थारु भाषा संरक्षण र प्रवद्धनका लागि डिजिटलीकरणमा जोड

Admin
Admin७ मंसिर २०८३
थारु भाषा संरक्षण र प्रवद्धनका लागि डिजिटलीकरणमा जोड

थारू भाषा संरक्षण, संवद्र्धन र पुस्तान्तरणका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
थारू भाषा साहित्य केन्द्र नेपालको आयोजनामा तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘थारू भाषा, जीवनको आशा’ भन्ने मूल नाराका साथ बसघरा कार्यक्रमको १००औँ शृङ्खलाको अवसरमा आयोजित ‘थारू भाषा डिजिटलकरण विचार गोष्ठी’ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न भएको हो । 
थारू भाषा साहित्य केन्द्र नेपालको अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु भाषा विद, साहित्यकार, कलाकार, पत्रकार तथा थारु समुदायका अग्रस व्यतित्वहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा प्रदीप पनुहारले थारू भाषा डिजिटलकरणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमार्फत थारू भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा डिजिटल प्रविधिको महत्व तथा यसको सम्भावनाका विषयमा छलफल गरिएको थियो।
ल्ेखक तथा भाषिक अभियानता शत्रुधन प्रसाद चौधरीले पछिल्लो समय प्रविधिको तीव्र विकास भइरहेका बेला थारू भाषाका शब्दमा विविधता भएको कारणले  साहित्य, लोकसंस्कृति, मौलिक ज्ञान तथा भाषिक सामग्रीलाई डिजिटललीकरण गर्न चुनौती भएतापनि आफूले बोलीरहेको भाषलाई सबैले एआईलाई सिकाउनु पर्ने बताउनु भयो सबै ठाउँको भाषा एआईलाई सिकाउादा थारु भाषाको धेरै शब्दकोष निर्माण हुने धारणा राख्नु भयो  । उहाँले भाषानै जिवनको अस्तित्व भएको उल्लेख गर्नु भयो । 

कार्यक्रममा प्रदीप पनुहारले थारू भाषा डिजिटलकरणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमार्फत थारू भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा डिजिटल प्रविधिको महत्व तथा यसको सम्भावनाका विषयमा छलफल गरिएको थियो।


थारु आयोगको सदश्य भोलाराम चौधरीले थारु भाषामा विविधता देखिएता पनि सबै क्षेत्रमा बोलिने थारुभाषाको कृयापद मात्र निनता रहेका ेर शब्दमा समानता रहेको उल्लेख गर्नु भयो । 
त्यसैगरी थारुआयोगका कार्यबाहाक अध्यक्ष सुवोध सिंह थारुले थारुभाषा थारुभाषा संरक्षण र पुस्तान्तरणको लागि भाषा डिजिटलिकरण गर्न आबश्यक रहेकोले थारुआयोग यस्को लागि तत्पर रहेको प्रतिबद्धता गर्नु भयो । 
अध्यक्ष भुलाई चौधरीले थारू भाषा साहित्य केन्द्र नेपाल बसघरा कार्यक्रमले थारुभाषाको ओकालत र संरक्षण गर्दै आएको बताउनु भयो । 
कार्यक्रममा कवि सन्तोष पोख्रेल, भुमिका चौधरी, नन्दलाल चौधरी, सन्तोषी चौधरी ले कवीता तथा कलाकार नन्दुराज चौधरीले गीत वाचन गर्नु भएको थियो ।  
पार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय प्रविधिको तीव्र विकास भइरहेका बेला थारू भाषाका शब्द, साहित्य, लोकसंस्कृति, मौलिक ज्ञान तथा भाषिक सामग्रीलाई डिजिटल माध्यममा अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । 
बक्ताहरु थारू भाषालाई डिजिटल प्लेटफर्ममा स्थापित गर्न सके यसको प्रयोगको दायरा विस्तार हुनुका साथै भावी पुस्ताका लागि भाषिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने कुरामा जोड दिएका थिए । 

.... 


 

प्रतिक्रिया