डढेलो नियन्त्रणमा आदिवासीको ज्ञान सम्बन्धी आयोजित पाँच दिवसीय क्षेत्रीय सम्मेलन सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ वैशाख २०८३, आइतवार
डढेलो नियन्त्रणमा आदिवासीको ज्ञान सम्बन्धी आयोजित पाँच दिवसीय क्षेत्रीय सम्मेलन सम्पन्न

डढेलो नियन्त्रणमा आदिवासीको ज्ञान आदानप्रदान गर्ने उदेश्यले आयोजित पाँच दिवसीय क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । नेपाल लगाएत एसियाका १२ मुलुकका आदिवासी प्रतिनिधिहरु सम्मेलित सो सम्मेलन संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले आयोजना  गरेको हो । 

कार्यक्रमको उदघाट्न सत्रमा नेपालका आदिवासी राई समुदायको सांस्कृतिक कला प्रस्तुत गरेर कार्यक्रम सुरु भएको थियो । उद्घाटन मन्तव्य राख्दै नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठनका आवासीय प्रतिनिधि केन शिमिजुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बंगलादेशका म्रिनल कान्ति तिपुरा, विश्वब्यापी आदिवासी डडेलो ब्यवस्थापन केन्द्रहरुको संजाल (ग्लोबल इन्डिनिनियस फायर हप नेटर्वेक) का संयोजक हौंरिया डिजौडी, नेपाल स्थित नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापतिले मनतव्य राख्नु भएको थियो  ।

उद्घाटन सत्रमा नै आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका रेशम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो, राष्ट्रिय आदिवासी जनजाति महिला महासंकी अध्यक्ष शोभा सुनुवार, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचन लगाएतले बोल्नुभएको थियो । 

पाँच दिने सम्मेलनको क्रममा सहभागी मुलुकका आदिवासीहरुले डढेले नियन्त्रण सम्बन्धी आदिवासीको ज्ञान प्रणाली बारे आआफन्नो अनुभव राख्नु भयो । सम्मेलनकै दौडानमा सहभागीहरुले धादिङको रोराङ स्थित चेपाङ वस्तीको भ्रमण गरी त्यहाँको अभ्यास बारेमा जानकारी लिनुभएको थियो । 

 

प्रतिक्रिया