नेपाल शेर्पा संघको आयोजनामा २ दिने निःशुल्क दन्त शिविर हुँदै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ पुष २०८२, शुक्रवार
नेपाल शेर्पा संघको आयोजनामा २ दिने निःशुल्क दन्त शिविर हुँदै

नेपाल शेर्पा संघको आयोजनामा दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना हुने भएको छ । आगामी पौष २५ र २६ गते सञ्चालन हुने शिविर नेपाल शेर्पा संघको सभाहलमा विहान १० बजेदेखि सुरु आयोजकले जनाएको हो । 

शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सम्पूर्ण परामर्श, खराब दाँत निकाल्ने सेवा, मुख र गिजासम्बन्धी परामर्श तथा उपचार, आवश्यक औषधि निःशुल्क वितरण लगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने छ । साथै रक्तचाप जाँचको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

शिविर विशेषगरी शेर्पा समुदाय लक्षित रहेकाले नेपाल शेर्पा संघ मातहतका समिति, आवद्ध संस्था, किदुग तथा विभिन्न संघ–संस्थालाई सहभागीताका लागि आग्रह गरिएको छ ।

शिविर पाइला पाइलाका आशा फाउण्डेशनको समन्वयमा तथा फ्रान्स निवासी डा. पासाङकाजी शेर्पाको आर्थिक सहयोगमा सञ्चालन हुन गईरहेको नेपाल शेर्पा संघका उपाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँले सम्पुर्ण शेर्पा समुदायका व्यक्तिहरुलाई निशुल्क दन्त शिविरमा सहभागि भई लाभ लिनुहुन अनुरोध गर्नुभएको छ । 

 

प्रतिक्रिया