आदिवासी जनजाति राष्टिय पत्रकारिता पुरस्कार २०७३ बाट देवकुमार सुनुवार पुरस्कृत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ साउन २०७३, बिहिवार
आदिवासी जनजाति राष्टिय पत्रकारिता पुरस्कार २०७३ बाट देवकुमार सुनुवार पुरस्कृत

इण्डिजिनिअस भ्वाइस समाचारदाता ।

२७ साउन, काठमाडौं । आदिवासी जनजाति राष्टिय पत्रकारिता पुरस्कार २०७३ को अनलाइन विधामा इण्डिजिनिअस भ्वाइसका सञ्चालक देवकुमार सुनुवार पुरस्कृत हुनुभएको छ । उहाँले इण्डिजिनिअस भ्वाइस अनलाइन मार्पत आदिवासी जनजातिको समसामायिक मुद्दाका वारेमा निरन्तर समाचार सम्प्रेषण गरिरहनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष साउन २७ गते विश्व आदिवासी दिवसको सन्दर्भ समेत पारेर वितरण गर्ने राष्ट्रिय पत्रकारिता पुरस्कारको छापा र रेडियो विधामा क्रमशः मिरा आमात्य राजभण्डारी र बुद्ध योञ्जन तामा पुरस्कृत हुनुभएको छ । पुरस्कारका लागि ४५ जिल्ला शाखा तथा विदेश शाखा र जातिय पत्रकार संस्थावाट शिफारिशसहित प्राप्त पत्रकारहरुको विवरणानुसार फोनिजले पत्रकारहरुको नामावली छनौंट समितिलाई उपलब्ध गराइएको थियो । गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाको संयोजकत्वमा वरिष्ठ पत्रकार टिकाराम राई र फोनिजका निवर्तमान अध्यक्ष मोहनसिंह लामा सदस्य रहेको समितिले छनौंट गरी पुरस्कारका लागि शिफारिश गरेका थिए । सवै विधामा कृयाशील देशभरीका पत्रकारहरु मध्येवाट ३ जनालाई पुरस्कृत गर्न पुरस्कार छनौंट समितिले गरेको शिफारिशलाई अनुमोदन गर्दै आज नेपाल आदिवासी जनजाति पत्रकार महासंघले पुरस्कार वितरण गरेको हो ।
यही अवसरमा आदिवासी जनजाति र सञ्चार विषयक अन्तरक्रिया समेत गरिएको थियो । पुरकार वितरण समारोहमा कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष, अतिथि प्रेस काउन्सीलका अध्यक्ष, प्रेस चौतारीका अध्यक्ष, प्रेस युनियनका उपाध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्षले पनि आ आप्mनो विचार राख्नु भएको थियो ।

प्रतिक्रिया