क्रोधकला शिरोमणि मूर्तिकार कालु कुमालेको निधन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ असोज २०८३, मङ्गलवार
क्रोधकला शिरोमणि मूर्तिकार कालु कुमालेको निधन

क्रोधकला शिरोमणि प्रसिद्ध  मूर्तिकार कालु कुमालेको  ९४  वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहँदै आउनुभएका उहाँ वि.स. १९९० जेठ २७ गते ललितपुरको ओकुबहालमा जन्मिनुभएको हो । कुमाले माटोको काम गर्ने र मूर्ति बनाउने प्रजापति (कुमाले ) समुदायको हुनुहुन्थ्यो । 
कुमालेले औपचारिक शिक्षाको अभाव र पारिवारिक गरिबीका बाबजुद पनि आफ्नो कठोर मेहेनत र साधनाका बलमा नेपाली कला क्षेत्रलाई विश्वभर चिनाउनुभएको थियो । उहाँ विशेषगरी उग्र र क्रोध मुद्राका बुद्व तथा हिन्दू देवी (देवताका मूर्तिहरू निर्माण गर्न विश्वभर प्रसिद्ध हुनुभएको थियो । 

कुमालेले औपचारिक शिक्षाको अभाव र पारिवारिक गरिबीका बाबजुद पनि आफ्नो कठोर मेहेनत र साधनाका बलमा नेपाली कला क्षेत्रलाई विश्वभर चिनाउनुभएको थियो । उहाँ विशेषगरी उग्र र क्रोध मुद्राका बुद्व तथा हिन्दू देवी (देवताका मूर्तिहरू निर्माण गर्न विश्वभर प्रसिद्ध हुनुभएको थियो ।

उहाँको कलाको सुरुवात चोभारको आदिनाथ र पाटनको बसुन्धरा देविको पूजाका लागि माटाका भाडा बनाउने कलाहुँदै कपास र परालका खेलौना र मूतिहरुबाट धातुका मूर्तिहरु बनाउन प्रेरित हुनुुभएको थियो । उहाँले आफ्नो जीवनकालमा महासम्भर, हेरुका, बज्रयोगिनी र च्वास्कामुनि अजिमा जस्ता जटिल स्वरूपका ६०० भन्दा बढी प्रकारका क्रोध मुद्राका मूर्तिहरू हस्तनिर्मित गर्नुभएको थियो । उहाँले निर्माण गरेका मूर्तिहरु अमेरिका, तिब्बत, थाइल्यान्ड लगाएतका देशहरुमा निर्यात हुनेगर्दथे । 
उहाँका धातुका मूर्तिहरू नेपालका प्रमुख गुम्बा तथा संग्रहालयहरूका साथै बेलायतको भिक्टोरिया एन्ड अल्बर्ट म्युजियम, तिब्बत, अमेरिका लगायतका विभिन्न मुलुकमा संकलन गरिएका छन्।् । 
मूर्तिकलाको क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत उहाँलाई नेपाल सरकारद्वारा प्रबल गोरखा दक्षिण बाहुु, राष्ट्रिय ललितकला पुरस्कार तथा विभिन्न प्रतिष्ठित संस्थाहरूबाट मानार्थ उपाधिहरू प्राप्त गर्नू भएको  थियो । उहाँको संघर्षमय जीवनमा आधारित देउता बनाउने मान्छे नामक जीवनी पुस्तक प्रकासित छ । 
। उहाँका दुई छोराहरू राजेश अवाले र राकेश अवाले पनि मूर्तिकला क्षेत्रमै सक्रिय हुनुहुन्छ । उहाँको निधनले नेपाली मौलिक कला, संस्कृति र मूर्तिकलाको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।  

प्रतिक्रिया