मगर प्राज्ञिक संगोष्ठी ललितपुरमा सुरु, शिक्षा नीतिले समुदायलाई पछाडि पारेको विज्ञको टिप्पणी

मगर प्राज्ञिक संगोष्ठी ललितपुरमा सुरु, शिक्षा नीतिले समुदायलाई पछाडि पारेको विज्ञको टिप्पणी

आदिवासी मगर प्राज्ञिक संगोष्ठी शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ। मगर प्राज्ञिक परिषद्को आयोजनामा सुरु भएको संगोष्ठीमा पहिलो दिन मगर भाषा, संस्कृति र अध्ययन विधिसम्बन्धी छवटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने आदिवासी मगरको पहिचानका विषयमा प्यानल छलफल भएको थियो।
संगोष्ठीमा विशेष वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्रा .डा. चित्रबहादुर बुढाथोकी मगरले मगर समुदायको शैक्षिक अवस्था र शैक्षिक सुधारका उपायबारे विशेष प्रवचन दिनुभएको थियो।
प्रवचनका क्रममा उहाँले मगर समुदाय शैक्षिक क्षेत्रमा पछि परेको नभई पश्चिमा शिक्षा नीतिको अन्धानुकरण र देशको जातिवादी सत्ताका कारण पछाडि पारिएको बताउनुभयो।
‘हाम्रा पुर्खाहरूमा सबै प्रकारका ज्ञान थिए। तर, त्यस्तो ज्ञान प्रणाली भएका पुर्खाहरूलाई अशिक्षित र असभ्य भन्ने शैक्षिक भाष्य निर्माण गरियो,’ उहाँले भन्नुभयो।

म त्रिभुवन विश्वविद्यालयमा डिन हुँदा स्नातकोत्तर गरेका विद्वान् भनिएका उपप्राध्यापकहरू आउँथे, तर एउटा निवेदनसमेत लेख्न जान्दैनथे,’ उहाँले भन्नुभयो, ‘फर्म्याटमा आधारित प्रतिवेदन लेख्ने जनशक्ति मात्र उत्पादन गर्ने शिक्षा नीतिबाट कुनै उपलब्धि हासिल हुन सकेन 

वर्तमान शैक्षिक प्रणालीले उत्पादन गरेको जनशक्तिलाई पुर्खाहरूले अभ्यास गर्दै आएको कृषि प्रणाली, सभ्यता र सीपको ज्ञान नभएको टिप्पणी गर्दै उहाँले अहिलेको शिक्षाले कारिन्दा मात्र उत्पादन गरिरहेको बताउनुभयो।
‘म त्रिभुवन विश्वविद्यालयमा डिन हुँदा स्नातकोत्तर गरेका विद्वान् भनिएका उपप्राध्यापकहरू आउँथे, तर एउटा निवेदनसमेत लेख्न जान्दैनथे,’ उहाँले भन्नुभयो, ‘फर्म्याटमा आधारित प्रतिवेदन लेख्ने जनशक्ति मात्र उत्पादन गर्ने शिक्षा नीतिबाट कुनै उपलब्धि हासिल हुन सकेन।’
मनुस्मृतिमा आधारित शिक्षाबाट मगर समुदायको उत्थान हुन नसक्ने उहाँको भनाइ थियो। उहाँले समुदायको आफ्नै परम्परा र ज्ञानमा आधारित शिक्षा नीति निर्माण गरी कार्यान्वयन गर्न सुझाव दिनुभयो।
मगर समुदायको पहिचान तथा अधिकारका लागि स्वतन्त्र प्राज्ञिक अध्ययनलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजित संगोष्ठीको उद्घाटन आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले गर्नुभएको थियो।
मगर प्राज्ञिक परिषद्का कुलपति डा. श्यामु थापामगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आयोगका अध्यक्ष थापामगरले मगर समुदायमा सर्वस्वीकार्य अनुसन्धानकर्ताको खाँचो रहेको औँल्याउनुभयो। उहाँले इमानसिंह चेम्जोङ र डा. हर्क गुरुङको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो। 

मनुस्मृतिमा आधारित शिक्षाबाट मगर समुदायको उत्थान हुन नसक्ने उहाँको भनाइ थियो। उहाँले समुदायको आफ्नै परम्परा र ज्ञानमा आधारित शिक्षा नीति निर्माण गरी कार्यान्वयन गर्न सुझाव दिनुभयो।

उद्घाटन सत्रमा मानवशास्त्री डा. टेक गुरुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव धनप्रसाद सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो।
सोही कार्यक्रममा मगर भाषा तथा संस्कृतिका विभिन्न विधामा अनुसन्धानरत छ जना अनुसन्धानकर्ताले आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्र प्रस्तुत गर्नेहरूमा डा. लालबहादुर पुन मगर, डा. कमल थापा मगर, यामबहादुर थापा मगर, तारा राना मगर, गोपाल राना मगर र रुद्र सन्देश हुनुहुन्थ्यो।
शुक्रबार नै ‘आदिवासी मगर पहिचान के होर ?’ विषयमा प्यानल छलफलसमेत भएको थियो। छलफलमा राष्ट्रिय सभाका सांसद सुरेश आले मगर, नवीन रोक्का मगर, तारामणि राई र प्राडा. बालकृष्ण माबुहाङ सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया