किरात बायुङ राई सुम्निखिमद्वारा प्रथम ‘बायुङ राई तुम्लो कार्यशाला–२०८३’ घोषणा

Admin
Admin३० कार्तिक २०८३
किरात बायुङ राई सुम्निखिमद्वारा प्रथम ‘बायुङ राई तुम्लो कार्यशाला–२०८३’ घोषणा

 किरात बायुङ राई समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार र सांस्कृतिक परम्पराको खोज, अनुसन्धान तथा संरक्षण गर्ने उद्देश्यले ‘ऐतिहासिक प्रथम बायुङ राई तुम्लो कार्यशाला–२०८३’ आयोजना हुने भएको छ।

किरात बायुङ राई सुम्निखिम (कि.बा.रा.सु.) को आयोजनामा आगामी २०८३ पुस ४, ५ र ६ गते काठमाडौँमा कार्यशाला सञ्चालन गर्न लागिएको हो। सुम्निखिमले कात्तिक २९ गते कोटेश्वरमा औपचारिक कार्यक्रम आयोजना गरी कार्यशालाको घोषणा गरेको हो।

कार्यक्रममा सुम्निखिमको खोज तथा अनुसन्धान विभागका प्रमुख लोकबहादुर बायुङ राईले स्वागत मन्तव्य व्यक्त गर्दै हालसम्म मौखिक परम्परामा अस्तित्वमा रहेका बायुङ राई समुदायका विविधतायुक्त तुम्लोयालोको एकीकृत रूपमा संरक्षण गर्नु आवश्यक रहेको बताए। यसका लागि समुदायले सामूहिक रूपमा पहल गर्दै संरक्षणका चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ थियो।

बायुङ राई नेपाल मात्र नभई विश्वकै एक आदिवासीरमूलवासी समुदाय भएको बताए। विश्वभर आदिवासीरमूलवासी समुदायसम्बन्धी अध्ययन तथा अनुसन्धानको इतिहासमा बायुङ राई समुदायसँग सम्बन्धित अनुसन्धान अत्यन्त न्यून रहेको उनले उल्लेख गरे।

 

सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर बायुङ राईले कार्यशालाका उद्देश्यबारे जानकारी दिँदै बायुङ राई नेपाल मात्र नभई विश्वकै एक आदिवासीरमूलवासी समुदाय भएको बताए। विश्वभर आदिवासीरमूलवासी समुदायसम्बन्धी अध्ययन तथा अनुसन्धानको इतिहासमा बायुङ राई समुदायसँग सम्बन्धित अनुसन्धान अत्यन्त न्यून रहेको उनले उल्लेख गरे।

अलिखित रूपमा पुस्तान्तरण हुँदै आएको तथा ‘करङ वेद’का नामले समेत परिचित बायुङ राईको तुम्लोयालो परम्परा तुम्लोचा मुन्दुमसम्बन्धी सामुदायिक मान्यता प्राप्त सम्माननीय व्यक्तित्वहरूको भौतिक अवसानसँगै लोप हुने जोखिम रहेको उनले बताए। त्यसैले यससम्बन्धी ज्ञान, दर्शन र परम्पराको अभिलेखीकरण तथा संरक्षणका लागि कार्यशाला आयोजना गर्न लागिएको उनको भनाइ थियो।

कार्यशालाको मुख्य उद्देश्य बायुङ राई समुदायको ‘स्याङ्गिरी’ ९जरा० को खोजी गर्नु रहेको अध्यक्ष बायुङ राईले बताए। साथै, मौलिक बायुङ राई तुम्लो दर्शनमा आधारित ज्ञान, सीप र प्रविधिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्नु पनि कार्यशालाको उद्देश्य रहेको उनले जानकारी दिए।

कार्यक्रममा सुम्निखिमद्वारा आयोजित तुम्लो कार्यशालाको लोगो केन्द्रीय अध्यक्ष ज्ञानबहादुर बायुङ राई, उपाध्यक्षद्वय प्रेमकुमारी बायुङ राई र दीपक बायुङ राईलगायत उपस्थित व्यक्तित्वहरूले सामूहिक रूपमा सार्वजनिक गरेका थिए। त्यसपछि कार्यशाला घोषणासम्बन्धी प्रेस विज्ञप्ति जारी गरिएको थियो।

बायुङ राई भाषा, संस्कार, संस्कृति, तुम्लोयालो (मुन्दुम दर्शन), इतिहास, कला, साहित्य र सङ्गीतको उत्थान तथा सामुदायिक उन्नयन गर्ने उद्देश्यले स्थापित सुम्निखिमले कार्यशालामार्फत समुदायको मौखिक तथा अलिखित ज्ञान परम्पराको व्यवस्थित खोज तथा अभिलेखीकरण गर्ने जनाएको छ।

कार्यशालामा बायुङ राई समुदायको थातथलोमा रहेका तथा तुम्लोका स्रोत व्यक्तिहरूलाई सहभागी गराइनेछ। यसका साथै देश तथा विदेशमा रहेका रिक्चोब्व्आ, मुलीमी, ध्यावारधेवारनक्स, ङाबुचा, तुम्लोचा, सेलेलीरझाम्चा, मसिमी, मसिचा, चिचा र लिङ्खाम कोक्आलगायत तुम्लोसम्बन्धी ज्ञान र परम्पराका जानकारहरूलाई काठमाडौँमा भेला गराई उनीहरूको ज्ञान, अनुभव र अभ्यास अभिलेखीकरण गरिनेछ।

कार्यशालामा सुम्निखिमको केन्द्रीय समितिका साथै मातहतका नौ जिल्ला कार्यसमिति, हङकङ प्रवास शाखा समिति र १० वटा द्याल कार्यसमितिको प्रतिनिधिमूलक सहभागिता रहने जनाइएको छ।

कार्यशाला व्यवस्थित रूपमा सम्पन्न गर्न सुम्निखिम केन्द्रीय समितिले प्रवेश बायुङ राईको संयोजकत्वमा ११ सदस्यीय कार्यशाला व्यवस्थापन समिति गठन गरेको छ। समितिमा सबै जिल्ला कार्यसमितिका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

कार्यशाला व्यवस्थापन समितिका संयोजक प्रवेश बायुङ राईले कार्यशाला सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय तयारीबारे जानकारी दिएका थिए।
 

प्रतिक्रिया