नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलालाई ६ लाख रासीको स्वीकारोक्ति सिद्धि पुरस्कारबाट सम्मानित

Admin
Admin१० साउन २०८३, आइतवार
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलालाई ६ लाख रासीको स्वीकारोक्ति सिद्धि पुरस्कारबाट सम्मानित

नेपाली साहित्यका अग्रज कवि तथा साहित्यकार वैरागी काइँला ६ लाख रुपैयाँ राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कारबाट सम्मानित हुनुभएको छ । 
स्वीकारोक्ति फाउन्डेसनद्धारा आयोजित कार्यक्रममा कवि काइँलालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।  

फाउन्डेसनका सभापति डेनजोम साम्पाङको अध्यक्षतामा तथा सहित्यकार डा. बासुदेव त्रिपाठीको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका तर्फबाट डा. भक्त राईले स्वागत मन्तव्य राख्नु भएको थियो । 
कवि काइँला आयामेली साहित्यक आन्दोलनका संस्थापक मध्ये एक हुुनु हुन्छ । लिम्बु भाषा तथा संस्कृतिको क्षेत्रमा उहाँका अनुसन्धानात्मक कृति रहेका छन् ।  सम्मनित काइलाले सो अवसरमा आफनो अनुभव राख्नु भएको थियो । 

नेपाली साहित्यका अग्रज कवि तथा साहित्यकार वैरागी काइँला ६ लाख रुपैयाँ राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कारबाट सम्मानित हुनुभएको छ । 
स्वीकारोक्ति फाउन्डेसनद्धारा आयोजित कार्यक्रममा कवि काइँलालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।  

कार्यक्रममा डा. खगेन शर्मा, कवि विप्लव प्रतिक लगायतले बोल्नु भएको कार्यक्रममा खुशी बराललगायतले कविता सुनाउनु भयो भने स्वीकारोक्ति फाउन्डेसनकी दिपा राई पुनले स्वीकारोक्तिको वारेमा जानकारी दिनु भएको थियो । 
कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको विकासमा स्रष्टाहरूको योगदानको सम्मान गर्दै यस्ता पुरस्कारले साहित्यिक सिर्जनालाई थप प्रोत्साहन पुग्ने धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया