रसुवा बाढी विपत्तिको कारणबारे नेपाल र चीनमा फरक–फरक विश्लेषण, उद्धारमा दुबै देशको जोड 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ भदौ २०८३, बिहिवार
रसुवा बाढी विपत्तिको कारणबारे नेपाल र चीनमा फरक–फरक विश्लेषण, उद्धारमा दुबै देशको जोड 

नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालसँगै चीनको तिब्बतमा ठूलो जनधनको क्षति पु¥याएको छ ।  रसुवा क्षेत्रमा आएको बाढीको प्रभाव सीमापार तिब्बतको जिरोङ क्षेत्रमा समेत परेको छ ।  घटनापछि दुवै देशले बेपत्ताको खोजी, उद्धार र थप क्षति रोक्ने प्रयासलाई तीव्र बनाएका छन् । 
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, तिब्बतको जिरोङ क्षेत्रमा आएको बाढी र पहिरोमा ठूलो क्षति भएको छ ।  सिन्ह्वाले चिनियाँ अधिकारीहरू उद्धार तथा राहत कार्यमा परिचालन भएको र प्रभावित क्षेत्रमा जोखिम व्यवस्थापन तथा निगरानी बढाइएको जनाएको छ । चिनियाँ पक्षले विशेषगरी बेपत्ता मानिसको खोजी र सम्भावित थप बाढीको जोखिम नियन्त्रणमा ध्यान दिएको समाचारमा उल्लेख छ । 

रोयर्टसको पछिल्लो रिपोर्टअनुसार, चिनियाँ अधिकारीहरूले तिब्बततर्फ नदी थुनिएर बनेको सम्भावित अस्थायी पानीको संरचना तथा थप बाढीको जोखिमबारे निगरानी बढाएका छन् ।  यस्तो संरचना अचानक फुटेमा सीमावर्ती क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले चिनियाँ पक्षले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढाएको रोयटर्सले जनाएको छ ।  


चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले  पनि घटनापछि चिनियाँ नेतृत्वले उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिएको जनाएको छ। । समाचारमा तिब्बतको जिरोङ क्षेत्रमा सडक, पूर्वाधार तथा अन्य संरचनामा क्षति पुगेको र उद्धार टोली परिचालन गरिएको उल्लेख छ ।  चिनियाँ रिपोर्टिङमा घटनालाई मुख्यतः सीमावर्ती क्षेत्रमा भएको प्राकृतिक विपत्तिका रूपमा प्रस्तुत गरिएको छ । 
घटनाको कारणबारे भने विभिन्न स्रोतका प्रारम्भिक विश्लेषणमा केही फरक देखिन्छ  । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको वैज्ञानिक विश्लेषणअनुसार, उच्च हिमाली क्षेत्रमा हिम–चट्टानको ठूलो भाग खसेर नदीमा पुगेपछि अत्यन्त शक्तिशाली बहाव उत्पन्न भएको हुन सक्ने देखिएको छ। । रोयटर्सले यस्तो घटनालाई हिम चट्टानको विशाल पहिरोसँग जोड्दै त्यसपछि नदीको बहाव असामान्य रूपमा बढेको हुन सक्ने वैज्ञानिकहरूको विश्लेषण प्रस्तुत गरेको छ । 
अमेरिकी समाचार संस्था एशोसिएट प्रेस एपीले पनि घटनालाई हिमनदी भत्किने वा ठूलो हिम–चट्टान संरचना खस्ने प्रक्रियासँग जोडेर रिपोर्ट गरेको छ । एपीको  रिपोर्टिङमा नेपाल र तिब्बत दुवैतर्फ भएको क्षति, बेपत्ता व्यक्तिको अवस्था तथा उद्धार प्रयासलाई मुख्य विषय बनाइएको छ । यसले घटनालाई केवल सामान्य वर्षाजन्य बाढीका रूपमा नभई उच्च हिमाली क्षेत्रमा भएको आकस्मिक प्राकृतिक प्रक्रियासँग सम्बन्धित विपत्तिका रूपमा प्रस्तुत गरेको छ । 
नेपालमा भने घटनाको कारणबारे थप वैज्ञानिक अध्ययन भइरहेको छ ।  अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)  र सम्बन्धित वैज्ञानिकहरूले स्याटालाइट  तथा अन्य भू–स्थानिक तथ्यांक अध्ययन गरिरहेका छन् ।  प्रारम्भिक अध्ययनमा हिम–चट्टानको ठूलो भाग नदीमा खसेको, त्यसले नदीको बहाव अवरुद्ध वा तीव्र बनाएको र त्यसपछि ठूलो परिमाणमा माटो, ढुंगा र पानी तलतिर बगेको हुन सक्ने सम्भावना औंल्याइएको छ । 
काठमार्डाबाट  सञ्चालन भएका अनलाइन खबरहरु र पत्रपत्रिकाले वैज्ञानिक तथा भूगर्भीय विश्लेषणलाई आधार बनाउँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा भएको घटनालाई हिमाली क्षेत्रमा हुने जटिल प्राकृतिक प्रक्रियासँग जोडेर रिपोर्ट गरेको छन् ।  उक्त रिपोर्टिङमा घटनाको वास्तविक कारण पत्ता लगाउन  उपग्रह तस्वीर, भूगर्वीय अध्ययन र अन्य वैज्ञानिक प्रमाण आवश्यक रहेको उल्लेख गरिएको छ । 

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)  र सम्बन्धित वैज्ञानिकहरूले स्याटालाइट  तथा अन्य भू–स्थानिक तथ्यांक अध्ययन गरिरहेका छन् ।  प्रारम्भिक अध्ययनमा हिम–चट्टानको ठूलो भाग नदीमा खसेको, त्यसले नदीको बहाव अवरुद्ध वा तीव्र बनाएको र त्यसपछि ठूलो परिमाणमा माटो, ढुंगा र पानी तलतिर बगेको हुन सक्ने सम्भावना औंल्याइएको छ । 


रोयर्टसको पछिल्लो रिपोर्टअनुसार, चिनियाँ अधिकारीहरूले तिब्बततर्फ नदी थुनिएर बनेको सम्भावित अस्थायी पानीको संरचना तथा थप बाढीको जोखिमबारे निगरानी बढाएका छन् ।  यस्तो संरचना अचानक फुटेमा सीमावर्ती क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले चिनियाँ पक्षले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढाएको रोयटर्सले जनाएको छ । 
उपलब्ध रिपोर्टहरूलाई समग्रमा हेर्दा, चिनियाँ सरकारी सञ्चारमाध्यमले घटनाको भौगोलिक सुरुआत नेपालतर्फको पहिरो तथा त्यसको सीमापार प्रभावसँग जोडेर वर्णन गरेका छन् भने अन्तर्राष्ट्रिय तथा वैज्ञानिक रिपोर्टहरूले हिम–चट्टान वा हिमनदीसम्बन्धी प्रक्रियालाई सम्भावित मुख्य ट्रिगरका रूपमा विश्लेषण गरेका छन् । 
यो विपत्तिले नेपाल र चीनबीच सीमापार बाढी पूर्वसूचना प्रणाली, नदीको वास्तविक समयको सूचना आदानप्रदान तथा हिमताल र हिमनदीको संयुक्त निगरानी अझ बलियो बनाउनुपर्ने आवश्यकता पनि देखाएको छ । विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भू–भौतिकीय जोखिम बढ्दै गएको अवस्थामा यस्ता विपत्तिबारे पूर्वसूचना र दुई देशबीच तत्काल सूचना आदानप्रदानले भविष्यमा मानवीय क्षति घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । 
 

प्रतिक्रिया