लिम्बुजन्य संघ–संस्था र पत्रकारबीच सहकार्यमा जोड

Admin
Admin३ असोज २०८३, शनिवार
लिम्बुजन्य संघ–संस्था र पत्रकारबीच सहकार्यमा जोड

आदिवासी लिम्बु (याक्थुङ) पत्रकार र लिम्बुजन्य संघ–संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ । शनिबार लिम्बु पत्रकार संघ, उपत्यका समितिले राजधानीमा आयोजना गरेको अन्तरक्रियाका क्रममा लिम्बु अगुवा तथा पत्रकारहरूले यस्तो धारणा राखेका हुन् । 
लिम्बु जातिको जातीय संस्था किरात याक्थुङ चुम्लुङका अध्यक्ष गोविन्द आङबुहाङले लिम्बु पत्रकारसँग आगामी दिनमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । 
“लिम्बुजन्य धेरै जातीय संस्था छन् । ती सबैसँग हातेमालो गर्दै लक्ष्य प्राप्त गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “लिम्बुहरूको भाषा, संस्कृति र भूमि अधिकारका क्षेत्रमा धेरै काम गर्न बाँकी छ। सहकार्यबाट मात्र यो सम्भव छ ।”

लिम्बु समुदायमा मुक्कुमलुङ आन्दोलन, ‘नो कोशी’ आन्दोलन तथा विभिन्न जलविद्युत् आयोजनाविरुद्ध अस्तित्वको संघर्ष जारी रहेको बताउँदै भाषाले र विचारले लिम्बु हुन पनि सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँले लिम्बु समुदायमा मुक्कुमलुङ आन्दोलन, ‘नो कोशी’ आन्दोलन तथा विभिन्न जलविद्युत् आयोजनाविरुद्ध अस्तित्वको संघर्ष जारी रहेको बताउँदै भाषाले र विचारले लिम्बु हुन पनि सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रमका अर्का वक्ता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख राम मादेनले लिम्बु पत्रकारहरू व्यावसायिक मात्र भएर नपुग्ने बताउनुभयो ।  उहाँले पत्रकारहरू आफ्नै जातिको मुद्दा उठाउने विचारका जन्मदाता बन्नुपर्ने धारणा राख्नुभयो । 
लिम्बुहरू अहिले आफ्नो पहिचान, भूमि अधिकार तथा सांस्कृतिक र प्रथाजन्य स्वशासनको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले पत्रकारहरूबीच मुद्दाका विषयमा एकरूपता हुनुपर्नेमा जोड दिनुभयो । 
लिम्बु पत्रकार संघ, उपत्यका समितिका अध्यक्ष अर्जुन मादेनको अध्यक्षतामा भएको कार्यक्रममा इन्डिजिनियस टेलिभिजनका कार्यक्रम प्रमुख कुमार यात्रु तामाङले विश्वव्यापीकरण, उदार अर्थनीति तथा औपनिवेशिक प्रभावका कारण आदिवासी मिडियाको कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।  उहाँले पत्रकार र सेवा प्रदायक संस्थाहरू औपनिवेशिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा कार्यक्रम प्रस्तोता विश्व लिम्बु, भवानी बराल, सागर केरुङलगायत पत्रकारहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।


 

प्रतिक्रिया