पाँचथरका पत्रकार शेर्माको निधन 

Admin
Admin६ मंसिर २०८३
पाँचथरका पत्रकार शेर्माको निधन 

लिम्बु पत्रकार संघमा आबद्ध पाँचथरका पत्रकार कविन्द्र शेर्मा (लिम्बु) शनिबार निधन भएको छ । काठमाण्डौँको क्यान्सर अस्पतालमा ४३ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
क्यान्सर रोगबाट ग्रसित भए पछि शेर्मा उपचार गराइरहनु भएको थियो । पाँचथरको कुम्मायक गाउँपालिकाको माङजाबुङका स्थायी बासिन्दा शेर्मा रेडियो, पत्रकपत्रिकामा लामो समय काम गर्दै आउनु भएको थियो । 
रेडियो नेपालको संवाददाताको रुपमा शेर्माले लामो समयसम्म काम गर्नू भयो । पाँचथरमा सुम्हालुङ एफएम, इगल एफ र पाँचथर एफएम स्थापना र सञ्चालनमा शेर्माको महत्पूर्ण भुमिका रहेको थियो ।
उहाँका दुई छोरा रहेका छन् । पार्थिव शरिरलाई पाँचथर  लगेर लिम्बु परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया