मोहन गोले तामाङका दुई कृति विमोचन, तामाङ वैचारिकीमाथि गम्भीर बहस

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ कार्तिक २०८३
मोहन गोले तामाङका दुई कृति विमोचन, तामाङ वैचारिकीमाथि गम्भीर बहस

लेखक तथा अभियन्ता मोहन गोले तामाङका ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ नामक दुई कृति शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ। जापानका लागि नेपालका पूर्वराजदूत डा. गणेश योञ्जनको अध्यक्षतामा सम्पन्न समारोहमा अध्यक्ष योञ्जनलगायत अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

विमोचन समारोहमा पुस्तकहरूमाथि टिप्पणी गर्दै वक्ताहरूले तामाङ इतिहास, उत्पीडन र विद्रोहका स्वर पुस्तकमा मुखरित भए पनि त्यसको निकास खोज्न तामाङ वैचारिकी र आफ्नै ज्ञान प्रणालीको विकास आवश्यक रहेकोमा जोड दिए।

‘तामाङ राष्ट्रको राजनीति’ शीर्षकमाथि टिप्पणी गर्दै मानवशास्त्री डा।.मुक्तसिंह लामा तामाङले आदिवासीका सवाललाई औपनिवेशिक विचार र दृष्टिकोणबाट विश्लेषण गर्न नहुने बताउनुभयो। धेरै विश्लेषकहरूले गंगाको मैदान र पश्चिमा दर्शनबाट दीक्षित विचारका आधारमा तामाङ समाजलाई बुझ्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले माक्र्सवादी र उदारवादी दृष्टिकोणभन्दा आदिवासीका मूल्य, मान्यता र ज्ञान प्रणाली भिन्न रहेको धारणा राख्नुभयो।

तामाङ दर्शन ह्युलठिम तथा चोहो प्रणालीलगायतका परम्परागत संस्थाबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले तामाङ समाजलाई बुझ्न त्यसको दर्शन, कार्यप्रक्रिया र प्रथाजनित शासन प्रणालीको अध्ययन आवश्यक रहेको बताउनुभयो।

 

तामाङ दर्शन ह्युलठिम तथा चोहो प्रणालीलगायतका परम्परागत संस्थाबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले तामाङ समाजलाई बुझ्न त्यसको दर्शन, कार्यप्रक्रिया र प्रथाजनित शासन प्रणालीको अध्ययन आवश्यक रहेको बताउनुभयो।

हिमाली पर्वतमालाको काखमा तामाङ समुदायले युगौँदेखि अभ्यास गर्दै आएको प्रथाजनित कानुन र त्यसैका आधारमा विकसित ज्ञान प्रणाली नै तामाङ राष्ट्रको आफ्नै ज्ञान प्रणाली भएको उहाँको विश्लेषण थियो।

आदिवासी तामाङहरूको उत्पीडन र विद्रोहको इतिहासलाई यही ज्ञान प्रणालीमाथि भएको दमन र हस्तक्षेपसँग जोडेर बुझ्नुपर्ने उहाँले बताउनुभयो। साथै, औपनिवेशिक ज्ञान प्रणालीलाई पुनरुत्पादन गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यसअघि पुस्तकहरूमाथि टिप्पणी गर्दै लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले कृतिमा पुर्खाको ज्ञानलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यस्तो ज्ञान प्रणालीको सैद्धान्तिक आधार थप स्पष्ट पार्नुपर्ने धारणा राख्नुभएको थियो।

असमानता हटाउने विचार माक्र्सवादले अघि सारेको र उदारवाद पनि माक्र्सवादकै सहउत्पादन भएको उहाँको तर्क थियो। आदिवासीका लागि आदिवासीवादको चर्चा हुने गरे पनि त्यो पश्चिमी विचारकै नेपाली संस्करण भएको उहाँले टिप्पणी गर्नुभयो। त्यसैले तामाङ समुदायले यी पुस्तकलाई एउटा वैचारिक झिल्कोका रूपमा ग्रहण गरी गम्भीर चिन्तन र बहस अघि बढाउन सके मात्र उत्पीडनबाट मुक्तिको बाटो पहिल्याउन सकिने उहाँको भनाइ थियो।

हिमाली पर्वतमालाको काखमा तामाङ समुदायले युगौँदेखि अभ्यास गर्दै आएको प्रथाजनित कानुन र त्यसैका आधारमा विकसित ज्ञान प्रणाली नै तामाङ राष्ट्रको आफ्नै ज्ञान प्रणाली भएको उहाँको विश्लेषण थियो।

 

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै पुस्तकका लेखक मोहन गोले तामाङले आफ्नै अनुभव र अध्ययनका आधारमा कृति तयार पारेको बताउनुभयो। विगतमा ‘मासिन्या मतवाली’को अवधारणादेखि अहिलेका विकास परियोजनासम्मले तामाङ राष्ट्रको वैभवशाली सार्वभौमिकतालाई खण्डित गर्दै आएको उहाँको भनाइ थियो।

तामाङ जातिको राजनीतिक शक्ति कमजोर हुनुमा समुदायभित्रको शक्ति एकीकृत हुन नसक्नु प्रमुख कारण रहेको उल्लेख गर्दै उहाँले यही राजनीतिक र सामाजिक सन्दर्भलाई पुस्तकमार्फत उठान गर्न खोजेको बताउनुभयो।

कार्यक्रममा भाषाविद् अमृत योञ्जन तामाङ तथा लेखिका एवं त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक कुमारी लामाले पनि पुस्तकहरूमाथि टिप्पणी गर्नुभएको थियो।

मोहन गोले तामाङ नेपाल तामाङ घेदुङका निवर्तमान अध्यक्ष हुनुहुन्छ। उहाँका यी दुई कृतिसहित हालसम्म नौवटा कृति प्रकाशित छन्। कविता र पत्रकारिताको पृष्ठभूमिबाट साहित्यिक तथा वैचारिक लेखनमा प्रवेश गर्नुभएका तामाङ हाल आदिवासी आन्दोलनमा सक्रिय अभियन्ताका रूपमा संलग्न हुनुहुन्छ।

प्रतिक्रिया