तामाङ रिमठिम सुधार गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहल, प्रथाजनित संस्था व्यवस्थित गर्न सुझाव

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ कार्तिक २०८३
तामाङ रिमठिम सुधार गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहल, प्रथाजनित संस्था व्यवस्थित गर्न सुझाव

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले तामाङ रिमठिम (रीतिथिति) लाई समयसापेक्ष परिमार्जन र व्यवस्थित गर्न छलफलको थालनी गरेको छ। परिषद्ले शनिबार राजधानीमा तामाङ संस्कार तथा संस्कृति विषयक एकदिने गोष्ठी आयोजना गर्दै तामाङ समुदायको परम्परागत रिमठिम तथा प्रथाजनित संस्थाहरूलाई व्यवस्थित बनाउने विषयमा बहस सुरु गरेको हो।

नेपाल तामाङ घेदुङका पदाधिकारी तथा तामाङ समाजका अगुवाहरूको उपस्थितिमा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै मानवशास्त्री डा. मुक्तसिंह लामाले तामाङ प्रथाजनित संस्था व्यवस्थित भएमा मात्र समुदायको रिमठिम पनि व्यवस्थित र प्रभावकारी हुन सक्ने बताउनुभयो।

तामाङ रिमठिम व्यवस्थित गर्ने जिम्मेवारी तामाङ प्रथाजनित संस्था ‘ह्युलठिम’ को भएको उहाँको भनाइ थियो। “ह्युलठिम तामाङ समाजले निर्माण गर्ने संस्था हो, जुन दिगो र लोकतान्त्रिक हुन्छ,

तामाङ रिमठिम व्यवस्थित गर्ने जिम्मेवारी तामाङ प्रथाजनित संस्था ‘ह्युलठिम’ को भएको उहाँको भनाइ थियो। “ह्युलठिम तामाङ समाजले निर्माण गर्ने संस्था हो, जुन दिगो र लोकतान्त्रिक हुन्छ,” उहाँले भन्नुभयो।

विसं २०६१ मा भारतको पश्चिम बंगालस्थित मिरिकमा सम्पन्न अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलनले जारी गरेको तामाङ संस्कार तथा संस्कृति निर्देशिकाका कतिपय विषय परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठी आयोजना गरिएको परिषद्का महासचिव टाँसी लामाले बताउनुभयो।

निर्देशिका सुधारको प्रक्रियाबारे प्रस्ताव प्रस्तुत गर्दै डा. लामाले ‘संस्कार र संस्कृति’ भन्दा तामाङ समुदायको आफ्नै परम्परा र अभ्यासमा आधारित ‘रिमठिम’ अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै, रिमठिम सञ्चालन र व्यवस्थापनका लागि ह्युलठिमसम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभयो।

तामाङ समाज विभिन्न क्षेत्रबाट अतिक्रमणको चपेटामा परेको उल्लेख गर्दै उहाँले उपनिवेशकारी ज्ञान प्रणालीको प्रभावबाट मुक्त हुँदै आफ्नै समाजका सिर्जनात्मक र सबल पक्षलाई परिमार्जनसहित अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

गोष्ठीमा सहभागी तामाङ समाज टेक्सासका अध्यक्ष कुमार योञ्जनले तामाङ समुदायको सामूहिक हितका लागि प्रवासमा रहेका संस्थाहरूले खेल्न सक्ने सबै प्रकारका भूमिकाका लागि प्रतिबद्धता जनाउनुभयो।

अर्का कार्यपत्र प्रस्तोता कानुनविद् डा. कुन्साङ योञ्जनले परम्परागत संस्थालाई समयानुकूल परिमार्जन गर्दै निरन्तरता दिन सकिने बताउनुभयो। तामाङ समुदायका चोहो, बोन्बो, लामा, ताम्बा लगायतका प्रथाजनित संस्था र अभ्यासलाई व्यवस्थित तथा जीवन्त बनाउनुपर्ने उहाँको भनाइ थियो।

पुर्खाले विकास गरेको ज्ञान प्रणाली नयाँ पुस्तामा हस्तान्तरण गर्ने दायित्व वर्तमान पुस्ताकै भएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय तामाङ परिषद्लगायत तामाङसम्बद्ध संघसंस्थाले यस विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो।

गोष्ठीमा सहभागी तामाङ समाज टेक्सासका अध्यक्ष कुमार योञ्जनले तामाङ समुदायको सामूहिक हितका लागि प्रवासमा रहेका संस्थाहरूले खेल्न सक्ने सबै प्रकारका भूमिकाका लागि प्रतिबद्धता जनाउनुभयो।

“तामाङ संस्कार, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि यो गोष्ठी महत्वपूर्ण उपलब्धि बन्ने विश्वास लिएका छौँ,” योञ्जनले भन्नुभयो।

निर्देशिका परिमार्जनका लागि नेपालबाहिर रहेका तामाङ समुदायबाट समेत सुझाव संकलन गरिने परिषद्ले जनाएको छ। भारत, बर्मा, सिक्किम, भुटानलगायतका स्थानमा छलफल गरी राय संकलन गरिने महासचिव टाँसी लामाले बताउनुभयो। त्यसैगरी, नेपालमा तामाङ समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा अनुसन्धान तथा सुझाव संकलन गरी प्रस्तावलाई थप समृद्ध बनाइने उहाँले जानकारी दिनुभयो।

गोष्ठीमा संस्कृतिविद्, ताम्बा, गान्बा, अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न देशका प्रतिनिधिहरूले निर्देशिका र तामाङ संस्कारसम्बन्धी विषयमा परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।

गोष्ठीबाट प्राप्त सुझावलाई थप अध्ययन तथा अनुसन्धान गरी अन्तिम रूप दिन मानवशास्त्री डा. संग्रामसिंह लामाको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको महासचिव टाँसी लामाले जानकारी दिनुभयो।

समितिका संयोजक डा। संग्रामसिंह लामाले तामाङ समुदायको बाहुल्य रहेका विभिन्न क्षेत्रमा पुगेर सुझाव संकलन तथा अध्ययन गरेपछि रिमठिमलाई अन्तिम रूप दिइने बताउनुभयो।

प्रतिक्रिया