सोलुमा लाखे जात्रा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ साउन २०७३, बुधवार
सोलुमा लाखे जात्रा

इण्डिजिनिअसभोइस समाचारदाता ।

सोलुखुम्बु । नेवार समुदायको विशेष चाड हो लाखे जात्रा । नेवार गुठि समाज दोर्पु र योङ स्टार क्लव सोलुखुम्बुको संयुक्त आयोजनामा बुधबार देखि लाखे जात्रा शुरु भएको छ । घण्टाकर्ण अर्थात गठेमंगल देखी शुरु हुने लाखे नाच कृष्णअष्टिमी सम्म नाच्ने प्रचलन रहेको छ । जात्राभरि गाई जात्रा, रोपाई जात्रा लगायतका विभिन्न नेवारी संस्कृतिको प्रदर्शन गरिन्छ । खासगरी सोलखुम्बुमा सदरमुकाम सल्लेरीको दोर्पु बजारका नेवारी समुदायले लाखे जात्रा प्रदर्शन गर्दै आएका छन् । आफ्नो संस्कृति र परम्परा लोप हुन नदिनका लागि लाखे जात्रा हरेक बर्ष प्रर्दशन गर्दै आएको यहाँका समुदायले बताउँछन् । लाखे नाच जात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गरिन्छ ।

प्रतिक्रिया