किरात बायुङ राई सुम्निखिम (किबारासु)को प्रस्तुतिमा “बायुङ राई” सलङ(गीत)को स्टुडियो भिडियो सार्वजनिक भएको छ । बायुङ राईहरुको मौखिक परम्परामा आधारित अलिखित तुम्लो(मुन्दुम) दर्शन, संस्कार, संस्कृति, तुम्लोयालो, भाषा तथा मौलिक जीवनशैलीको विविध पक्षहरुलाई समेटेर तयार पारिएको गीतको रचना बायुङ तुम्लो अध्येता किशोर बायुङ राईले गरेका हुन् ।
गीतमा लय संयोजन तथा संगीत किशोर स्वयं स्रष्टा किशोर बायुङ राईले नै गरेका छन् । गीत तयार पार्नको निम्ति आवश्यक महत्वपुर्ण पथप्रदर्शन र विशेष सांगितिक सहयोग संगीतकार, गायक तथा संगीत प्रशिक्षक मण्डल साम्पाङले गर्नुभएको छ । गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।
गीतको सार्वजनिक कार्यक्रमको अध्यक्षता गीत निर्माण समितिको संयोजक प्रवेश बायुङ राईले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कि.बा.रा.सु.का उपाध्यक्ष प्रेम कुमारी बायुङ राईले राख्नु भएको थियो । गीतको तुम्लो(मुन्दुमी) दर्शन र पक्षहरुको बारेमा किशोर बायुङ राईले प्रस्तुति रहेको थियो । कार्यक्रमका अतिथी एवं जिमी(राई) उत्थान समाजको केन्द्रिय अध्यक्ष यस बहादुर राई सुम्निखिमको यो कार्यलाई अति महत्वपुर्ण कदमको रुपमा व्याख्या गर्नुभयो ।
बायुङ राईहरुको मौखिक परम्परामा आधारित अलिखित तुम्लो(मुन्दुम) दर्शन, संस्कार, संस्कृति, तुम्लोयालो, भाषा तथा मौलिक जीवनशैलीको विविध पक्षहरुलाई समेटेर तयार पारिएको गीतको रचना बायुङ तुम्लो अध्येता किशोर बायुङ राईले गरेका हुन्
“बायुङ राई” गीतले समग्र बायुङ राईहरुको मौलिकता, मुन्दुमी इतिहास, पहिचान, संस्कार संस्कृति तथा मौलिक जीवनशैलीको पक्षहरुलाई प्रभावकारीरुपमा पस्किएको कुरा कार्यक्रमका प्रमुख अतिथी एवं कि.बा.रा.सु.को केन्द्रिय अध्यक्ष ज्ञान बहादुर बायुङ राईले बताउनु भयो ।
बायुङ राई समुदायको तथा वर्तमान नेपाली सिने जगतमा सुन्दर सम्भावनाका साथ अघि बढीरहनु भएको कलाकार अनुषा बायुङ राईले पनि यो गीतले बायुङ राईहरुको मौलिक संस्कार संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लैजानको निम्ति ठूलो आधार रहेको कुरा बताउनु भयो । संस्थाका सल्लाहकार महेश किरातीले यो गीतको स्टुडियो भिडियो सार्वजनिक भइसके पनि यसको अफिसियल भिडियो निर्माणको निम्ति आवश्यक आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । गीत सार्वजनिक कार्यक्रमको निम्ति महेश किराती, ज्योति बायुङ राई, अजय हाङ बायुङ राई तथा हाङ आर्टस्, नैनाकला राई, वास्तव कुमार राई, डोल्मा गुरुङ, नन्दराज राई, नरभक्त बायुङ राईले आर्थिक सहयोग गरेका थिए ।
प्रस्तुत गीतमा गायिकाहरु शान्ति बायुङ राई, रोकेमि बायुङ राई, सम्पदा थुलुङ राई, यमुना बायुङ राई र ज्ञान कुमारी बायुङ राई(प्रकृति) तथा गायकहरु दिनेश बायुङ राई, आइकुमार बायुङ राई, कर्ण बायुङ राई, रविन बायुङ राई र किशोर बायुङ राईको स्वर रहेको छ । क्यामेरामा प्रवेश बायुङ राई र प्रदीप बायुङ राई रहेका छन् भने एडिट डिजाइन प्रवेश बायुङ राई रहेको छ । गीत निर्मणको निम्ति व्यवस्थापन जीतेन बायुङ राई, प्रेम कुमारी बायुङ राई र शोभा थुलुङ–बायुङ राईको रहेको छ भने गीतको उत्पादन र निर्माण किरात बायुङ राई सुम्निखिमले गरेको हो ।









