आर्थिक रूपमा कमजोर, असहाय तथा जेहेन्दार विद्यार्र्थीको शिक्षामा सहयोग र्पुयाउने उद्देश्यले स्थापना भएको तामाङ शैक्षिक अक्षय कोष नेपालले आफ्नो तेस्रो वार्षिक उत्सव काठमाडौंमा मनाएको छ। वार्षिक उत्सवको अवसरमा तामाङ विद्यार्र्थीलाई छात्रवृत्ति प्रदान गर्दै शिक्षाको पहुँच विस्तारमा जोड दिइएको छ ।
काठमाडौं महानगरपालिका–६, बौद्धमा रहेको तामाङ शैक्षिक अक्षय कोष नेपालले आफ्नो तेस्रो वार्षिक उत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रम तथा नेपाल तामाङ घेदुङ इजरायलको अभियानमा इजरायलमा कार्यरत दाजुभाइ दिदीबहिनीहरुबाट संकलित रकम बाढीपहिरोबाट प्रभावित विद्यार्थीहरुको लागि राहत वितरण कार्यक्रम आइतवार तामाङ घेदुङको केन्द्रिय कार्यालय काठमाण्डौंमा सम्पन्न गरेको छ।छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रविन तामाङ, इमु मोत्तान तामाङ, मनिता तामाङ, मिनिसा तामाङ, र सञ्जय तामाङ रहनुभएको छ ।
बौधनाथ क्षेत्र विकास समीतिको अध्यक्ष प्रमुख अतिथि सुरेन्द्र बज्राचार्यको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङको अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, कादम्वरी श्रेष्ठ, इन्डिजीनियस टेलीभिजनका प्रमूख जगतमान डोङ, तामाङ घेदुङका तामाङ, उर्केन छिरिङ तामाङ, आमाछोडिङ गाउँपालिकाको अध्यक्ष फूवा तामाङ लगाएत बाढीपीडित बालबालीका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
काठमाडौं महानगरपालिका–६, बौद्धमा रहेको तामाङ शैक्षिक अक्षय कोष नेपालले आफ्नो तेस्रो वार्षिक उत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रम तथा नेपाल तामाङ घेदुङ इजरायलको अभियानमा इजरायलमा कार्यरत दाजुभाइ दिदीबहिनीहरुबाट संकलित रकम बाढीपहिरोबाट प्रभावित विद्यार्थीहरुको लागि राहत वितरण कार्यक्रम आइतवार तामाङ घेदुङको केन्द्रिय कार्यालय काठमाण्डौंमा सम्पन्न गरेको छ।छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रविन तामाङ, इमु मोत्तान तामाङ, मनिता तामाङ, मिनिसा तामाङ, र सञ्जय तामाङ रहनुभएको छ ।
कोषले तामाङ समुदायको शैक्षिक विकासमा योगदान र्पुयाउँदै आएको तामाङ शैक्षिक अक्षय कोष नेपालको अध्यक्ष पेमा पाख्रिन तामाङले बताउनु भयो । उहाँले विगत देखि असाह्य तथा जेहेन्दार बद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दैआएकोमा अहिले पनि रसुवा बाढीपीडित ५ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको बताउनु भयो । उहाँले प्रति विद्यार्थी वार्षिक २५ हजारको दरमा छात्रवृृृत्ति प्रदान गर्ने गरेको जानकारी दिनु भयो ।
इन्डिजिनियस टेलिभिजनका प्रमुख जगतमान डोङ तामाङले बिगत लामो समय देखि नेपाल तामाङ घेदुङको पहलमा पनि यस्ता शैक्षिक सहयोग कार्यक्रम गर्दै आएको बताउदै आगामी दिनहरुमा यसको संयोजनकारी भूमिका नेपाल तामाङ घेदुङले नै गर्ने बताउनु भयो । यो छात्रवृत्तिको रकम सानो भए पनि यस्को महत्व ठूलो रहेकोले विद्यार्थी भाइबहिनीहरुले यसको सहि सदुपयो गर्नुपर्ने मार्गनिर्देशन गर्नुभयो । उहाँले इजरायल समाजले एकद्धवार प्रणली लागु गर्नुपर्ने सुझाव पनि दिनु भयो ।
कार्यक्रम संयोजक अम्रिता मोक्तानले कार्यक्रमको उदेश्य माथि प्रकास पार्दै तामाङ समुदायको शैक्षिक अवस्था सुधार गर्न र आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन छात्रवृत्र् िकार्यक्रम गरेको बताउनु भयो ।
त्यैगरी रसुवा गोसाईकुण्ड गाउँपालिका वडा न.१ का वडाअध्यक्ष उर्केन छिरिङ तामाङले रसुवाको बाढीमा परि १८८ जना ज्यान गुमाएको तर राज्ले अझैसम्म वेपत्ताहरुलाई नत मृतक घोषणा गरेको नत कुनै क्षेतिपूर्ति नै प्रदान गरेको गुनासो गर्नु भयो ।
शिक्षा सामाजिक र आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सहभागीहरूले समुदाय, सरोकारवाला निकाय तथा शिक्षाप्रेमी सबैको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रमा बौधनाथ क्षेत्र विकास समीतिको अध्यक्ष प्रमुख अतिथि सुरेन्द्र बज्राचार्यले रसुवा बाढीमा अभिभावक गुमाएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभयो ।
इजरायल समाजले पनि विगत लामो समयदेखि तामाङ विद्यार्थीहरुलाई आर्थिक सहयो गर्दैआएको छ ।
कार्यक्रममा वक्ताहरूले आर्थिक अभावका कारण कुनै पनि प्रतिभाशाली विद्यार्र्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ छात्रवृत्ति तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
तामाङ समुदायभित्र शिक्षाको पहुँच विस्तार गर्दै सक्षम र शिक्षित पुस्ता निर्माण गर्ने लक्ष्यका साथ स्थापना भएको तामाङ शैक्षिक अक्षय कोष नेपालको पहलले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई थप अवसर र यस कार्यक्रमले हालै भाद्र १० गते रसुवामा गएको बाढीमा अभिभावक गुमाएका विद्याथीहरुलाई लक्षित गरि छत्रवृतिप्रदान गरेको आयोजकले जनाएको छ ।
तेस्रो वार्षिक उत्सवसँगै छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको तामाङ शैक्षिक अक्षय कोष नेपालले आगामी दिनमा पनि यो अभियान जारी रहने जनाएको छ ।








