यसपालीको चाडवाडमा रोमान्चक यात्रा र एतिहाँसिक पारिवारिक भेटघाट भयो ।
वाल्यकालमा मलाई दँशै विशेष लाग्थ्यो । तर मैले दँशै नमानेको २५ वर्ष भन्दा बढि भइसकेछ। आफु आवद्ध संघसंस्थाको काम (पेशा), तालिम र अध्ययनका लागि देशविदेशको यात्रा साथै दँशैको यथार्थ ज्ञान पाएपछि मैले यस्ता चाडलाई तामझामका साथ मान्न छाडेको हुँ। तर यसपाली भने दँशैको मौका पारेर सम्पूर्ण पारिवारीक भेटघाट गरियो। हाम्रो गन्तब्य पूर्वी नेपाल थियो । विहान सबेरै भान्जीहरु, श्रीमती र छोरा सहित हामी रवाना भयौं। तर काठमाण्डौबाट फूलपातीको दिन यात्रा गर्नु गलत रहेछ। देशभरका धेरै मान्छेहरु यहि खाल्डोमा रहेछन। चाड मान्न भने सबैजसो उपत्याका वाहिर जाने चलन छ। कोटेश्वर, जडिबटी, लोकनथली, ठिमी, सूर्यविनायक, बनेपा, भकुण्डेब्शी लगायत नेपालथोक सम्मै ठूला साना सवारी साधानहरुको विशेष भिडभाड थियो। हजारौं नीजि मोटर, सार्वजनिक बस र मोटसाइकलको ताँती। झोलानाम्ला, वालवच्चा सहितको यात्रीले खचाखच सवारी साधनहरुको लर्को। प्रतिस्पर्धा र हतारले गर्दा कताकति सानातिना दूृर्घटनाहरु पनि भएका थिए।
हामी केहि क्षण सुनकोशी नदिको तीरमा खेल्यौ । त्यसपछि सिन्धुलीगढिको ऐतिहाँसिक किल्ला र नयाँ सँग्रहालयको अवलोकन गरेर हामी मधेशतर्फ झरयौं। सिन्धुलीगढिको संरक्षणमा नेपाल सरकार, नेपाली सेना र स्थानिय पालिकाले राम्रो बन्दोबस्त र खर्च गरेको रहेछ। तर यसमा हाम्रो पूर्खाको रगत पसिना र विरासत भए पनि देशको इतिहाँस केवल जित्नेले र जित्नेको मात्र लेखिने हुँदा उतिवेला अन्य कसकसले के कस्ता योगदान गरेका थिए भन्ने बारेमा यहाँ उल्लेख छ वा छैन भन्ने कुराको थप खोज गर्न आवश्यक छ।
हाम्रो यात्रा कायम थियो तर सप्तकोशी नदि नतर्दै रात परिहाल्यो। सूर्यास्तसँगै कोशीको माछा खाने हाम्रो योजना चकनाचुर भयो । जे होस बत्ति बालेर करिव ९ बजे राती मात्र हामी इटहरी पुग्यौं। पूर्खौली थलो सँखुवासभाबाट आमा बा, इलामबाट दिदी भेनाजु, झापा र चैनपुरबाट बहिनी ज्वाइहरु, तरहरा मै भएका ठूलो दाजु भाउजु र छोरी अनि इटहरीमा भएका कान्छो भाइ बुहारी, कान्छी वहिनी र हाम्रो परिवार काठमाण्डौबाट एकैठाउँमा भेला भएको यो पहिलो पटक हो। हामी सानो हुँदा कति भाइ वहिनीहरु थिएनन्, जब उनीहरु ठूला भए हामीहरुले घर छाडिसकेका थियौं । तर यसपाली भने सातै जना सन्तानको विचमा आमा बा पनि सँगै हुँदा निकै खुशीयाली थियो।
समय मिलाएर धरान, भेडेटार, नमस्ते झरना र बेलवारी तथा लक्ष्मीमार्ग आदी पनि घुमियो। हिउँदको मौसम राम्रो भएपनि चौतर्फी विस्तार भएको बजार, सवारी साधान र भिडभाड अनि फोहरमैला र प्रदुषण भने बढेकै हो। हामी कोशी राजमार्ग भएर धनकुटा सम्म गयौं। दँशैं अवज्ञा गर्दा मृत्युदण्ड दिएका रामलिहाङ र रिदामाको गाउँ (धनकुटा) मा यसपाली दँशैं भित्रिएन भन्ने पनि सुनियो। विगतमा भएको त्यो घट्ना एकदमै निन्दनिय थियो। यसबारे आम जनता र खासगरी गैरहिन्दु आदिवासीहरु सचेत रहनुपर्छ। हामी एकल राज्यको भाषिक, सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक दास बनेका छौं। त्यो इतिहाँस बुझेर यथार्थ महसुस गर्नुपर्छ ।
यसै क्रममा हामी इटहरीबाट चितवन आयौँ। त्यहाँ पनि श्रीमतीको माइती तर्फका चार पूस्ता पारिवारीक भेटघाट भयो। सँधैझै खानपीन, गफ र वरपरको भ्रमण गरियो। यसैक्रममा पूर्वी चितवन, राप्ती नगरपालीका ७, रामपुर झरनाको एक आधारभूत विधालयको भ्रमण गरियो। त्यहाँ अधिकाँश दलित, जनजाति र गरिव परिवारका वालवच्चा पढ्दा रहेछन्। आर्थिक अभाव भए पनि सीमित श्रोतको उचित परिचालन भएको र कर्मचारीहरुमा भने उच्च मनोवल रहेको देखियो । प्रअ श्री कल्पना पौडेल आफैं यस विधालयको स्थापना कालदेखि नै अस्थाइ दरबन्दीमा हुनुहुँदो रहेछ। प्रअ लगायत सबै शिक्षक र परिचर समेत महिलाहरु रहेछन्। आसपासको विधालयहरु मिलान (मर्जर) हुँदै गर्दा त्यहाँको विधार्थी भर्ना, उतिर्ण गर्नेको सँख्या चाँहि राम्रो रहेछ। विधालय व्यवस्थापन समिति पनि सकृय रहेछ। हरेक टोलमा मठमन्दिर भन्दा यस्ता विधालय बनाउँदा बेस हुन्छ भन्ने मैले महसुश गरेँ ।
सबैलाई आफ्नो चाडपर्व, धर्म, सँस्कार, सँस्कृति राम्रो र प्यारो नै लाग्छ । कुनै एउटा चाड अर्को भन्दा वडा वा महान भन्ने हुँदैन। यसको अर्थ हिन्दुहरुको चाड दँशै मात्र महान भन्ने होइन, यहाँ अन्य जाती समुदायले मान्ने लोसार, उँधौली, माघी, छट, गौरा, इद र क्रिसमस पनि उत्तिकै महान छन्। तसर्थ सबैले सबैको चाडवपर्वको आदर गरौं। सबैले सबैको सँस्कृतिलाई स्वीकार र सम्मान गरौं। तर कसैले कसैलाई हेलत्व र होच्याउने नगरौं।
सबैलाई आफ्नो चाडपर्व, धर्म, सँस्कार, सँस्कृति राम्रो र प्यारो नै लाग्छ । कुनै एउटा चाड अर्को भन्दा वडा वा महान भन्ने हुँदैन। यसको अर्थ हिन्दुहरुको चाड दँशै मात्र महान भन्ने होइन, यहाँ अन्य जाती समुदायले मान्ने लोसार, उँधौली, माघी, छट, गौरा, इद र क्रिसमस पनि उत्तिकै महान छन्। तसर्थ सबैले सबैको चाडवपर्वको आदर गरौं। सबैले सबैको सँस्कृतिलाई स्वीकार र सम्मान गरौं। तर कसैले कसैलाई हेलत्व र होच्याउने नगरौं। हरेक ब्यक्तिलाई आफुले इच्छाएको धर्म र चाड मान्ने स्वतन्त्रता र अधिकार छ। तर अरु कसैको चाड मान्नै पर्छ भन्ने वाध्यता पनि छैन। धर्मनिरपेक्ष राज्यमा कानूनले कसैलाई माथि र तल गरेको छैन । आआफनो धर्म सँस्कार अनुसारका चाडपर्व मानौ। कसैले कसैलाई जवरजस्ती नगरौं। सामाजिक सदभाव कायम राखौँ। सरकारले सबै धर्म र समूदायलाई समान ब्यबहार गर्नुपर्छ। सबैको साँस्कृतिक पहिचानलाई सम्मान गर्नुपर्छ।
उसो त हरेक चाडबाडका राम्रो पक्षहरु छन्। जस्तै पूर्खाको सम्झना, पूजाआजा, आफन्त भेटघाट, खानपीन, उपहार आदानप्रदान, आशिर्वाद ग्रहण आदी। यसलाई कायम राखौं तर अनावश्यक तडकभडक, फजुल खर्च, अत्याधिक मधपान, जुवातास र झैझगडा नगरौं। सामाजिक सदभाव, आर्थिक बचत र स्वास्थ्यको भने ख्याल राख्ने गरौं।
त्यसैगरी चाडवाडमा धेरै पशुपन्छीको हत्या हुन्छ। नेपाल भारतमा यो अझै कायमै छ। पशु अधिकारका हिसावले पनि यो ठिक छैन। मेरो विचारमा सँस्कृति र धर्मको नाममा आफ्नो स्वार्थ पूरा गर्नका लागि पशुवली वा प्राणी हत्या गर्नु गलत हो। सबै प्राणीलाई बाँच्ने उत्तिकै अधिकार छ। यदि हामी संँसारका सृष्टिकर्ता भगवानमा विश्वास गर्छौं भने तिनै भगवानका सन्तान हामी हौं। आफना सन्तान मारिएको कुन भगवानले हेर्न सक्छन् त? आफुलाई कसैले दण्ड वा कस्ट दिदाँ जस्तो अनुभूति हुन्छ, अन्य पशुपन्छीलाई पनि त्यस्तै सम्झनुपर्छ। मानिसहरुको खानाको एक प्रमुख श्रोत पनि बोटविरुवापछि पशुपन्छी नै हो। तर कसैको धर्म, सँस्कारका लागि प्राणी हिँसा निन्दनिय छ। दूर्भाग्य अहिलेको कानून र संविधानले पशुवली बर्जित गर्दैन।
अमेरिकामा पनि जथाभावी पशु हत्या गर्न पाइँदैन। तर वर्षको एक पटक शिकार गर्ने मौसममा तोकेको ठाउँमा शिकार गर्न, जङ्गली जनावर मृग आदि मार्न पाइन्छ भने मासुको प्रयोजनको लागि पालिएका गाई/गोरु समेत अन्य पन्छी र जनावरहरूलाई पनि सरकारले तोकेको निश्चित स्थानमा मात्र बध गर्न पाइन्छ। यो कुरा अन्य थुप्रै देशहरुमा पनि लागू हुन्छ।
अमेरिकामा पनि जथाभावी पशु हत्या गर्न पाइँदैन। तर वर्षको एक पटक शिकार गर्ने मौसममा तोकेको ठाउँमा शिकार गर्न, जङ्गली जनावर मृग आदि मार्न पाइन्छ भने मासुको प्रयोजनको लागि पालिएका गाई/गोरु समेत अन्य पन्छी र जनावरहरूलाई पनि सरकारले तोकेको निश्चित स्थानमा मात्र बध गर्न पाइन्छ। यो कुरा अन्य थुप्रै देशहरुमा पनि लागू हुन्छ।
अर्को कुरा चाडवाडमा मदिरा विक्री र खपत ४/५ गुणा बढ्ने गरेको तथ्याँक छ। सवारी दूर्घटना बढ्न सक्ने कुरा पनि पक्का हो। तसर्थ सतर्क, सँयम र सुरक्षित भएर पर्व मनाउनुपर्छ । मैले त पहिले नै यो चाडवाडको मौसममा सकेसम्म मधपान र चिसो पेयपदार्थ कोसेलीका रुपमा नलैजाउँ, वैकल्पिक उपहार खोजौं जस्तै फलफल, तरकारी, अन्नपात, मास्क आदि भनेर लेखेको थिएँ। आफ्नो र आफन्तको स्वास्थ्यको साथै पैसाको पनि वचत गरौं। स्वास्थ्य नै धन हो भन्ने कुरा मनन गरौं।
सात दशक काटेका हाम्रा आमा बा अझै पनि आफ्नो काम गर्नुहुन्छ। १७ जना नाती नातिनीका धनी उहाँहरु कुनै औषधि खानुहुन्न। पूर्खाको नासो र थातथलो छाड्न नसकेर अझै पनि उहाँहरु पहाडमै बस्नुहुन्छ। तर हामी सबै सन्तान भने अन्यत्रै छौं। कोरोनाकालमा यति ठूलो पाविारिक जमघट भएको थिएन, त्यो गर्न पनि भएन। अन्ततः यसपालीको भेटघाट र देशदर्शन सकाएर हामी फेरि काठमाण्डौं खाल्डो फर्कियौं नत्र कात्तिके बेमौसमी झरीले अलपत्र पार्नेरहेछ।
यसवर्षको चाडवाडको मौकामा २५ वर्षपछिको भेटघाट र देशदर्शन महत्वपूर्ण रहयो। यस क्रममा १८ जिल्ला पार गर्दै करिव ११०० किमी दूरी तय गरिएछ। सात दिनको यात्रापछि संघीय राजधानी आउँदा चिसो निकै बढेको अनुभव भयो। जे होस् जीवन अविरल यात्रा रहेछ। तर अझै पनि हामीहरुको गन्तब्य अनिश्चित नै छ। भोलि को कहाँ पुग्छ थाहा छैन। मानिसको जीवनको अन्तिम सत्य भनेको मृत्यु मात्र हो । त्यसैले आज नै हाँसी खुशी बाँचौ, सबैलाई आदर सम्मान र माया गरौं। सचेत मन र स्वइच्छाले मन परेको चाडवाड मानौ, रुचीको कुरा खाऔं। तर अरुको चाड जवरजस्ती नमानौं। बाध्यता वा भूलबस मान्न थालेकाहरुले भने परित्याग गरौं।