उपत्यकामा जितिया पर्व मनाउँने थारु महिलाको तयारी

Admin
Admin१७ असोज २०८०, बुधवार
उपत्यकामा जितिया पर्व मनाउँने थारु महिलाको तयारी

आदिवासी थारु महिलाहरुले राष्ट्रिय पर्व जितिया हर्षोल्लासका साथ काठमाडौ उपत्यकामा पनि मनाउने तयारी गरेका छन् । पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने थारुहरुले हरेक वर्ष मनाइने यो पर्ब काठमाडौ उपत्यकामा पनि मनाउने तयारी गरिएको हो ।

थारु महिला सभा उपत्यका कार्यसमितिको आयोजनामा भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा संस्कृतिक महोत्सव सहित शुभकामना कार्यक्रमको आयोजना गर्ने  यसैसाता एक पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिईएको छ ।

थारु महिला सभा उपत्यका कायसमितिका अध्यक्ष ललिता कुमारी चौधरीले पत्रकार सम्मेलनमा थारु जितिया पर्वलाई अन्तराष्ट्रियस्तरमा चिनाउने गरी काठमाडौमा महोत् सवका रुपमा मनाउने बताउनु भयो ।

जितिया पर्व विशेषगरि पूर्वी तराईका झापा, सिराहा, सप्तरी लगायत पश्चिमको नवलपरासिसम्म मनाउने गरिन्छ । थारु महिलाहरुले जितिया पर्वमा आफ्नो छोराछोरी र पतिको सुस्वास्थ्य र उन्नतीको लागि व्रत बस्ने चलन छ ।

पत्रकार सम्मेलनमा बताइए अनुसार आगामी असोज २० गते  नेपाल पर्यटन बोर्डको सभा हल भृकुटीमण्डपमा संघ संस्थाका प्रतिनिधि तथा व्यक्तिहरू महिला, पुरुष, कालाकारहरु समेतको नाचगान कला प्रदर्शनीकासाथ सो पर्ब मनाइने छ ।

 

 

प्रतिक्रिया