सरकारी कामकाजको भाषा ऐन प्रभावकारी कार्यान्वयन गर्न नेवा र तामाङ संस्थाको ध्यानाकर्षण, विज्ञ समूह बन्ने आश्वासन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० मंसिर २०८३
सरकारी कामकाजको भाषा ऐन प्रभावकारी कार्यान्वयन गर्न नेवा र तामाङ संस्थाको ध्यानाकर्षण, विज्ञ समूह बन्ने आश्वासन

बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा घोषित नेपाल भाषा र तामाङ भाषासम्बन्धी ऐन प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै नेवा र तामाङ समुदायका जातीय संस्थाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेश सभाबाट पारित भाषा ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली र कार्यविधि निर्माण नभएकोमा चिन्ता व्यक्त गर्दै नेपाल तामाङ घेदुङ र नेवाः देय् दबूले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापति र मन्त्रालयका सचिव दिनेश सुवेदीसँग म)गलबार भेट गरी ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका हुन्।

भेटका क्रममा मुख्यमन्त्री थापामगर र मन्त्री प्रजापतिले छिट्टै नियमावली, कार्यविधि, प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान र परिषद् गठन गर्ने जानकारी दिएको नेपाल तामाङ घेदुङका महासचिव लिलाकुमार ग्लान तामाङले बताउनुभयो।

मुख्यमन्त्री थापामगर र मन्त्री प्रजापतिले छिट्टै नियमावली, कार्यविधि, प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान र परिषद् गठन गर्ने जानकारी दिएको नेपाल तामाङ घेदुङका महासचिव लिलाकुमार ग्लान तामाङले बताउनुभयो।

उहाँका अनुसार भाषा ऐन कार्यान्वयनका लागि विज्ञ समूह गठन गर्ने विषयमा पनि छलफल भएको थियो। मुख्यमन्त्री थापामगरले ऐन कार्यान्वयनका लागि नियमावली र कार्यविधि निर्माणको काम भइरहेको बताउँदै छिट्टै ऐनअनुसार विज्ञ समूह गठन गर्नुका साथै प्रज्ञा प्रतिष्ठान निर्माण गरिने जानकारी दिनुभएको उहाँले बताउनुभयो।

मंसिर ८ गते मंगलबार भएको उक्त भेटमा नेवाः देय् दबू र नेपाल तामाङ घेदुङका प्रतिनिधिका साथै विभिन्न सांसदहरूको पनि उपस्थिति रहेको थियो। छलफलमा नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापति, संरक्षक पवित्र बज्राचार्य, उपाध्यक्ष दक्षनारायण श्रेष्ठ, महासचिव श्रीकृष्ण महर्जन, केन्द्रीय सदस्य विष्णुगोपाल महर्जन, उपत्यका विशेष प्रदेशका अध्यक्ष नवीन थेच्वमी र नेपाल तामाङ घेदुङका महासचिव लिलाकुमार ग्लान तामाङलगायतको सहभागिता थियो।

सोही दिन हेटौँडास्थित बागमती प्रदेशको पर्यटन तथा उद्योगमन्त्रीको कार्यालयमा मन्त्री राजेन्द्र प्रजापतिसँग पनि भाषा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण, विज्ञ समूह गठन र प्रज्ञा प्रतिष्ठान स्थापनाका विषयमा छलफल भएको थियो।

छलफलका क्रममा मुख्यमन्त्री थापामगर र मन्त्री प्रजापतिले भाषा ऐन कार्यान्वयनका लागि नेवाः देय् दबू र नेपाल तामाङ घेदुङसँग सहकार्य गर्दै आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो।Read more at: https://indigenousvoice.com/news/1512

प्रतिक्रिया