बन्यो सामुदायिक रेडियोकोलागि 'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति'

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ जेठ २०७४, सोमवार
बन्यो सामुदायिक रेडियोकोलागि 'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति'

२२ जेठ

इन्डिजिनियस भ्वाइस 

इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको समन्वयमा नेटवर्कमा आवद्ध सामुदायिक रेडियोहरुको लागि 'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति २०७४' भर्खरै बनेको छ | नेटवर्कमा आवद्ध चार सामुदायिक रेडियोहरू : रेडियो कैरन (रामेछाम); रेडियो नमोबुद्ध (काभ्रे); रेडियो लिखु (रामेछाप) र रेडियो सुम्हात्लुंग (पांचथर) को सहभागितामा काठमाडौँमा दुइदिने अन्तरक्रिया कार्यक्रममार्फत मस्यौदा तयार पारि अन्तिम रुप दिइएको हो | कार्यक्रममा सामुदायिक रेडियोको विश्व संगठन (अमार्क) एसिया प्यासिफिकका निर्देशक सुमन बस्नेतले सामुदायिक रेडियोमा महिलाको अवस्था र सामुदायिक रेडियोहरूका लागि लैंगिक नीतिको सान्दर्भिकताबारे आफ्ना प्रस्तुति दिएका थिए | कार्यक्रमको सहजिकरण; मस्यौदा लेखन र नीति निर्माण कार्यमा स्वतन्त्र अनुसन्धाता एवं नारीवादी महिला संजाल 'चौकठ'का सदस्य कैलाश राईको विशेष भूमिका रह्यो |

रेडियोहरूमा आदिवासी जनजाति महिला; सिमान्तिकृत-अल्पसंख्यक-बहिष्करणमा परेका/पारिइएका समुह एवं समुदायहरुको सहभागिता र सहज पहुँच स्थापित गर्ने प्रयत्नलाई नीतिगत आधार प्रदान गर्न यो नीति निर्माण गरिएको नेटवर्कका अध्यक्ष जगत दोंगले बताए |

इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क आदिवासी जनजाति बाहुल्य रहेका स्थानहरूमा उनीहरूद्वारा उनीहरूकै लागि संचालित सामुदायिक रेडियोहरूको संजाल हो | अहिले नेटवर्कमा देशका विभिन्न स्थानमा संचालित २१ वटा सामुदायिक रेडियोहरु आवद्ध रहेका छन् | ति रेडियोहरूमा आदिवासी जनजाति महिला; सिमान्तिकृत-अल्पसंख्यक-बहिष्करणमा परेका/पारिइएका समुह एवं समुदायहरुको सहभागिता र सहज पहुँच स्थापित गर्ने प्रयत्नलाई नीतिगत आधार प्रदान गर्न यो नीति निर्माण गरिएको नेटवर्कका अध्यक्ष जगत दोंगले बताए | नीतिको प्रस्तावनामा उल्लेख छ : "रेडियोको नीति निर्माण र कार्यक्रम उत्पादनका सबै तहमा आदिवासी जनजाति समुदायका महिला सहभागिताका लागि सहजीकरण गर्न, महिला तथा अल्पसंख्यक र सिमान्तकृत समुदायका माग र चासोलाई दैनिक समाचार र कार्यक्रमका विषयको रुपमा उठाउन, समाजका सक्रिय सदस्यका रुपमा महिला एवं सम्बन्धित समुदायको सकारात्मक चित्रणको सुनिश्चितता गर्न र संचारमा विविध समुदायका महिलाहरूको पहुँचको लागि प्राविधिक सीप र आत्मविश्वास वृद्धिमा सहयोग गर्दै रेडियोलाई लैंगिक एवं सामाजिक र सामुदायिक हिसावले समावेसी बनाउने ध्येयका साथ 'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति २०७४' कार्यन्वयनमा ल्याइएको छ |"

नीतिमा रेडियोको आन्तरिक संरचनादेखि कार्यक्रम उत्पादन, श्रोत व्यक्ति छनौटसम्मका पक्षमा महिला एवं विविध सामाजिक समुह/समुदायहरूको सहभागिता सुनिश्चित गर्ने; ति समुदायका सवाल उठानलाई प्राथमिकतामा राख्नेदेखि सुत्केरी बिदा, बिरामी बिदा, काजक्रिया बिदालगायतका कुरासमेत उल्लेख छ |  

     

प्रतिक्रिया