मगर प्राज्ञिक सङ्गोष्ठी सम्पन्न, मगर पहिचान र भूमिको संरक्षणमा विशेष जोड

मगर प्राज्ञिक सङ्गोष्ठी सम्पन्न, मगर पहिचान र भूमिको संरक्षणमा विशेष जोड

 मगर प्राज्ञिक परिषद्को आयोजनामा भएको आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी–२०८३ सम्पन्न भएको छ। आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा शुक्रबारदेखि सुरु भएको दुईदिने सङ्गोष्ठीमा विभिन्न विषयमा १३ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए भने तीनवटा प्यानल छलफल र विशेष सम्बोधन भएको थियो।

मगर समुदायको पहिचान, भाषा, संस्कृति, अध्ययन विधि र अधिकारका विषयमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले आयोजित सङ्गोष्ठीमा मगर समुदायको शैक्षिक अवस्था र सुधारका उपाय, अध्ययनका विधि तथा विकास निर्माण र जग्गा अधिग्रहणले समुदायमा पारेको प्रभावलगायतका विषयमा छलफल भएको थियो।

सङ्गोष्ठीमा मगर पहिचान र भूमिको संरक्षणका विषयमा विशेष जोड दिइएको थियो। मगर समुदायको पहिचान, परम्परागत ज्ञान र भूमि अधिकारका विषयमा स्वतन्त्र प्राज्ञिक अध्ययनलाई सहयोग पुर्‍याउने उद्देश्यले सङ्गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ।

सङ्गोष्ठीमा विशेष वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्रा. डा. चित्रबहादुर बुढाथोकी मगरले ‘मगरहरूको शैक्षिक अवस्था र शैक्षिक सुधारका उपायहरू’ विषयमा विशेष प्रवचन दिनुभएको थियो।

प्रवचनका क्रममा उहाँले मगर समुदाय शैक्षिक क्षेत्रमा पछि परेको नभई पश्चिमा शिक्षा नीतिको अन्धानुकरण र देशको जातिवादी सत्ताका कारण पछाडि पारिएको बताउनुभयो। उहाँले मनुस्मृतिमा आधारित शिक्षाबाट मगर समुदायको उत्थान हुन नसक्ने उल्लेख गर्दै समुदायको आफ्नै परम्परा र ज्ञानमा आधारित शिक्षा नीति निर्माण गरी कार्यान्वयन गर्न सुझाव दिनुभयो।

विकास निर्माण तथा जग्गा अधिग्रहणले आदिवासी मगरहरूमा पारेको प्रभाव’ विषयमा प्यानल छलफल भएको थियो। छलफलमा डा. सुरेश तामाङ, डा. एक रानामगर, डा. कमल थापामगर, अधिवक्ता शंकर लिम्बु, अधिवक्ता इन्दिरा श्रीसमगर र डा. धिरेन्द्र नाल्बो सहभागी हुनुहुन्थ्यो। डा. विष्णुकुमार सिङ्जालीले छलफलको सहजीकरण गर्नुभएको थियो।

सङ्गोष्ठीको उद्घाटन आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले गर्नुभएको थियो। उद्घाटन सत्रमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख रामकुमार मादेन, लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नाम, मगर प्राज्ञिक परिषद्का प्राज्ञिक समिति सहसंयोजक डा. टेकबहादुर गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनमगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैकामगरलगायतले मन्तव्य राख्नुभएको थियो।

पहिलो दिन मगर भाषा, संस्कृति र अध्ययन विधिसम्बन्धी छवटा कार्यपत्र प्रस्तुत गरिएका थिए। कार्यपत्र प्रस्तुत गर्नेहरूमा डा. लालबहादुर पुनमगर, डा. कमल थापामगर, यामबहादुर थापामगर, तारा रानामगर, गोपाल रानामगर र रुद्र सन्देश हुनुहुन्थ्यो।

पहिलो दिन नै ‘आदिवासी मगर पहिचान के होरु’ विषयमा प्यानल छलफल भएको थियो। छलफलमा नवीन रोकामगर, डा। तारामणि राई, प्रा। डा। बालकृष्ण माबुहाङ र राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर सहभागी हुनुहुन्थ्यो। सहप्रा। डा। छविलाल चिदीमगरले छलफलको सहजीकरण गर्नुभएको थियो।

दोस्रो दिन ‘आदिवासी मगरसम्बन्धी अध्ययनका लागि अध्ययन विधिहरू र अध्ययनका क्षेत्रहरू’ विषयमा समूहगत छलफल भएको थियो। छलफलमा डा.लालबहादुर पुनमगर, डा. उमेद पुनमगर, डा. कर्ण रानामगर, काठमाडौं विश्वविद्यालयका डा. इन्द्रमणि राई, डा. बलबहादुर थापामगर र आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस सहभागी हुनुहुन्थ्यो। विद्यावारिधि शोधार्थी गोपाल रानामगरले सहजीकरण गर्नुभएको थियो।

सङ्गोष्ठीको चौथो सत्रमा भएको कार्यपत्र प्रस्तुति सत्रको अध्यक्षता आदिवासी जनजाति आयोगकी सदस्य रिना रानामगरले गर्नुभएको थियो। सत्रमा डा। तिलु थापामगर, सहप्रा. डा। छविलाल चिदीमगर, बलबहादुर पुनमगर, सोबित रानामगर, उदित थापा, यामबहादुर घर्तिमगर र सहप्रा. डा. लालबहादुर थापामगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

पाँचौँ सत्रमा ‘विकास निर्माण तथा जग्गा अधिग्रहणले आदिवासी मगरहरूमा पारेको प्रभाव’ विषयमा प्यानल छलफल भएको थियो। छलफलमा डा. सुरेश तामाङ, डा. एक रानामगर, डा. कमल थापामगर, अधिवक्ता शंकर लिम्बु, अधिवक्ता इन्दिरा श्रीसमगर र डा. धिरेन्द्र नाल्बो सहभागी हुनुहुन्थ्यो। डा. विष्णुकुमार सिङ्जालीले छलफलको सहजीकरण गर्नुभएको थियो।

सङ्गोष्ठीको सफलताका लागि मगर प्राज्ञिक परिषद्का पदाधिकारी, अनुसन्धानकर्ता, स्वयंसेवक तथा सहयोगी संस्थाहरूले योगदान दिएका थिए। कार्यक्रमको व्यवस्थापन र समन्वयमा डा. श्यामु थापामगर, डा. ई. हरिबहादुर दर्लामीमगर, डा. विष्णुकुमार सिङ्जालीमगर, डा. छविलाल चिदीमगर, डा. तिलु थापामगर, गोपाल रानामगर, डा. लालबहादुर थापामगर र पूर्णबहादुर रानामगरलगायत संलग्न हुनुहुन्थ्यो।

नेपाल मगर संघले सङ्गोष्ठीको संरक्षकत्व लिएको थियो। आयोजकले सङ्गोष्ठी सफल बनाउन सहयोग गर्ने मगरका विभिन्न संघसंस्था, स्वयंसेवक तथा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।
 

प्रतिक्रिया