तामाङ र नेपाल भाषालाई सरकारी कामकाज बनाउने भाषा विधेयक पारित, काठमाडौँमा र्याली सहित स्वागत

Admin
Admin२९ असोज २०८०, सोमवार
तामाङ र नेपाल भाषालाई सरकारी कामकाज बनाउने भाषा विधेयक पारित, काठमाडौँमा र्याली सहित स्वागत

बागमति प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक प्रदेश सभाबाट पारित गरे पछि यी दुबै भाषाका बक्ताहरुले विभिन्न स्थानमा दिप प्रज्वलन गरी खुशी मनाइ रहेका छन् । 

यसैसाता काठमाडौँमा नेवार समुदायका संघसंस्थाहरुले बागमति प्रदेशको निर्णयको स्वागत गर्दै  दिप प्रज्वलन गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।  राजधानीको  हाँडीगाउँ भिम्सेनथानबाट नेवारी बाजा सहित ¥यालि  गरेर गहना पोखरीमा दिप प्रज्वालन गरि यो निर्णयको नेपाल भाषीहरुले स्वागत गरेका थिए ।  

दिप प्रज्वलन कार्यक्रम नेवाः देय् दबु महानगर समिति दथुलागा अन्र्तगत सम्पदा संरक्षित क्षेत्र हाँडी गाँउमा काठमाडौँ महानगरपालिका वडा १, ५, ११, २९ र ३०ले आयोजना गरेको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रजापती, काठमाडौ महानगरपालिका वडानम्बर ५ का  वडा अध्यक्ष विरेन्द्र प्रजापती, वडा ३० का अध्यक्ष दल बहादुर कार्की, नेवा देय दवु जिल्लाका अध्यक्ष धन बहादुर तिमिला, नेवा देय दबु सोनिग प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, नेवा देय् दवु महानगर अध्यक्ष सोभा डंगोल बज्राचार्य, दथुलागा तथा महानगरका उपाध्यक्ष शैलेश डंगोल र महानगर वडा नम्बर १, ५, ११, २९ र ३० का नेवा देय दवुका वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । 

यसै गरी तामाङ समुदायले पनि तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक प्रदेश सभाबाट पारित भएकोमा स्वागत गर्दै विभिन्न कार्यक्रम गरिरहेका छन् । 
बागमति प्रदेश सभाको बैठकले यसै साता भाषा विधेयक पारित गरेको थियो । यो बिधेयक लालमोहर लाग्न बाँकी नै छ । विधेयकमा लालमोहर लागेको १८० दिन पछि यो बिधेयक लागू हुने व्यबस्था गरिएको छ । 

 

प्रतिक्रिया