जलवायु कार्यमा सिन्धुपाल्चोक र काभ्रेका आदिवासी महिलाको पौरख, निरन्त्रतामा चुनौति 

दशीराम थारु
दशीराम थारु१७ असोज २०८३, शनिवार
जलवायु कार्यमा सिन्धुपाल्चोक र काभ्रेका आदिवासी महिलाको पौरख, निरन्त्रतामा चुनौति 

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने, कृषि बालीमा क्षति हुने र घरपालुवा पशुमा रोग फैलिने समस्या खेपीरहेका  सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका आदिवासी महिलाहरू स्थानीय जलवायु अनुकूलन तथा उत्थानशीलताका कार्यमा सक्रिय बनेर नतिजामूखि परिणाम देखाउन सफल भएका छन् । 
आदिवासी महिलाहरूको नेतृत्वमा खानेपानी तथा सिँचाइ व्यवस्थापन, कृषि प्रविधिमा सुधार, गोरेटो बाटो निर्माण तथा मर्मत, गरा सुधार, पहिरो नियन्त्रणका लागि वृक्षरोपण र हरियाली प्रवद्र्धनलगायतका काम भएको र यो पहलबाट स्थानीय समुदाय लाभान्वित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । 

तामाङ महिलामाथि विगतमा बेचबिखनको स्रोतका रूपमा आरोप लाग्ने गर्दथ्यो । अहिले जलवायु कार्यमा महिलाहरूले देखाएको नेतृत्वले त्यस्तो आरोपको आफैँ खण्डन गरेको छ


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष शोभना तामाङले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा आदिवासी महिलाहरूले परिणाममुखी काम गरिरहेको बताउनु भयो । 
“महिलाहरूले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणजस्ता गम्भीर काम गर्न सक्छन् भनेर अरूले विश्वास नगरेको अवस्थामा पनि आदिवासी महिलाहरूले परिणाममुखी काम गरेका छन्,” उहाँले भन्नु भयो  “वडा र टोलमा खानेपानी, सिँचाइदेखि कृषि बालीमा नवीन प्रविधिको विकाससम्म महिला समूहको योगदान देखिएको छ ।”

सलासन नेपाल र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) लगायत विभिन्न संस्थाको साझेदारीमा सञ्चालित जिल्लास्तरीय सञ्जाल गोष्ठीमा उपाध्यक्ष तामाङले यस्तो धारणा राख्नु भएको हो । 
निफको साझेदारीमा सञ्चालित आदिवासी जनजाति महिलाहरूको जलवायु नेतृत्व कार्य परियोजना सिन्धुपाल्चोकका बलेफी र इन्द्रावती तथा काभ्रेपलान्चोकका भूम्लु र चौरीदेउराली गाउँपालिकामा सञ्चालन भइरहेको छ । 
परियोजनाअन्तर्गत २५ वटा समूहमा ९१३ जना आदिवासी महिला प्रत्यक्ष रूपमा संलग्न रहेको र ९३२ घरपरिवार लाभान्वित भएको कार्यक्रम संयोजक ऐश्वर्य व्याञ्जुले जानकारी दिनु भयो । 
उहाकाअनुसार आदिवासी महिलाहरूले जलवायु समूह गठन गरी सिँचाइ तथा खानेपानी व्यवस्थापन, गाउँका गोरेटो बाटो सुधार, गरा सुधार, पहिरो नियन्त्रणका लागि वृक्षरोपण र हरियाली प्रवद्र्धनलगायतका काम गरेका छन् । 

महिलाहरूले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणजस्ता गम्भीर काम गर्न सक्छन् भनेर अरूले विश्वास नगरेको अवस्थामा पनि आदिवासी महिलाहरूले परिणाममुखी काम गरेका छन्,” उहाँले भन्नु भयो  “वडा र टोलमा खानेपानी, सिँचाइदेखि कृषि बालीमा नवीन प्रविधिको विकाससम्म महिला समूहको योगदान देखिएको छ ।”

 


सलासन नेपालकी परियोजना प्रबन्धक कान्ता सिंहले आदिवासी महिला समूहमा लैङ्गिक समानता, महिला सशक्तीकरण र स्थानीय जलवायु उत्थानशीलताका लागि नेतृत्व विकाससम्बन्धी चेतना बढेको बताउनु भयो । 
निफका अध्यक्ष सुनि लामाले आदिवासी महिलाहरूको जलवायु नेतृत्वले तामाङ महिलाप्रतिको परम्परागत नकारात्मक धारणालाई समेत चुनौती दिएको बताउनु भयो । 
“तामाङ महिलामाथि विगतमा बेचबिखनको स्रोतका रूपमा आरोप लाग्ने गर्दथ्यो । अहिले जलवायु कार्यमा महिलाहरूले देखाएको नेतृत्वले त्यस्तो आरोपको आफैँ खण्डन गरेको छ,” लामाले भन्नु भयो । 
उहाँले जलवायु परिवर्तनको सामना गर्न नीति परिवर्तन आवश्यक रहेको बताउँदै सिन्धुपाल्चोक र काभ्रेका तामाङ महिलाहरूले स्थानीय तहबाटै त्यसको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नू भयो । 
 

प्रतिक्रिया