जेन्जी आन्दोलनलाई टिकापुरमा भएको थारु बिद्रोहलाई जस्तै अपराधीकरण गर्न खोजिएको आरोप

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ कार्तिक २०८२, आइतवार
जेन्जी आन्दोलनलाई टिकापुरमा भएको थारु बिद्रोहलाई जस्तै अपराधीकरण गर्न खोजिएको आरोप

भदौ २३ र २४मा भएको जेन्जी आन्दोलनलाई टिकापुरमा भएको थारु विद्रोहलाई जस्तै राज्यले अपराधिकरण गरिरहेकोमाराजनीीतक विश्लेषक तथा जेन्जी अगुवाहरुले चिन्ता व्यक्त गर्नू भएको छ । 

थारु नागरिक अभियानले राजधानीमा आयोजना गरेको ‘थारु र परिर्वतनको राजनीति’,  नयाँ दृष्टिकोणको खोजी विषयक संबाद कार्यक्रममा सहभागी हुनु भएका राजनीतिक विश्लेषकहरु तथा  जेन्जी र थारु समाजका अगुवाहरुले यस्तो चिन्ता व्यक्त गर्नू भएको हो । 

जेन्जी अगुवा रिजन राना मगरले जेन्जी आन्दोलनलाई राज्यले हिँसाको आँखाले हेरिरहेको आरोप लगाउँनु भयो । 

उहाँले राज्यतहमा भएका शासकहरुको विभेदका कारण उत्पिडित समुदाय आन्दोलित भएको  बताउनु भयो । 

आफनो भनाइ रहख्ने क्रममा उहाँले राज्यले देशको विविधतालाई समेट्न नसक्ने हो भने यसकिसिमका विद्रोह भईरहने भनाई राख्नुभयो । 

शनिबार भएको सो संबादका क्रममा संयुक्त पहिचानवादी मार्चाका संयोजक प्रा डा. महेन्द्र लावतीले पहिचानको कुरा राज्यले जातिवादी भनेर आरोप लगाउने गरेकोमा असन्तुष्ठी जनाउनु भयो ।

प्राडा लावतीले नेपाल देश एकल जाति राज्य भएका कारण यस्तो भाष्य सिर्जना भएको भन्दै सबै जातजातिलाई समेटेर बहुजातिय राष्ट्र बनाउन सकेमात्र द्धन्द्ध नहुने धाराणा राख्नुभयो । 

संवादमा वक्ताका रुपमा रहनुभएका नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले संचारमाध्यमहरुले पनि बारम्बार जेन्जी आन्दोलनलाई अपराधीकरणका रुपमा चित्रण गरेकोमा असहमति व्यक्त गर्नू भयो । 
उहाँले टिकापुरको घटनालाई स्मरण गर्नू हुँदै सदियौँ देखि थारुहरुलाई आफ्नै भुमिमा दास बनाएकाले विद्रोह गर्दा राज्यले अपराधीकरण गरेको  जोडनुभयो ।

उहाँले थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारुप्रति इंगित गर्दे चारबर्ष देखि सार्वजनिक मन्चमा थारु अगुवाहरु नदेखिनुले थारु समाजमा आएको सिथिलताको संकेत गर्ने बताउनु भयो । 

कार्यक्रमका बक्ता रहनु भएका थरुहट आन्द्योलनका अगुवा लक्षमण थारुले थारु आन्दोलनको मुख्य मुद्धाहरु पछिल्लोसमय मोलमोलाई र सम्झौतामा गएकोमा दुख व्यक्त गर्नुभयो । उहाँले जेन्जी आन्दोलन ठिक समयमा भएको पनि विश्लेषण गर्नू भयो । 

अर्का वक्ता राजनीतिक विश्लेषक डम्बर खतिवडाले आदिवासी जनजातिको आन्दोलन सांस्कृतिक संगसंगै राजनीतिक रुपमा पनि अघि वढाउन सुझाव दिनुभयो । 

उहाँले वर्तमान समयसम्म आदिवासीहरु आफुहरुलाई सांस्कृतिक समुदायको रुपमामात्र प्रस्तुत गरिरहको बताउनुहुँदै अबको बाटो राजनीतिक समुदाय बन्नु पर्ने धारणा राख्नुभयो । 

पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आन्दोलनमा भएको दमन र हत्याको सन्र्दभमा नेतृत्वतहका व्यक्तित्वहरुले स्वीकार गर्नसक्नुपर्ने र त्यसको जिम्मेवारी हुनुपर्ने बताउनुभयो । 

यसैगरि वक्ता रहनुभएका प्रशान्त सिंह, र  थारु अभियन्ता सुरेन्द्र चौधरीले पनि जेन्जी आन्दोलन वर्तमान अवाश्यकक्ता रहेको धारणा राख्नुभयो । 

सो संबाद कार्यक्रमको सहजिकरण थारु नागरिक अभियानकी संयोजक  इन्दु थारुले गर्नुभएको थियो ।  

प्रतिक्रिया