सुनुवार सेवा समाजले मानबहादुर–विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषमार्फत सुनुवार समुदायका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
सुनुवार सेवा समाज केन्द्रीय समितिको आयोजनामा मंगलबार काठमाडौंको कोटेश्वरस्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
कार्यक्रममा ६ जना विद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको आयोजकले जनाएको छ।
मानबहादुर–विष्णुमाया सुनुवारको स्मृतिमा स्थापना गरिएको शैक्षिक कोषमार्फत सुनुवार समुदायका विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने र समुदायको शैक्षिक स्तर उन्नति गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको सुनुवार सेवा समाजका पूर्वअध्यक्ष मनप्रसाद सुनुवारले बताउनुभयो।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा स्नातक तेस्रो वर्षमा अध्ययनरत मकवानपुरकी मुना सिकारी सुनुवार तथा स्नातक तहमा अध्ययनरत ओखलढुंगाका प्रशान्त सुनुवार, रामेछापका सानु सुनुवार, गंगा सुनुवार, जमुना सुनुवार र सुप्रिया सुनुवार रहेका छन्।
मानबहादुर–विष्णुमाया सुनुवारको स्मृतिमा स्थापना गरिएको शैक्षिक कोषमार्फत सुनुवार समुदायका विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने र समुदायको शैक्षिक स्तर उन्नति गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको सुनुवार सेवा समाजका पूर्वअध्यक्ष मनप्रसाद सुनुवारले बताउनुभयो।
सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूजारी पदमबहादुर सुनुवारले सुनुवार परम्पराअनुसार गर्नुभएको थियो।
कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त रथी ९जर्नेल० राजेन्द्र सुनुवार, समाजका संस्थापक तथा सल्लाहकार प्रेम सुनुवार, पूर्वअध्यक्ष मनप्रसाद सुनुवार र अध्यक्ष अमृत सुनुवारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सल्लाहकार प्रेम सुनुवारले सुनुवार समुदायको शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो। उहाँले युवा विद्यार्थी नै देशको भविष्यका कर्णधार भएकाले समाजलाई प्रगतिको बाटोमा अघि बढाउन उनीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई समयको सही सदुपयोग गर्न आग्रह गर्नुभयो।
अध्यक्ष अमृत सुनुवारले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक यात्राको सफलताको कामना गर्नुभयो। उहाँले मानबहादुर–विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषको स्थापना समुदायका लागि महत्वपूर्ण योगदान भएको बताउँदै स्वर्गीय दम्पतीका छोरा तथा गोर्खा सैनिक भक्तमान सुनुवारले विगतदेखि नै सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
समुदायका विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गर्ने र उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले समाजले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।








