हालैको भोटेकोशी महाप्रलय (स्थानीय तामाङ भाषामा गाङबल अर्थात हिमाली सुनामी) ले धेरैको जनजीवन तहसनहस गरेको छ । सरकारी श्रोतका अनुसार यो भीषण बाढीका कारण करिब ८४८३ नागरिक विस्थापित भएका छन् । १४५३ जनाको मृत्यु भएको छ । करिब १४ हजार माथिको उद्धार भएको छ । अझै ५६४४ जना बेपत्ता छन् । हजारौं वालवालिका प्रभावित भएका छन् । यस सन्दर्भमा सरकारले पुर्नस्थापनका लागि नुवाकोटमा २ हजार ६६५ रोपनी, रसुवामा ५९१ रोपनी र धादिङमा २२ रोपनी जग्गा समेत पहिचान गरेको छ । विपद् प्रभावित बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत गोदावरी नपा–१२, ठेचो, ललितपुरमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएकोछ । माथिल्लो भेगका ५५० विस्थापितहरु काठमाण्डौंको गेसो गुम्बामा आश्रय लिइरहेका छन् । देविघाट, बिदुर, बेत्रावती, कालिकास्थान लगायत २१ वटा होल्डिङ केन्द्रहरुमा धेरै प्रभावितहरु राखिएकाछन् । हिजोका सम्पन्न ब्यक्तिहरु आज सडकमा आएका छन् । तल्लो तटिय क्षेत्रमा रोगब्याधी फैलन नदिन हैजा लगायतका रोग बिरुद्ध खोप तथा सरसफाई अभियान जारी छ । तत्काल राहतका रुपमा खाध तथा गैरखाध पदार्थहरु समेत बाँडिएका छन् ।
समग्र आपूर्ति शृङ्खला, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा सार्वजनिक सेवामा समेत गम्भीर असर परेको छ । यसले केवल सडक, पुल, जलविधुत आयोजना, विधालय, स्वास्थ्य चौकी, बैक, नीजि घर, सम्पत्ति, ब्यापार ब्यवसाय र बजार जस्ता भौतिक संरचना मात्र बगाएन । यस विपदले मानव सभ्यता हिमाली सँस्कृति नै बगायो । स्थानीय बासिन्दाहरुको जीवनपद्धति, कला, पूखौली ज्ञान, परम्परा र सम्पदा पनि लग्यो । यसले केवल पहाडी चट्टान, जमिन र जँंगल मात्र नास गरेन । शदियौंका स्थानीय गुम्बा, माने, छोर्तेन, देवस्थल, मन्दिर र धरोहरहरु पनि बगायो । मानिसहरुको सपना, युवाहरुको जोस, वालवच्चाको भविष्य पनि बगायो ।
हरेक गाउँले सयौं युवा र परिवारका सदस्य गुमाएका छन् । बजारमा दैनिक उपभोग्य बस्तुहरुको आपूर्ती कम भएको छ । सडक यातायात र आयत ठप्पै छ । विधालयहरु आंशिक रुपमा खुलेका छन् । कतिपय विधालयमा होल्डिङ सेन्टरहरु सन्चालित छ्न । ति पनि ब्यवस्थापकिय चुनौतीहरु छन्, सरसफाइ, चर्पी, पानी र सुरक्षाका समस्याहरु छन् । खासगरी वालवलिका, महिला, गर्भेणी, सुत्केरी, दीर्घरोगी, अपाँगता भएका र वृद्धवृद्धाहरु जोखिममा छन् । सरकार, गैसस र प्रहरी प्रशासन यसमा चनाखो रहनै पर्छ । संघीय र स्थानीय सरकार सहित प्रदेश सरकारले थप जागरुकता साथ काम गर्नुपर्नेछ ।
हरेक गाउँले सयौं युवा र परिवारका सदस्य गुमाएका छन् । बजारमा दैनिक उपभोग्य बस्तुहरुको आपूर्ती कम भएको छ । सडक यातायात र आयत ठप्पै छ । विधालयहरु आंशिक रुपमा खुलेका छन् । कतिपय विधालयमा होल्डिङ सेन्टरहरु सन्चालित छ्न । ति पनि ब्यवस्थापकिय चुनौतीहरु छन्, सरसफाइ, चर्पी, पानी र सुरक्षाका समस्याहरु छन् ।
यसले आदिवासी सभ्यता र जिउँदो तामाङ संस्कृति, इतिहाँस र हिमाली समाजको चित्र नै बदलेको छ । यो पिडाको कुनै मापन र सीमा छैन । जसको कुनै मूल्य नै छैन । यसको प्रत्यक्ष मार उत्तरी सिमानादेखी भोटेकोशी नदितिरका टिमुरे, चिलिमे, स्याब्रुबेसी तथा बेत्रावती र दायाँवायाँ पहाडका धेरै तामाङ गाउँहरुमा परयो । यसो त यसको प्रभाव तल्लो तटिय क्षेत्रमा अन्य समुदाय र विदेशी नागरिकमा समेत परेको छ । तर माथिल्लो प्रभावित क्षेत्रका राम्चे (Ramche), हाकु (Haku), स्याब्रु (Sabru/Syafru), भार्कु (Bharku), गत्लाङ (Gatlang), गोल्जाङ (Goljyang), परच्याङ (Parchyang) जस्ता हिमाली आदिवासी तामाङ बाहुल्य क्षेत्रहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।
हिमाली आदिवासी तामाङ समुदायले यसलाई गाङ्बल (Gangbal) भन्दछन् । जसले विनाशकारी बाढीको अग्रमोर्चामा सवार भएर आउने भनिएको विशाल जलसर्पलाई जनाउँछ । यो स्थानीय मौखिक परम्परा तथा विनाशकारी बाढीका घटनासम्बन्धी ऐतिहासिक विवरणहरूमा समेत उल्लेखित पाइन्छ । यसले सांस्कृतिक रूपमा आधारित नामकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्न सक्छ ।
तसर्थ यो बिपदको क्षति मूल्यांकन भौतिक पूर्वाधारमा मात्र सीमित हुँदैन । जनजिविकाको साथै स्थानीय आदिवासी ज्ञान र सांस्कृतिक अभ्यासहरूको संरक्षण, निरन्तरता तथा पुस्तान्तरण हुने स्थान र पारिस्थितिक प्रणालीमा भएको क्षति पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसमा वन, नदी तथा धार्मिक स्थलहरू, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरु, जडिबुटी तथा हिमाली जैविक विविधता, रैथाने कृषि तथा पशुपालन प्रणाली, खर्क र चरन क्षेत्र तथा वन पैदावार र उधम, दिगो वन व्यवस्थापन तथा परम्परागत ज्ञान, तथा वनमा आधारित जीविकोपार्जन तथा सँस्कृतिमा आधारित पर्यटन व्यवसाय समावेश छन् ।
त्यसैले अवको प्राथमिकता पूर्वाधार पूनर्निर्माण तथा आर्थिक, साँस्कृतिक र सामाजिक पूनस्र्थापना हुनुपर्छ । हरेक योजना र कार्यक्रम स्थानीय रुची खाँचोका आधारमा बन्नु र बनाउनु पर्दछ । यसमा स्थानीय सरकार, योजनाविद, बैज्ञानिक र सरकारी प्रशासकहरुको अलवा मानवशास्त्री र समाजशास्त्रीहरुको पनि सहभागिता हुनु जरुरी छ ।
यस विपदले सृजना गरेको मनोसामाजिक क्षतिको पक्ष अझ विकराल छ । पुस्तौसम्म पर्ने दीर्घकालिन असरबारे थप खोज गर्न बाँकी नै छ । समूहगत र ब्यक्तिगत रुपमा परामर्श, रिफरल र सहयोग चाहिएको छ । कसैलाई मनोगत समस्या भएको शंका भएमा मनोपरामर्शका लागि विभिन्न निकाय वा संस्थाहरुमा सम्पर्क गराउनुपर्छ । मानसिक रुपमा मनोवल बढाउने उपचार र परामर्श पनि आवश्यक छन् । कतिपय अदृश्य मनोसामाजिक कुराहरु सम्बोधन हुनुपर्नेछ । यसका लागि थप अध्ययन र अनुसन्धान गरी सोहि अनुरुपका स्थानीय सँस्कृतिमा आधारित उपचार विधीहरु अवलम्बन गर्नुपर्छ । विपदबाट प्रभावितहरुको सुरक्षा तथा लैँगिक हिँसा, वा अन्य प्रकारका विभेद र अपराध हुनबाट बचाउनुपर्छ ।
भोटेकोसी बिपद्को मुल कारण जलवायु परिवर्तन हो । तर त्यसको चुरो मानवले प्रकृतिको चरम दोहन गर्नु पनि हो । हामी यो पृथ्वीलाई कोपर्ने र दुलो पार्ने बिकास गर्दैछौं । हामीले खोलाको बाटो छेक्यौं, साघुरो पार्र्नेे र फर्काउने जस्ता असम्वेदनशील कृयाकलापहरु गरेकै हौं ।
मूल रुपमा सामाजिक, आर्थिक पक्ष र जिविकोपार्जनमा काम गर्नु पर्नेछ । समग्र समाजलाई हिजो कै लयमा ल्याउनुपर्नेछ । तर मानव सभ्यता र भावी पिँढीका लागि यो भूमी बाँकी राख्ने कि नराख्ने अहम प्रश्न हाम्रो सामु छ । जसका लागि माटो पानी सुहाउने कृषि खेति, जनजिविका फर्काउनुपर्छ । स्थानीय सीप र श्रोत साधानमा आधारित उधम प्रवर्धन गनुपर्छ । प्रकृति र सँंस्कृती बचाउने जीवनशैली अपनाउनुपर्छ । दिगो र स्थानीय भूगोल सुहाउँदो विकास निर्माण गर्नुपर्छ । परम्परागत ज्ञान र आधुनिक समाजको सन्तुलित योजनाहरु बनाउनुपर्छ ।
भोटेकोसी बिपद्को मुल कारण जलवायु परिवर्तन हो । तर त्यसको चुरो मानवले प्रकृतिको चरम दोहन गर्नु पनि हो । हामी यो पृथ्वीलाई कोपर्ने र दुलो पार्ने बिकास गर्दैछौं । हामीले खोलाको बाटो छेक्यौं, साघुरो पार्र्नेे र फर्काउने जस्ता असम्वेदनशील कृयाकलापहरु गरेकै हौं । मानव सुख र द्रब्यको लागि धर्तीको छाती चिर्ने र आधुनिकताको नाममा फेरिएको हाम्रो उल्टो जिवनशैली पनि उतिकै जिम्मेवार छन् । हाम्रो अनियत्रित विकास, नदि, सडक र मानव बस्ती बीचको सम्बन्ध खल्बलिएकै हो ।
त्यसैले मानव अस्तित्वको लागि धर्तिको स्याहार र ग्रहिय स्वास्थ्य (Planatiry Health) अबको प्राथमिकता हुनुपर्छ । यो मानव सभ्यता र पृथ्वीको वातावरणीय प्रणाली (Ecosystem) बीचको अन्तरसम्बन्धलाई बुझाउने एक आधुनिक चिकित्सा तथा वैज्ञानिक अवधारणा हो । यदि पृथ्वी स्वस्थ रहन्छ भने मात्र मानव जाति स्वस्थ रहन सक्छ भन्ने मान्यता नै ग्रहिय स्वास्थ्य हो। ग्रहिय स्वास्थ्यका प्रमुख स्तम्भहरूमा पर्यावरणीय सन्तुलन, जलवायु परिवर्तन र मानव स्वास्थ्य तथा जैविक विविधता पर्दछन् । यसले जीवजन्तु र वनस्पति विनाश हुँदा मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरको न्यूनीकरण गर्दछ । पृथ्वी हामी विना पनि बाँच्छिन तर हामी उनीबिना बाँच्दैनौ भन्ने कुरा नभुलौं ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो । यस सन्दर्भमा नेपालमा वातावरण विनाश र जलवायु परिवर्तनले मानिसको स्वास्थ्यमा पारिरहेको असरबारे थप अनुसन्धान र नीतिगत कामहरू गर्न आवश्यक छ । आगामी योजनाहरु सांस्कृतिक रूपमा उपयुक्त, सहभागितामूलक तथा समुदायका प्राथमिकता र आवश्यकताप्रति उत्तरदायी हुन आवश्यक छन् । यस प्रक्रियामा स्थानीय सरकार र प्रभावित समुदायहरूले निर्णय प्रक्रियामा सकृय र अर्थपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । यस विपद्ले जलवायुजन्य विपद्का अलवा जलवायु न्याय तथा सामाजिक न्यायका आयामहरूलाई पनि ब्यापक रुपमा उजागर गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको हालैको सम्बोधनमा पनि हिमाली समुदाय, न्यायोचित क्षतिपूर्ति र समतामुलक लाभ वितरणमा जोड थियो ।
त्यस्तै पुनर्लाभको प्रक्रिया क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा मात्र सीमित हुनु हुँदैन । यसले मानव जीवन र जीविकोपार्जनको पुनस्र्थापना गर्नुका साथै आदिवासीहरुको भूमि, संस्कृति, परम्परागत ज्ञान प्रणाली, पारिस्थितिक प्रणाली तथा समुदायको आत्मनिर्णयको अधिकारको संरक्षण गर्नुपर्छ । प्रकृति, संस्कृति र सभ्यता बचाउनु हाम्रो मानविय कर्तब्य हो । मानव कल्याण, स्वास्थ्य, आध्यात्मिक उपचार र जनहितको लागि काम गरौं । यो विसम अवस्थामा सबैले सकेको सहयोग गरौं । पुनर्निर्माणमा सरकार र गैरसरकारी क्षेत्रको भुमिकाबारे थप बहस गरौं । मानवता माथि नीजि स्वार्थपूर्ति, ब्यापार र राजनीति नगरौं ।


















