि सारेको देखिन्छ । 

भक्तपुरको दुईवाट क्षेत्रको जोड्दा ५५ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छ । प्रमुख राजनीतिक दलहरुसहित स्वतन्त्र गरि ५५ जना रहेको हो । 
यस जिल्लामा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रनम्बर १मा मात्र नेवार समुदायबाट अगि सारको छ भने क्षेत्र नम्ब २ मा शुन्य रहेको छ । यहाँ नेपाल मजदुर बिसान पार्टीले प्रेम

सुवाललाई सदा झै अघि सारेको छ । सो क्षेत्रमा नेपाली काग्रेस र नेकपा एमालेका उम्मेद्वारहरु गैह्र आदिवासी छन् । 

भक्तपुरको २ नम्बर क्षेत्रबाट नेकपा एमालेका महेश बस्नेत उम्मेद्वार हुनु हुन्छ भने उहाँको प्रतिस्पर्धाका लागि नेपाली काग्रेसले कविर राणा र नेमकिपाले रमेश बैद्यलाई उठाएको छ । 
काठमाडौँको १० वटा क्षेत्रमा २५१ जना उम्मेद्वारी  परेको  छ । जसमा १ सय १ आदिवासी समुदायबाट छन । 

नेवारी समुदायको थातथलो काठमाडौँमा प्रमुख राजनीतिक दलहरुबाट भने नेवार आदिवासी समुदायको उम्मेद्वार सन्तोषजनक देखिदैन । 

काठमाडौ क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु दर्शनाको उम्मेद्वारी परेको छ । यस क्षेत्रमा दुवै उम्मेद्वार प्रतिस्पर्धि उम्मेद्वार हुन् । 

काटमाडौँ २ र ३ मा पनि प्रमूख राजनीतिक दलको नेवा उम्मेद्वारले प्राथामिकता पाएको छैन । काठमाडौँ क्षेत्र नम्बर ३ मा भने कुलमान घिसिङको उम्मेद्वारीले चार्चा पाएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्नु भएको छ । 

यसैगरि क्षेत्र नम्बर ४ र ५ मा पनि यहाँका रैथानेले उम्मेद्वारी हुने मौका पाएका छैनन् ।  क्षेत्र नम्बर ६मा भने नेकपा एमालेले नेवार समुदयबाट अगि सारेको छ । क्षेत्र नम्बर ७ मा आदिवासी नेवार समुदायबाट २ जना रहेका छन भने १ जना तामाङ समुदायबाट रहेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्टबाट नेवार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तामाङ परेको छ । 

काठमाडौँ क्षेत्र नम्बर ८ मा भने ठुला राजनीतिक दल देखि अन्यबाट पनि आदिवासी नेवार समुदायको उम्मेद्वारी रहेको देखिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेवार समुदायका प्रतिनिधिलाई अगि सारेको छ । 

क्षेत्र नम्बर ९ मा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीले नेवार आदिवासीलाई अगि सारेको छ । क्षेत्र नम्बर १० मापनि नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीले नेवार आदिवासीलाई अगि सारेको छ । 
यसरी आफनै थातथलोमा आदिवासी तामाङ र नेवाहरुले उम्मेद्वारी दिने अवसर प्राप्त नभए पछि  अव बन्ने संघीय संसदमा ती समुदायको प्रतिनिधित्व कमजोर रहने सोझै अनुमान गर्न सकिन्छ । 

प्रतिक्रिया