अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास तथा पुनःस्थापनामा सहयोग र्पुयाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाले वडा नम्बर २९ मा निर्माण गर्न लागेको विद्यालय भवनको कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले अभिभावक तथा बालबालिकाको उपस्थितिमा शिलान्यास गर्नुभएको छ।
अटिजम भएका बालबालिकाको शिक्षा र उनीहरूको परिवारले भोग्दै आएका समस्या सम्बोधन गर्ने उद्देश्यसहित महानगरपालिकाले विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण गर्न लागेको हो।शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले सबै बालबालिकाप्रति राज्यको समान दायित्व रहेको बताउनुभयो। उहाँले फरक आवश्यकता भएका बालबालिकालाई शिक्षा र सामाजिक अवसरबाट वञ्चित हुन नदिन महानगरपालिकाले समावेशी शिक्षा प्रणालीलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
सरकार, अभिभावक र सम्बन्धित पेशाकर्र्मीबीचको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने भन्दै उहाँले भवन निर्माण सम्पन्न हुनुअघि नै विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार पारिने जानकारी दिनुभयो।
वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाका अभिभावकले लामो समयदेखि भोग्दै आएको पीडा र आर्थिक भार कम गर्न विद्यालय निर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसलाई वडाको गौरवको योजनाका रूपमा समेत व्याख्या गर्नुभयो।
अटिजम भएका बालबालिकाको शिक्षा र उनीहरूको परिवारले भोग्दै आएका समस्या सम्बोधन गर्ने उद्देश्यसहित महानगरपालिकाले विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण गर्न लागेको हो।शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले सबै बालबालिकाप्रति राज्यको समान दायित्व रहेको बताउनुभयो। उहाँले फरक आवश्यकता भएका बालबालिकालाई शिक्षा र सामाजिक अवसरबाट वञ्चित हुन नदिन महानगरपालिकाले समावेशी शिक्षा प्रणालीलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
महानगरपालिकाका अनुसार ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने उक्त भवन पाँच तलाको हुनेछ। भूमिगत तलासहित कुल १८ हजार ५०० वर्गफिट क्षेत्रफल रहने भवनमा तालिम तथा प्रशिक्षण कक्ष्रा प््राशासनिक कक्ष र अनुसन्धान केन्द्र रहनेछन्। साथै बालबालिकाका लागि खेल्ने खुला क्षेत्र, लिफ्ट तथा पहुँचयुक्त शौचालयको व्यवस्था गरिनेछ।
भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो निर्माण कार्य २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालय निर्माण सुरु भएपछि आफ्ना बालबालिकाको शिक्षा, हेरचाह र भविष्यप्रति आशा पलाएको बताएका छन्। निजी क्षेत्रमा अटिजम भएका बालबालिकाको शिक्षाका लागि मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै उनीहरूले महानगरपालिकाको पहलले आर्थिक तथा मानसिक भार कम हुने अपेक्षा व्यक्त गरेका छन्।
अटिजम केयर नेपालकी अध्यक्ष डा। सुनिता मलेखु अमात्यले महानगरपालिकाको अभिभावकत्व प्राप्त हुनु अटिजम भएका बालबालिका र उनीहरूका परिवारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
ऋभिभावक सुनिता प्याकुरेलले भन्नुभयो बल्ल हामीलाई सास फेर्न सजिलो भयो ।
अटिजम भएका बालबालिकालाई शिक्षा, सीप र आत्मनिर्भरतातर्फ अघि बढाउन विद्यालय भवन निर्माण मात्र पर्याप्त हुँदैन। उनीहरूको आवश्यकता बुझ्ने विशेष शैक्षिक वातावरण, दक्ष जनशक्ति र निरन्तर सहयोग पनि उत्तिकै आवश्यक छ।
महानगरपालिकाको यो पहलले अटिजम भएका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा जोड्नुका साथै उनीहरूका अभिभावकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।









