आदिवासी परम्परागत ज्ञानको संरक्षणसँगै, आदिवासी जनजाति महोत्सव २०८३ सप्तरीमा सम्पन्न 

Admin
Admin२० कार्तिक २०८३, बिहिवार
आदिवासी परम्परागत ज्ञानको संरक्षणसँगै, आदिवासी जनजाति महोत्सव २०८३ सप्तरीमा सम्पन्न 

सप्तकोशी नगरपालिका वडा न. ५ को आयोजनामा  कात्तिक १४ र १५ गते आदिवासी जनजाति महोत्सव २०८३ आदिवासी जनजातिको भाषा, संस्कृति, साहित्य र परम्परागत ज्ञानको संरक्षणसँगै अधिकारका विषयमा नीतिगत बहसलाई गाउँस्तरसम्म पु¥याउने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा साहित्य महोत्सव सम्पन्न भएको छ ।
महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, परम्परागत ज्ञान, प्रथाजनित अभ्यास र आदिवासी जनजातिका अधिकारका विषयमा बौद्धिक विमर्श गरिएको थियो । देशका विभिन्न स्थानबाट आएका आदिवासी जनजाति अगुवा, अभियन्ता, साहित्यकार, कलाकार, पत्रकार, जनप्रतिनिधि तथा विषयविज्ञले समुदायका समसामयिक चुनौती र समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए ।
वडाध्यक्ष गोसाई चौधरीको अध्यक्षता तथा आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवं मधेश प्रदेशसभा सदस्य राजकुमार लेखीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा महोत्सवको समापन भएको थियो  ।
समापन समारोहलाई सम्बोधन गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले वडा स्तरवाट समुदायको भाषा, संस्कृति र अधिकारका विषयमा राष्ट्रियस्तरको बहस आयोजना गर्नु प्रशंसनीय भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले आदिवासी जनजाति समुदायको पहिचान संरक्षण र समग्र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवको अन्तिम दिन आयोजित विचार प्रस्तुति सत्रमा भाषाविद् महेशप्रसाद चौधरीले कुनै पनि जातिको पहिचान र अधिकार सुनिश्चित गर्न भाषा, संस्कृति तथा साहित्यको संरक्षण अनिवार्य रहेको बताउनुभयो । राज्यका नीतिगत कमजोरीका कारण आदिवासी जनजातिका भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले संरक्षणका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, परम्परागत ज्ञान, प्रथाजनित अभ्यास र आदिवासी जनजातिका अधिकारका विषयमा बौद्धिक विमर्श गरिएको थियो । देशका विभिन्न स्थानबाट आएका आदिवासी जनजाति अगुवा, अभियन्ता, साहित्यकार, कलाकार, पत्रकार, जनप्रतिनिधि तथा विषयविज्ञले समुदायका समसामयिक चुनौती र समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए ।


आदिवासी जनजाति महासंघ मधेश प्रदेशका अध्यक्ष मनोज सिंह दनुवारले ठूला सहरमा केन्द्रित यस्ता बौद्धिक कार्यक्रम गाउँमा आयोजना हुनु सकारात्मक भएको बताउनुभयो । एउटा वडाले देखाएको उदाहरणबाट सिकेर स्थानीय तहले समेत समुदायका सवालमा विचारमूलक बहस र छलफल सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
आदिवासी जनजाति अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक नरेन्द्र लामाले समुदाय सामाजिक, आर्थिक तथा शैक्षिक रूपमा पछाडि पर्नुका कारण र त्यसबाट बाहिर निस्कने उपायबारे चर्चा गर्नुभयो । 
त्यसैगरी थारू भाषा साहित्य केन्द्र नेपालका महासचिव सियाराम चौधरीले साहित्य महोत्सवले थारूलगायत आदिवासी जनजातिको भाषा तथा साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले यस्ता साहित्यिक तथा बौद्धिक गतिविधिले स्थानीय तहको सामाजिक र सांस्कृतिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
 महिला नेतृ आश्रा चौधरीले आदिवासी जनजातिको इतिहास, परम्परा र अधिकारका विषयमा बृहत् वैचारिक संवाद गर्ने अवसर प्रदान गर्नु महोत्सवको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । सामाजिक रूपान्तरणका लागि यस्ता कार्यक्रम प्रत्येक दुई–तीन महिनामा आयोजना गर्नुपर्ने उहाँको सुझाव थियो ।
महोत्सवमा संवैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार, आदिवासी जनजाति आन्दोलन, संघीयता, भाषा तथा संस्कृति संरक्षण, प्रथाजनित प्रणाली, परम्परागत ज्ञान र सीप, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नं। १६(, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र (यूएनड्रिप), जलवायु परिवर्तन, कार्बन व्यापार तथा लाभांश बाँडफाँटजस्ता विषयमा विज्ञहरूले कार्यपत्र तथा विचार प्रस्तुत गरेका थिए । ती विषयमाथि सहभागीबीच व्यापक छलफल भएको थियो ।
 

प्रतिक्रिया