यायोक्खाको १२औँ महाधिवेशनबाट युवराज राईको नेतृत्वमा नयाँ कार्यसमिति, महासचिवमा मञ्जु निर्वाचित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ असोज २०८३, मङ्गलवार
यायोक्खाको १२औँ महाधिवेशनबाट युवराज राईको नेतृत्वमा नयाँ कार्यसमिति, महासचिवमा मञ्जु निर्वाचित

आदिवासी किरात राईहरूको जातीय संस्था किरात राई यायोक्खाको १२औँ महाधिवेशनबाट युवराज राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। बिराटनगरमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति छनोट भएको हो।

नयाँ कार्यसमितिमा दुई जना सह-अध्यक्ष राखिएको छ। सह-अध्यक्षमा जनक राई र अर्जुन जम्नेली राईलाई महाधिवेशनले जिम्मेवारी दिएको छ।

उपाध्यक्षमा सात जना राखिएको छ। उपाध्यक्षमा भीमराज राई, कृष्णकुमार राई, मातृका राई, नागेशचन्द्र राई, सुमन राई, परशुराम राई र गणेश खालिङ राई रहनुभएको छ। महासचिवमा भने मञ्जु सोताङ राई निर्वाचित हुनुभएको छ।

यसअघि जीवन हाताचा राईको नेतृत्वमा रहेको कार्यसमितिको पदावधि पूरा भएपछि नयाँ महाधिवेशनबाट कार्यसमिति निर्वाचन भएको हो।

उपमहासचिवहरूमा पर्शु बिराट राई, राजु एन राई, मिनाकुमारी ९रन्जु० राई, भोगीराज राई र प्रमिला राई छनोट हुनुभएको छ।

सात सदस्यीय सचिवमा छिला राई, मनोज बान्तावा राई, मानभगत राई, सिताकुमारी राई, प्रकाश दुमी राई, मुकुन्द राई र सञ्जय राई रहनुभएको छ।

कोषाध्यक्षमा डेकिन्द्र राई र सह-कोषाध्यक्षहरूमा ऊषा राई, चिराहाङ राई र मनिकुमार राईलाई राखिएको छ।

यायोक्खाका सदस्यहरूमा जीतकुमार राई, खिलराज राई, सञ्जय सन्तोषी राई, तारा राई, बिर्सिका राई, ज्ञान किराती, रामचन्द्र राई, अनिता राई, होमबहादुर राई, चन्द्रकुमार राई ९अनिस०, जीतेन्द्र साम्पाङ राई, रोहितकुमार राई, विष्णु देवास राई, चन्द्रकुमार राई, थगेन्द्रराज राई, सोभित राई, गंगा राई, टीकाराम राई, रामध्वज राई, अशोक राई, सिताकुमारी राई, मोहन राई, सुदिप राई ९दोस्नीहाङ०, गणेश साम्पाङ राई, मनोजकुमार राई ९भद्रगोल किराती०, भूपेन्द्र राई ९भूपाल चाम्लिङ०, शान्तादेवी राई ९किरात राई कुलुङ संघ०, बाबुराम साम्पाङ राई, भविशंकर राई र सुरेशकुमार राई रहनुभएको छ।

यसअघि जीवन हाताचा राईको नेतृत्वमा रहेको कार्यसमितिको पदावधि पूरा भएपछि नयाँ महाधिवेशनबाट कार्यसमिति निर्वाचन भएको हो।
 

प्रतिक्रिया