आदिबासी जनजाति चलचित्र महासंघको चौथो महाधिबेशन भाद्र १८ गते शनिबार हुने भएको छ । आदिबासी जनजाति चलचित्रकर्मी हरुको छाता साझा संगठन २०६६ सालमा स्थापिना भएको थियो । चलचित्र बिकास बोर्डको सभाहल चाबहिल काठमाडौं मा सम्पन्न हुन लागेको महाधिबेशनको उद्घाटन सुचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्की ले गर्नेछन् । उद्घाटन समारोहमा नेपाल आदिबासी जनजाति महासंघ का अध्यक्ष नागेन्द्र कुमाल, आदिबासी तथा चलचित्र क्षेत्रका सांसद, आदिबासी जनजाति नेता, चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राई चलचित्र जन्य संस्थाहरु, आदिबासी अभियन्ताहरु, देशभर बाट आदिबासी चलचित्रकर्मी हरुको सहभागीता रहने छ । २०४४ सालमा नेबारी भाषाको सिलु चलचित्र बाट निमार्ण सुरु भएको आदिबासी चलचित्र हाल सम्म आउदा बिभिन्न जाति समुदायका झण्डै ५५० भन्दा बढी चलचित्र निमार्ण भई सकेको छ ।
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
- २६ कार्तिक २०८१, सोमवारइन्डिजिनियस भ्वाईस
कार्ययोजना सहित बिषयगत विज्ञ समिति बनाउँदै अन्तराष्ट्रिय तामाङ भेला सकियो
- २३ कार्तिक २०८१, शुक्रवारइन्डिजिनियस भ्वाईस
प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न आदिवासी जनजाति महासंघको माँग
धेरै पढिएको
- १८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङ
लिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
- २९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङ
लप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप