भोट पाउन नाङ्लेभारेका मतदाताको नयाँ शर्त 

तेज किराती (नाछिरिङ राई)
तेज किराती (नाछिरिङ राई)२१ कार्तिक २०७९, सोमवार
 भोट पाउन नाङ्लेभारेका मतदाताको नयाँ शर्त 

आगामी मंसीर ४ गते हुने निर्वाचनमा लागि काठमाडौ शंखरापुर नगरपालिका वडानम्बर १, २ र ३का नाङलेभारे र लप्सीफेदीका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरुलाई नयाँ शर्त राखेका छन् । 

उनीहरुले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) बाट प्रस्ताव गरिएको ३१५ किलोमिटर लामो ४०० केभीको विद्युत प्रसारण लाइनको  परियोजना मार्ग परिबर्तन गर्नू पर्ने शर्तलाई अगाडि सारेका छन् । 

‘जुन राजनीतिक दलले हाम्रो समस्या बुझने कोशिष गर्दछ, त्यही दललाई हामी समर्थन गर्छौ ।’ स्थानीय विनोद लामिछानेले भन्नु भयो, –‘एमसीए नेपालले यहाँ सुरुवात गरेको विद्युत प्रसारण लाइन बिरुद्धको आन्दोलन सुरुवात भएको तीन बर्षबितिसकेको छ। । तर हाम्रो आन्दोलनलाई कुनै पनि दलले सोधखोज गर्न आएका छैनन् ।’

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट बन्न लागेको विद्युत प्रसारण लाइनले त्यस क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित हुने संभावना भएकाले यस्तो शर्त राखेको स्थानीयबासिन्दाले बताएका छन् । 

‘जुन राजनीतिक दलले हाम्रो समस्या बुझने कोशिष गर्दछ, त्यही दललाई हामी समर्थन गर्छौ ।’ स्थानीय विनोद लामिछानेले भन्नु भयो, –‘एमसीए नेपालले यहाँ सुरुवात गरेको विद्युत प्रसारण लाइन बिरुद्धको आन्दोलन सुरुवात भएको तीन बर्षबितिसकेको छ। । तर हाम्रो आन्दोलनलाई कुनै पनि दलले सोधखोज गर्न आएका छैनन् ।’

वातावरणीय प्रभाव मूल्याँकन प्रतिबेदनमा उल्लेख भए अनुसार राष्टिय गौरवको विद्युत प्रसारण लाइनको सो परियोजनाबाट परियोजना प्रभावित क्षेत्रका १८७ घर परिवार विस्थापित हुने छन् । यस मध्ये ३७ घरधुरी नुवाकोटको रातमाटे क्षेत्रमा र बाँकी १५० घरधुरी प्रसारण लाइनको भोगाधिकार क्षेत्रका हुने छन् । 

एशीयाली विकास बैकको ऋण सहयोगमा शंखरापुरको वडानम्बर ३ लप्सीफेदीमा बिद्युत प्रसारण लाइनको सवस्टेशन बनाउने योजना सहित त्यहाँको जग्गा अधिग्रहण गरिएको छ । तर त्यहाँका स्थानीयबासीको वि।ोधका कारण निर्माण कार्य अवरुद्ध छ । 

‘हामी त्यसै पनि सुकुम्बासी हौ, भएको एक रोपनी जमिन पनि एमसीएले लगे पछि हामी कसरी बाच्ने ?’ गायत्री खनालले प्रश्न गर्दे भन्नु भयो, –‘हामी दुखी गरिवलाई नै बसाइ हिडाउने यस्तो परियोजना बिरुद्ध दलका नेताहरु मिलेका होलान् । त्यसैले यो कुरामा उनीहरु बोलेका छैनन् ।’

यो प्रसारण लाइन काठमाडौँको शंखरापुर नगरपालिकाको लप्सीफेदिबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हुँदै नुवाकोटको शिवपुरी, पन्चकन्या, लिखु र तार्केश्वरबाट बेलकोटगढी नगरपालिकाको रातामाटेको सवस्टेशनमा जोड्ने योजना छ । तर स्थानीयबासीहरु भने निजी भूमिबाट प्रसारण लाइन लैजान नदिने अडानमा छन् । 

उनीहरु प्रसारण लाइनका कारण आफूहरु उठीबास लाग्ने त्रासका बीचबसेका छन् । आयोजनाको प्रसारण लाइनका कारण सिर्जना हुने विद्युतीय र चुम्बकीय फिल्डका कारण स्वास्थ्यमा पर्ने जोखिम धेरैको चिन्ताको छ । 

नाङ्ले बजारकी गायत्री खनालको बुझाइमा प्रसारण लाइनका कारण स्वास्थ्यमा गम्भीर असर पर्दछ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय र चुम्बकीय फिल्डका कारण जनस्वास्थ्यमा कुनै असर नपर्ने बताइरहँदा पनि उनीहरु यसबाट विश्वस्त हुन सकेका छैनन् । 

‘हामी त्यसै पनि सुकुम्बासी हौ, भएको एक रोपनी जमिन पनि एमसीएले लगे पछि हामी कसरी बाच्ने ?’ गायत्री खनालले प्रश्न गर्दे भन्नु भयो, –‘हामी दुखी गरिवलाई नै बसाइ हिडाउने यस्तो परियोजना बिरुद्ध दलका नेताहरु मिलेका होलान् । त्यसैले यो कुरामा उनीहरु बोलेका छैनन् ।’

स्थानीय बासिन्दा कल बहादुर तामाङको पनि गायत्री खनालकै जस्तो आशंका छ ।  एआइए रिपोर्टमा नै भोगाधिकार क्षेत्रको स्वास्थ्य जोखिमका बारे उल्लेख भएको बताउँदै तामाङले थप्नु भयो –‘खेती, घाँस दाउरा गर्दा, गाइबस्तु चरणमा लैजादा वा मानिस आवतजावत गर्दा पर्न सक्ने संभावित स्वास्थ्य जोखिम र निर्माणकार्यका क्रममा उत्पन्न हुने धुँवा, धुलो तथा सवारी साधानको चाँप, सरुवा रोगको संक्रमण समुदायमको संभावित स्वास्थ्य जोखिमका क्षेत्रहरु हुन् ।’

प्रभावित क्षेत्रमा ११२ वटा समुदायिक बन, आठ वटा कबुलियतबनका २० हजार ६१७ बन उपभोक्ताहरु प्रभावित हुने छन् ।प्रभावित क्षेत्रका संकटापन्न सूचिमा रहेका बन्यजन्तुहरु, पक्षीहरुमा गिद्ध चिल, मलेवा  र सारस आदि जोखिममा पर्ने छन् ।

स्थानीय बासिन्दाहरुले परियोजनाको तहबाट कुनै पनि प्रकारको सूचना तथा जानकारी नपाएको बताउँदै  स्वतन्त्र, अग्रिम जानकारी सहितको मन्जुरी (एफपीक) लिनु पर्ने बताउँदै  आएका छन् । 
प्रसारण लाइनको भोगाधिकार क्षेत्रकानिजी कृषि भूमि, सामुदायिक बन र कबुलियत बनका १ लाख ७३ हजार १८३ वटा रुख काट्नु पर्ने प्रतिबेदनमा उल्लेख छ । यसबाट स्थानीयको वातावरणमा गम्भीर असर पर्नै स्थानीइबासीको भिमत छ 

प्रभावित क्षेत्रमा ११२ वटा समुदायिक बन, आठ वटा कबुलियतबनका २० हजार ६१७ बन उपभोक्ताहरु प्रभावित हुने छन् ।प्रभावित क्षेत्रका संकटापन्न सूचिमा रहेका बन्यजन्तुहरु, पक्षीहरुमा गिद्ध चिल, मलेवा  र सारस आदि जोखिममा पर्ने छन् ।

यो आयोजनाबाट आदिवासी जनजातिहरु र त्यसमा पनि सिमान्तकृत र अति सिमान्तकृत समुदायका आदिवासी जनजाति र दलित समुदायलाई उच्च जोखिम सिर्जना गर्ने अवस्था छ । रमाइलो त यो छ कि आयोजना प्रभावित क्षेत्र आदिवासी तामाङ समुदाय बहुल क्षेत्रमा मात्र परेको छ । 

शंखरापुर नगरपालिका वडानम्र २का वडा अध्यक्ष रन बहादुर तामाङ यसरी तामाङ बहुल क्षेत्रमा नै विकासका नाममा विस्थापित गर्ने गरि धमाधम कार्यक्रम ल्याइनुलाई योजनाबद्ध जाति हत्या (जेनोसाइड) को उपमा दिनु हुन्छ । ‘तामाङहरु यसोझा र सिधा भएको कारण यस्तो कार्यको विरोध गर्न नसक्ने भन्दै जानजान तामाङ जाति बिरुद्धको  योजना हो ।‘ उहाँले भन्नु भयो ।  

प्रतिक्रिया