‘गलबन्दी चिनो’ म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेका गलबन्दी चिनो गीतको म्युजिक भिडियो आज बिहिबार सार्वजनिक भएको हो ।
गीतको शब्द गायिका पाल्मु शेर्पा लेख्नुभएको छ भने संगित प्रकाश लामाको रहेको छ । यसैगरि सो गीतको म्युजिक भिडियोमा मोडलको रुपमा दावा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा रहनुभएको छ ।
गायिका पाल्मु शेर्पाले यसअघि बजारमा दर्जनौ गीत र म्युजिक भिडियो ल्याईसकेकी छिन । शेर्पाको पहिलो गीत दार ठेकिको, नच्देउ मैच्याङ रिमिक्स भर्जन सम्बोजित बास्कोटसङ्ग, दरो धर्म सत्या बोलको गीत सिडि बिजय आधिकारिसंग, त्यसैगरि हिमाल कि छोरी, माकलु शेर्पा गाउँ, लसे दौँतरी, मोहित पर्ने बोलको गीत अस्मान लोप्चनसंग, ल्होसर टाशिदेलेक र त्यो माथी डाडैमा सिरिरी हावा चल्यो लगायत शेर्पा तथा नेपाली भाषामा गाएका गीतहरु आईसिकेका छन ।
यसैगरि गायक आङ छिरी शेर्पाको यसअघि पहिलो गीतको रुपमा के सारो मत्तिएको गीत गाउनुभएको थियो भने आधा मन तिमी संग अङ्गला छिरी शेर्पा र प्रवीषा अधिकारीको आवाजमा रहेको छ भने घिन घिन मादल मिलन नेवारसँग मिलेर गाउनुभएको छ । त्यस्तै गरी गल्बन्धी चिनो पाल्मु शेर्पासँग हालै रिलिज भएको छ । अङ्ला छिरी शेर्पा कलाकार संघ को संरक्षक हुनुहुन्छ ।