साँखुमा राष्ट्रियस्तरको चेस प्रतियोगिता, २५ खेलाडीलाई नगद पुरस्का

Admin
Admin१९ कार्तिक २०८३, बुधवार
साँखुमा राष्ट्रियस्तरको चेस प्रतियोगिता, २५ खेलाडीलाई नगद पुरस्का

काठमाडौँको शङ्खरापुर नगरपालिका–साँखुमा पहिलोपटक राष्ट्रियस्तरको चेस प्रतियोगिता सम्पन्न भएको छ। ज्यापु महागुठी नेपाल सक्वःको आयोजनामा कात्तिक १४ र १५ गते दुईदिने ‘ज्यापु महागुठी नेपाल सक्वः ओपन फिडे र्यापिड रेटिङ चेस टुर्नामेन्ट–२०८३’ आयोजना गरिएको हो।

शङ्खरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितको आतिथ्य तथा कार्यक्रमका सभापति किचासिंह डङ्गोलको सभापतित्वमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट २५ खेलाडीलाई कुल एक लाख सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको खुला विधातर्फ प्रथम हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ६ हजार, पाँचौँले पाँच हजार र छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीले जनही तीन हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको थियो।

प्रतियोगितामा प्रथम राजन पुरी, दोस्रो प्रतीक सुवेदी, तेस्रो सुरज महर्जन, चौथो केशव श्रेष्ठ, पाँचौँ नवीन तण्डुकार, छैटौँ सन्देश श्रेष्ठ, सातौँ गणेशबहादुर थापा, आठौँ राजीव कार्की, नवौँ पुरुषोत्तम चौलागाईँ र दशौँ सत्यम शर्मा विजेता हुनुभएको छ।

त्यस्तै, उत्कृष्ट स्थानीय खेलाडी, १६ वर्षमुनिका बालक तथा बालिका, महिला, ज्येष्ठ खेलाडी, भेट्रान, यू–१४, यू–१२, यू–१० तथा १९००, १८००, १७०० र १६०० रेटिङ समूहका खेलाडीलाई समेत छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो।

प्रतियोगितामा प्रथम राजन पुरी, दोस्रो प्रतीक सुवेदी, तेस्रो सुरज महर्जन, चौथो केशव श्रेष्ठ, पाँचौँ नवीन तण्डुकार, छैटौँ सन्देश श्रेष्ठ, सातौँ गणेशबहादुर थापा, आठौँ राजीव कार्की, नवौँ पुरुषोत्तम चौलागाईँ र दशौँ सत्यम शर्मा विजेता हुनुभएको छ।

प्रतियोगितामा सहभागी हुन स्थानीय खेलाडीका लागि ४०० र अन्य खेलाडीका लागि ६०० रुपैयाँ प्रवेश शुल्क तोकिएको थियो। सम्पन्न प्रतियोगितामा १०४ जना प्रतियोगीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक किचासिंह डङ्गोलले यो प्रतियोगिताले नेपालमा चेस खेलको विकास र विस्तारसँगै स्थानीयस्तरमा राष्ट्रियस्तरको खेलकुद गतिविधि प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो। उहाँले यस चेस प्रतियोगितालाई नेपालको खेल इतिहासमा ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै ७० देखि ७५ वर्षको प्लाटिनम लिगेसी तथा राष्ट्रियस्तरको चेस प्रतियोगिताको जग बसाल्ने अभियानका रूपमा आयोजना गरिएको स्पष्ट पार्नुभयो।

शङ्खरापुर नगरपालिका–शालिनदी रोडस्थित समरा गार्डेन रिसोर्टमा सञ्चालन भएको र फिडे इभेन्ट कोड ५०६१३१ रहेको उक्त प्रतियोगिता स्विस प्रणालीअनुसार नौ चरणमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता शङ्खरापुर नगरपालिकाको आर्थिक सहयोग तथा शङ्खरापुर चेस एसोसिएसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

प्रतिक्रिया