प्रत्येक वर्ष मनाइने अन्तराष्ट्रिय मातृभाषा दिवस एक औपचारिक कार्यक्रम गरी देशका दुई संस्थाले आयोजना गरेका थिए । तर मातृभाषा दिवशलाई जुन महत्व दिएर कार्यक्रम आयोजना गरिएको हो, त्यो भने आयोजकहरुले दिन सकेका थिएनन् । देशको सबै भन्दा उच्च तहको प्राज्ञिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा कविता महोत्सव र आदिवासी जनजातिको हितका लागि खुलेको आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आयोजना गरेको कविता बाचन कार्यक्रम भाषिक उन्नयन तथा भाषाको विकासका लागि भन्दा पनि बजेट सक्न औपचारिकता दिएको मात्र प्रतीत हुन्छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष फेब्रुअरी २१ मा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइने गरिन्छ । बंगलादेशमा भएको सन १९५२ को भाषिक अन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झानामा यो दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्र संघले सन् २०२२–३२ लाई आदिवासीको मातृभाषा दशकको घोषणा गरेको छ ।
यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना गरेको थियो भने आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रष्ठिानले मातृभाषा राष्ट्रिय पुरस्कार प्रदान एवंम् कविता वाचन कार्यक्रम राखेको थियो ।
प्रत्येक वर्ष मातृभाषा कविता महोत्सव आयोजना गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसपटक पनि सो परम्परालाई निरन्तरता दिएको थियो ।
कार्यक्रममा नेपालका आदिवासीहरुको मात्रृभाषाहरुका अतिरिक्त मैथिली, भोजपुरी, डोटेली, हुम्ली भाषाका कविता बाचन गरिएको थियो । मातृभाषी कविहरुले नेवारी बान्तावा, चाम्लिङ, नाछिरिङ, कुलुङ, लिम्बु, बाम्बुले,,कोइच सुनुवार, हायु, थामी, थकाली, दुरा, शेर्पा तथा ,तामाङ भाषामा कविता बाचन गरेका थिए ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष फेब्रुअरी २१ मा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइने गरिन्छ । बंगलादेशमा भएको सन १९५२ को भाषिक अन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झानामा यो दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्र संघले सन् २०२२–३२ लाई आदिवासीको मातृभाषा दशकको घोषणा गरेको छ ।
मातृभाषामा कविता बाचन गर्नेहरुले मूलतः मातृभाषा माथि भइरहेको दमन, अत्याचार तथा विभेद विरुद्धको आवाजलाई मुखरित गरेका थिए ।
आदिवासी मातृभाषी कविहरुले कविता मार्फत संस्कृति संरक्षणका कुरा, आफनो परम्परागत भूमि, भूभाग, तथा भूक्षेत्रको जगेर्ना ,प्रकृतिसगको नातालाई कविता मार्फत उजागर गर्ने प्रयास गरेका थिए ।
उनीहरुले आदिवासी समाजलाई चेतना र जागरणको संखघोष गर्दै अन्याय बिरुद्ध बिद्रोह गर्न र आफनो परम्परा तथा संस्कृतिलाई पुनर्जागरण गर्न आह्वान गरेका थिए ।
सुनसरी निवासी उरावँ भाषाका कवि कुमारी शरणाको आह्रवान यस्तै छ –
जगावआ पद्दा गहि आलरिन
उठाबआ राजी गहि आलारिन
आदिवासीहिर संरक्षण अउर विकास खतरी
होआ गे नम्हय गहि हक अउर अधिकार खतरी
चोआ दादा चोआ बबु
आदिवासीर आदिमकाल ति बसरका आलर
रई नम्हय भाखा धर्म अउर संस्कृति
रई नम्हय रितिरिवाज अउर परम्परा
रई अपनेम भेसभुसा अउर पहिरन
इदिन उज्ताकी उइना रई
होले राष्ट्र गहि रओ नम्हय पहिचान
(उठ बुवा, उठ काका
जगाउनुस झकझकाउनुस गाँउ टोलका मानिसलाई
उठाउनुस देशका मानिसलाई
आदिवासीहरुको संरक्षण र विकासको लागि
लिन आफ्नो हक अधिकार लागि
उठ दाई उठ भाई
आदिवासीहरु हुन आदिमकालका देखि बसोबास गरेका मानिस
छन् आफ्नै भाषा, धर्म र संस्कृति
छन् आफ्नै रितिरिवाज र परम्परा
छन् आफ्नै बेशभुषा र जातिय पहिरन
यसलाई जिउँदो राख्नु छ
अनि मात्र रहन्छ राष्ट्रमा हाम्रो पहिचान)
आदिवासी जनजातिहरु प्रकृतिमा निर्भर जीवन बाँचेका हुन्छन् । उनीहरुको प्रकृतिसगंको अन्तरसम्बन्ध विशेष प्रकारको हुन्छ । प्रकृतिको दोहन र उपनिवेशकारी राज्यसत्ता प्रति उनीहरुको आक्रोश पनि भेटिन्छ ।
आदिवासीको भूमि र भूभाग र त्यहाँ अभ्यास भईरहेको स्वायत्त स्वशासन खोसिएकोमा चिन्ता छ । लमजुङमा आफनो थातथलो भएका दुरा मातृभाषी कवि सीतादेवी दुरा कवितामा यस्तो बिचार व्यक्त गर्छिन् ।
लुङ् लुङ् जे होङ् भा हाइँ नि डास्लिजे ङोपो पो
नाम्का तिरिसा दु हिजा तिरिसा जे ह्यापा हाडिपि पो
माउँदो माउँदो बिन्था ग्ले ठ्यापिपोजु पो
हाइँ माउँदो च्यापि होङ्तुरान् फि होङ् तान्यापिपोजु पो ।
डाँडा डाँडामा लालीगुराँस उसको काखमा बुकीफूल छ
एक रुखबाट अर्को रुखमा डाँफे उडेको छ
माथि माथि सेतो हिमाल हाँसेको छ
उसमाथि उदाउँदो सूर्यले लाली चम्काएको छ ।)
कविहरु जहिले पनि समाजका चेतनाका अगुवा हुन् । यसरी मातृभाषी कविता महोत्सव मार्फत कविहरुले व्यक्त गरेको भावना र बिचारले अहिलेको आदिवासी समाजमा उकुसमुकस र उत्पीडनको व्यथा झल्किन्छ ।
कुनै पनि कविता महोत्सव पछि कविताका स्वरहरु माथि गम्भीर समीक्षा हुन पर्नेमा त्यस्तो भने गरिएको थिएन । कार्यक्रम एयटा औपचारिक संगोष्ठिका रुपमा मात्र सीमित हुनुलाई कार्यक्रम सफल भएको मानिन्न ।
अन्तराष्टिय मातृभाषा दशक मनाइरहँदा मातृभाषा कवि गोष्ठी एक प्रकारले झारो टार्ने मेलेमा नै सिमित थियो । आगामी दिनमा मातृभाषा कविता महोत्सव उक उत्सव र समय चेतको प्रत्यक्ष साक्र्षका रुपमा आयोजकहरुले विशेष महत्व दिनु पर्ने देखिन्छ ।