किरात राई यायोक्खाको ११ औं महाधिवेशन असोजमा हुने

तेज किराती (नाछिरिङ राई)
तेज किराती (नाछिरिङ राई)१५ भदौ २०७९, बुधवार
किरात राई यायोक्खाको ११ औं महाधिवेशन असोजमा हुने

किरात समुदायको सामाजिक संस्था किरात राई यायोक्खा (किराया)को ११औं महाधिवेशन आगामी असोज ८, ९ र १० गते सङ्घीय राजधानी काठमाडौँमा हुने भएको छ ।  

‘किरात सभ्यता, इतिहास, भूगोल र संस्कृतिको सम्मान, हाम्रो सङ्कल्प,  १ नम्बर प्रदेश किरात प्रदेश नामाकरण नै प्रदेशवासीको अन्तिम विकल्प’ भन्ने मूल नाराका साथमा सम्पन्न हुन गइरहेको महाधिवेशनको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले गर्नुहुने कार्यक्रम तय भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र काठमार्डाको राष्ट्रिय सभागृहमा र  बन्द सत्र भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको सभाहलमा हुने किराया ११औं महाधिवेशन मूल आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

किराया कार्यलय कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा किराया अध्यक्ष एवम महाधिवेशन मूल आयोजक समितिका संयोजक दिवस राईले कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति तथा झाँकी समेत प्रस्तुत हुने हुनेछ भने आर्थिक एवमं सांगठनिक प्रतिवेदन प्रस्तुत हुनुका साथै प्राज्ञिक बहससमेत हुने जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राईले संस्कृति एवम सभ्यता कुनै जातिविशेषको नहुने बताउदै किरात कुनै जात जाति नभइ एउटा सिङ्गो सभ्यता भएको बताउनु भयो ।
 उहाँले १ नम्बर प्रदेशको नाम किरात प्रदेशलाई गैरकिरातहरूले पनि सहर्षरूपमा स्वीकार्नुपर्ने बताउनु भयो ।

 

 

प्रतिक्रिया