क्यान्सर पीडित शेर्मालाई सहयोग रकम हस्तान्तरण

Admin
Admin८ माघ २०८०, सोमवार
क्यान्सर पीडित शेर्मालाई सहयोग रकम हस्तान्तरण

क्यान्सर पीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट संकलन भएको आर्थिक सहयोग एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।
घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय कार्यालय काठमाडौंमा आयोजित कार्यक्रमबिच उपचाररत शेर्मालाई ३ लाख ८७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो  । फोनिजका अध्यक्ष गजुरधन राई र सङ्जुम्भोका नेतृत्वहरूद्वारा संयुक्त रुपमा सो सहयोग हस्तान्तरण गर्नू भएको थियो ।  

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपैयाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो भने बाँकी रकम नेपालमै संकलन गरिएको हो ।
पाँचथरमा रहेर लामो समदेखि पत्रकारिता गर्दै आउनु भएका शेर्माको घाँटीमा क्यान्सर भएको छ । उपचारका क्रममा अहिले किमो दिने काम भइरहेको छ । उपचारमा धेरै रकम लाग्ने भएपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायत विभिन्न संघ संस्थाले सहयोग अभियान सञ्चालन गरेका छन् ।

 

प्रतिक्रिया