साँस्कृतिक सुरक्षा, आदिवासीहरुको लागि अनिवार्य सर्त

डा. सुरेश तामाङ
डा. सुरेश तामाङ२५ साउन २०७८, सोमवार
साँस्कृतिक सुरक्षा, आदिवासीहरुको लागि अनिवार्य सर्त

आज अगष्ट ९ तारिख, अन्तराष्ट्रिय आदिवासी दिवस । संसारभरका ९० देशहरुमा करिब ५००० भन्दा बढि आदिवासी समूहहरु बसोबाश गर्छन । संयुक्त राष्ट्र सँघका अनुसार विश्वमा ४७ करोड ६० लाख आदिवासीहरु रहेको तथ्याक छ जुन सम्पूर्ण मानवको ६.२ प्रतिशत हो । आईएफएडीका अनुसार आदिवासीहरुले विश्वको २२ प्रतिशत जमिन आवादी गर्छन् । जसमा संसारका ८० प्रतिशत जैविक विविधता पाइन्छ । उनीहरुको आफ्नै विशेष उद्गमभूमि, सँस्कृति, परम्परा, भेषभुषा, चालचलन र परम्परागत ज्ञान तथा प्रथाजनित रैथाने अभ्यासहरु कायमै छन् । संसारका आदिवासीहरुको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिाकोण, स्वास्थ्यलाई हेर्ने, बुझने र उपचार गर्ने गराउने तरिकाहरु फरक छन् । सर्वप्रथम त उनीहरु प्रकृतिपूजक र अध्यात्मिक छन् । उनीहरु मानवजीवनलाई बहुपक्षिय रुपमा हेर्छन । परिवार तथा समूह केन्द्रित मान्यतामा बाँचछन् । परम्परागत वैकल्पिक र जडिबुटीजन्य उपचार विधीमा पनि अभ्यस्त छन् । फरक साँस्कृतिक, सामाजिक तथा आर्थिक परिवेश, पश्चिमा विकास, औपनिवेशीकरण र राज्यका गलत नीति र नियतका कारण उनीहरुको स्वास्थ्य कमजोर छ । आधुनिक स्वास्थ्य उपचार विधि र अध्ययन अनुसन्धानमा आदिवासीहरुले अन्याय र उत्पीडन भोगेको र उचित उपचार नपाएको गुनासोहरु समेत प्रशस्त छन् । 

साँस्कृतिक सुरक्षा (Cultural Safety) भनेको के हो? 

सर्वप्रथम माओरी नर्स अनुसन्धाता तथा शिक्षाविद् Dr. Irahapeti Ramsden ले साँस्कृतिक सुरक्षाको सिद्धान्त प्रतिपदन गरेकी थिइन । उनको अनुसार संसारका आदिवासी र मूल प्रवाह भन्दा बाहिरका अल्पसंख्यक साँस्कृतिक समूहहरुको बारेमा वहस आवश्यक थियो । उनी आफैं पनि आदिवासी माओरी नर्सिङ अनुसन्धाता थिइन । तसर्थ आफनो कार्यक्षेत्रमा भएका कामहरु हेर्दा उनलाई यस विषयमा थप खोज गर्ने रुची भयो । यो विचार अनुसन्धाता र चिकित्सकलाई धेरै जान्ने र देवता सरह मान्ने तर सहभागी वा विरामी चाहिँ केवल विषयबस्तु (subject) मात्र मान्ने चलनको बर्खिलाफ छ । साँस्कृतिक चेतनाबाट यसको विस्तारीत रुप नै विकास भएर सुरक्षातर्फ जान्छ जसमा साँस्कृतिक विविधतालाई सहर्स स्वीकार र आदर गरिन्छ । कुनै समूदाय वा सँस्कृतिको बारेमा चेतना हुनु आधारभूत कुरा हो तर त्यसपछि उनीहरु प्रति संवेदनशील भएर मात्र पनि नहुने तर्क विज्ञहरुको रहोको छ । तसर्थ त्यसको उच्चतम रुप भनेको नै साँस्कृतिक सुरक्षा हो । 

अमेरिकाका अर्का समाजसेवाका आदिवासी अभ्यासकर्ता Terri L . Cross  ले यस अघि नै साँस्कृतिक निपूर्णता (Cultural Competency) का बारेमा आफनो धारणा र सिद्धान्त प्रतिपादन गरिसकेका थिए । जसमा मानिसहरु साँस्कृतिक कुशलतामा अभ्यस्त भएर जान्छन् । यसका लागि एकाथरि साँस्कृतिक रुपमा सजग बन्दै कुशलतातर्फ उन्मुख हुन्छन भने अर्काथरि विनास तर्फ मुखरित हुन्छन् । कतिपय मान्छेहरु भने साँस्कृतिक रुपमा अचेत पनि हुन्छन् । उनीहरु साँस्कृतिक विविधताले मानव जीवन, दर्शन र ब्यवहारमा पार्ने फरकबारे समेत अनविज्ञ हुन्छन् । 

आदिवासीहरुको स्वास्थ्य एक सामुहिक अनुभव र शरिर शरिर मात्र नभइ दिमाग र अध्यात्मिकतासंग जोडिएको हुन्छ । आदिवासीहरुले समूहको भलाईमा जोड दिने र अधिकांश जीवन पद्धति प्रकृतिसंग नजिक भएकोले पश्चिमा शिक्षा, स्वास्थ्य र औषधि विज्ञानको परिभाषा नै फरक पर्दछ ।

आदिवासीहरुको स्वास्थ्य एक सामुहिक अनुभव र शरिर मात्र नभइ दिमाग र अध्यात्मिकतासंग जोडिएको हुन्छ । आदिवासीहरुले समूहको भलाईमा जोड दिने र अधिकांश जीवन पद्धति प्रकृतिसंग नजिक भएकोले पश्चिमा शिक्षा, स्वास्थ्य र औषधि विज्ञानको परिभाषा नै फरक पर्दछ । एक ब्यक्तिलाई समस्या पर्दा वा विरामी पर्दा आम रुपमा समुदायलाई नै पिडा हुन्छ । अदिवासीहरु समूहगत अधिकारका लागि आज लडिराखेका छन् । जसको निदान गर्न यी कुराहरुको अर्थ पनि बुझ्नु पर्छ । जस्तै, आधुनिक अस्पतालले विरामीसंग एक जना मात्र कुरुवा बस्न वा पालो गरेर भेट गर्न दिन्छ, तर आदिवासी समाजमा परिवार, नातागोता र शाखा सन्तान एकसाथ आउँन चाहन्छन् । यसैगरी स्वास्थ्य भनेको शरिर, दिमाग र मनको सन्तुलन भएकोले केवल ब्यक्तिको भौतिक शरिरको जाँच र चिरफार गरेर मात्र उपचार सम्भव हुँदैन भन्ने बुझिन्छ । 

औपनिवेशवादी पश्चिमा स्वास्थ्य विज्ञानका आधारमा तयार भएको अध्ययन विधि र उपचार पद्धतिले आम मानिसको खासगरी आदिवासी र साँस्कृतिक समूहहरुको समस्या केलाउन र आवश्यक उपचार दिन सक्दैन । उदाहरणका लागि अमेरिकामा सफल फिजिसीयन हुनका लागि स्पेनिस भाषा जान्नु आवश्यक पर्छ । यसरी सेवाग्राहीको भाषा, सँस्कृति र मानोदशा आदि बुझनु पर्छ । जस्तै, कुनै हिमाली भेगको तामाङ वा शेर्पा समुदायमा फरक भाषा, स्थानिय सँस्कृतिबारे अनविज्ञ गैरतामाङ वा गैरशेर्पा चिकित्सक गएमा के कसरी संवाद होला? विरामी र चिकित्सकविचको संचार र विश्वासको वातावरण कस्तो होला? यहाँ सहजाति वा सामाजिक, साँस्कृतिक र भाषिक वा धार्मिक रुपमा समानता भए धेरै सजिलो हुन्छ । किनकि यसले उनीहरु बिचको दूरी कम गर्छ र विश्वास बढाउँछ ।

एकातिर यसरी केवल आधुनिक अस्पताल मात्र खोलेर आमजनता स्वस्थ्य हुँदैनन् । अर्को संसारमै आदिवासी र मूलधारका मानिसहरुको सरदर आयू वा बाँच्ने उमेरमा ठूलो फरक रहेको छ । मनोसामाजिक र पुस्तौनीको विभेद र त्यसबाट सृजित तनावको ब्यवस्थापन पनि आवश्यक छ । शिक्षा र स्वास्थ्य सेवामा समतामूलक पहँुच नभएकाहरुका लागि यो अनिवार्य छ । अन्य सामाजिक आर्थिक र वावतावरणीय कारणले गर्दा उनीहरुको बुझाइ, स्वास्थ्यको खाँचो र उपचारका विधि नै फरक आवश्यक हुन्छ ।

यसरी हेर्दा जसको शिक्षा, रोजगारीमा पहुँच र जसको राम्रो आम्दानीको श्रोत छैन, साथै जो राज्यबाट हेला हिंसा गरिएको छ, उनीहरुको स्वास्थ्य राम्रो हुने कुरा भएन । नेपालमा मात्र नभइ संसारका आदीबासी र सीमात्कृतहरुको यहि अवस्था छ । विभिन्न अध्ययनहरुबाट पत्ता लागे अनुसार अमेरिकाका Native Amercians (American Indians), Hawaii का Native Hawaiians, Alaska का Alaska Natives  तथा क्यानडाका First Nations, Australia का Aborgianl Australians तथा New Zealand का Maori तथा अन्य Pacific Islanders हरुको स्वास्थ्य अवस्था मुलधारका गैरआदिवासीहरुको दाँजोमा नराम्रो छ । संसारभरका आदीबासीहरु कमजोर स्वास्थ्यका कारण कम बाँच्ने तथा उनीहरुमा अपांगता पनि बढि देखिन्छ । हालैको अध्ययनहरुले विश्वमा नै कोरोनाबाट पनि अल्पसंख्यक, आदिवासी, कालाजाति, हिस्पानिक, हवाइएन र प्रशाँन्तक्षेत्रका बासिन्दा, आप्रवासी र कमजाोर आर्थिक भएकाहरु बढि प्रभावित भएको देखाउँछ । 

UNFPII (2010)  का अनुसार आदीबासीहरु र गैरआदीबासीहरुको औसत आयू नै फरक छ । यो फरक नेपाल लगायत विभिन्न देशमा निम्न अनुसार रहको छ । आदिवासीहरुको आयू अष्ट्रेलिया र नेपालमा करिब २० वर्ष कम रहेको छ । 

तालिका १ः आदिवासीहरुको सरदर आयू वा बाँच्ने उमेर (यूएनपिएफआइआइ, २०१०)

ग्वाटेमाला

पनामा

मेक्सिको

नेपाल

अष्ट्रेलिया

क्यानडा

आओटेआरोवा

१३ वर्ष

१० वर्ष

 

६ वर्ष

२० वर्ष

२० वर्ष

७ वर्ष

११ वर्ष

नेपालको सन्दर्भमा यहाँका आदिवासी मूलवासीहरु पनि प्रकृतिपूजक र श्रोतका संभारकर्ताका रुपमा छन् । उनीहरुको आआफ्नै इतिहाँस, गर्वका गाथाहरु र पिडाका कथाहरु छन् । जस्तै तामाङहरु लगायत विभिन्न आदिवासीहरु माथि राज्यले निरन्तर गरेको दमन र शोषणको उपज आज उनीहरुको सामाजिक आर्थिक अवस्था र स्वास्थ्य अवस्था फरक छ । पहाडी आदिवासी र जनजातीहरुको स्वास्थ्य र पोषणको अवस्था अन्य जाति वा समूहको दाँजोमा कमजोर रहेको अध्ययनहरुले देखाएको छ । फलस्वरुप अपवाद बाहेक नेपालका तामाङ लगायत अधिकाँश आदिवासी मूलवासीहरु आज पनि सामाजिक आर्थिक अभाव, धार्मिक, साँकृतिक, जातीय र भाषिक विभेद, सामाजिक अन्यायको शिकार भइरहेको अवस्था छ । 

नेपाल भारतमा पूरातन सोच र जात ब्यवस्थाले जरो गाडेको छ । कानूनतः लिँग, धर्म, जात वा संस्किृतिको आधारमा कसैमाथि फरक ब्यवाहार गर्न बर्जित छ । तर पनि हाम्रो समाजमा दिनहुँ  यस्ता घटनाहरु भइराखेका छन् । खासगरी दलित, शिल्पी, महिला, आदिवासी, अल्पसँख्यकमाथि शदियौं देखि हत्या, हिँसा, अन्याय, र अत्याचार भएको छ । आज देशमा आरक्षणका बारेमा कति ठूलो हाकाकार र वहसहरु चलिराखेको छ । आफुलाइ अन्याय भयो भनी सर्बाेच्च अदालतमा रिट हालेका निवेदक डा. पन्जियारको मुद्धामा भएको फैसलाले यस मुलुकका आदिवासी, जनजाति, दलित तथा मधेसी लगायत मूलधारका जाति बाहेककाहरुमाथि निरन्तर अन्याय गरेको छ । पिडीत डा. पन्जियार भन्छन् सर्वोच्चको फैसलाले आरक्षणको मर्म कुल्चियो । यहाँका शासक र प्रशासनका ठेकेदारहरु कति सम्म स्वार्थी र अत्याचारी छन भन्ने कुरा यो र यस्तै अन्य घटनाहरुबाट पुष्टी हुन्छ । तसर्थ बहिस्करणमा परेका र पारिएका समुदायहरुका हकमा पनि यो साँस्कृतिक सुरक्षाको सिद्धान्त लागू हुन्छ । यसले उनीहरु थप वहिस्करणमा पर्ने र हिँसा हुने खतरा घटाउँछ । यसको प्रवर्धनबाट लैगिँक र साँस्कृतिक समता कायम हुन्छ । जसको प्रत्यक्ष असरले स्वास्थ्यका सुचकाँकहरुमा पनि सुधार आउने अवस्था रहन्छ ।

नेपालको सन्दर्भमा यहाँका आदिवासी मूलवासीहरु पनि प्रकृतिपूजक र श्रोतका संभारकर्ताका रुपमा छन् । उनीहरुको आआफ्नै इतिहाँस, गर्वका गाथाहरु र पिडाका कथाहरु छन् । जस्तै तामाङहरु लगायत विभिन्न आदिवासीहरु माथि राज्यले निरन्तर गरेको दमन र शोषणको उपज आज उनीहरुको सामाजिक आर्थिक अवस्था र स्वास्थ्य अवस्था फरक छ । पहाडी आदिवासी र जनजातीहरुको स्वास्थ्य र पोषणको अवस्था अन्य जाति वा समूहको दाँजोमा कमजोर रहेको अध्ययनहरुले देखाएको छ ।

संरचनागत विभेदका कारण समाजमा पछाडि परेका बर्ग, जाति र समुदायलाई वर्चस्वशाली समुदायको बराबरीमा पुराउन अराक्षण चाहिएको हो । यो हजारौं वर्षको उत्पिडन र दाशत्वको क्षतिपूर्ति पनि हो । तर निगाहा र कृपा भने कदापी होइन । विभेद र संरचनागत हिँसाले प्रताडितहरुको शसक्तिकरणका लागि विशोषगरी राज्यको विभिन्न अँगमा उनीहरुको सम्मानजनक प्रतिनिधीत्व गराउनु आजको आवश्कयता पनि हो ।

यो कुरा स्वास्थ्य लगायत शिक्षा र अनुसन्धानमा पनि लागु हुन्छ । विश्वविधालयका शिक्षक र विधार्थी बिच तथा अनुसन्धाता र सहभागी बिचमा पनि यहि शक्ति सम्बन्धको कारण ठूलो खाल्डो रहनाले वास्तविक सिकाइ र खोजेको विषय उजागर नहुने तर्क गरिन्छ । आदिवासीहरु साँस्कृतिक रुपमा फरक भएकोले यो आवश्यक छ । त्यसैले साँस्कृतिमा आधारित अभ्यास, तरिका र उपचार विधी (Culturally based approaches) आवश्यक छन् । 

हवाइएन समाजमा प्रचलित कतिपय साँस्कृतिक विधिहरु जस्तै ओहाना कन्फरेन्स र होओपोनोपोनो (Ohana Conference & Ho’opono’pono) को आज महत्व बढेर गएको छ । जसमा कुनै समस्या भए आपसमा छलफल गर्ने, परिवार केन्द्रित विधि, साइकोथेरापी भन्दा पनि विवादका पक्षहरु बिच समस्या समाधानका लागि छलफल, विवाद समाधान र प्रहरी प्रशासनमा गइ दण्डित हुनु अघि नै समुदाय स्तरमा नै यस्ता कतिपय समस्या समाधान गर्न सकिने देखिन्छ । 

कर्टिस र उनका साथीहरुका अनुसार स्वास्थ्यमा समताका लागि यो जरुरी छ । जातीय, साँस्कृतिक र भाषिक विविधताले भरिएको नेपाल जस्तो देशको ग्रामीण स्वास्थ्य सुधारका लागि यसमा जोड दिनु जरुरी छ । 

निचोड

साँस्कृतिक सुरक्षाले संचार, सेवा पहुँच, गुणस्तर र सेवाग्राहीको हितमा काम गर्दछ । यसले सेवाग्राही र सेवा प्रदायकबिचको दूरी कम गर्ने र शक्ति सन्तुलनको काम गर्दछ । आदिवासीहरुको लगिा यो अति महत्वपूर्ण सावित भएको छ । किनकि यसले अदिवासीको पहिचान, सस्कृति र जीवनशैलीमा क्षति र हिँसा गर्ने कुनै गतिविधिलाई निरुत्साहन गर्दछ । सन् १९९० को दशकमा विकशित यो सिद्धान्त विस्तारै अस्टे्रलिया हुँदै उत्तर अमेरिका खासगरी क्यानाडासम्म विस्तार भइसकेको छ । यसले मानवीय सम्बन्ध सुधार्ने, हिँसा कम गर्ने र सेवालाई सकारात्मक रुपमा प्रभावित गर्ने भएकोले कतिपय सरकारी र अन्य निकायहरुमा यस खालको तालिम, ब्यवहार र आचरणहरु अनिवार्य गरिएको छ । संसारका आदिवासीहरुका हकहितमा यो अति आवश्यक छ ।  

आजको २१ औं शताब्दीमा रंगभेद र जातीवादको अन्त र साँस्कृतिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्छ । अहिले विश्वमा रंग वा जातका आधारमा गरिने हरेक प्रकारका विभेद जनस्वास्थ्य र सामािजक न्यायका हिसाबले पनि निन्दनिय छन् । राज्यको नीति र नियमले यसो भएमा त्यसको यथोचित क्षतिपूर्ति सहित समाधान खोजिनुपर्छ । जसका लागि आदिवासीको स्वास्थ्य र साँस्कृतिक शिक्षाको महत्व सबैले बुझ्नु अति आवश्यक छ । साँस्कृतिक सुरक्षाले आदिवासीहरुको पहिचान, आत्मसम्मान र सामाजिक न्यायको लागि सहजीकरण गदर्छ । उनीहरुको सकृय सहभागिता र योगदानका लागि वातावरण तयार गर्दछ  

सुझावहरु

संसारका आदिवासीहरुलाई भूराजनैतिक अधिकार, सार्वभौमसत्ता र धर्तीको सँभारकर्ताका रुपमा सम्मान गरिनु पर्दछ । परमपरागत ज्ञानका भण्डार आदिवासीरुलाई आदर सहित उहाँहरुको ज्ञान र भूमिकाको उचित कदर हुनुपर्छ । तसर्थ राज्यले बनाउने शिक्षा, स्वास्थ्य र समाज कल्याण तथा अन्य सामाजिक विकासका कुनै पनि नीति तथा कार्यक्रमहरु आदिवासीहरुको रुची, खाँचो र स्थानिय रुपमा उपयुक्त हुनुपर्छ । ती नीति र कार्यक्रमहरु साँस्कृतिक रुपमा सुरक्षित र सान्दर्भिक पनि हुनुपर्छ । यसले न्याय, पहिचान, स्वाभिमान र स्वास्थ्य सम्वर्धनका लागि सहजीकरण गर्दछ । त्यसैगरी सेवा प्रदायक सस्ंथा जस्तै, अस्पताल, विधालय तथा विश्वविधालयहरुमा यस सम्बन्धमा आवश्यक शिक्षा तथा त्यहाँ कार्यरत कर्मचारी, शिक्षक, प्राध्यापक वा स्वास्थ्यकर्मी तथा नीति निर्माताहरुलाई यस सम्बन्धी न्युनतम तालिम अनिवार्य गरिनुपर्छ । राज्यले बनाउने स्वास्थ्यकर्मी, अनुसन्धाता तथा अन्य सार्वजनिक सेवा प्रदायकहरुको नीति तथा निर्देशिका (Code of Conduct) मा नै साँस्कृतिक सुरक्षाको न्युनतम मापदण्डहरु तोकिनुपर्छ ।

विश्वभरिका आदिवासीहरु एक होऔं, अन्तर्राष्ट्रिय आदिवासी दिवसको शुभकामना !

प्रतिक्रिया

अन्य सामाग्रीहरु डा. सुरेश तामाङ