आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनका अनुसार प्रशिक्षण २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म पूर्ण रूपमा अनलाइभ माध्यमबाट सञ्चालन हुनेछ ।
प्रशिक्षण नेपाली समयअनुसार प्रत्येक साँझ ७ः०० बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनु भयो । देश तथा विदेशमा रहेका इच्छुक आदिवासी जनजाति समुदायका व्यक्तिहरूले समेत अनलाइन माध्यमबाट www.nfdin.gov.np मार्फत फारम भर्न सक्ने र सहभागी हुन सक्ने बताइएको छ ।
तालिमका लागि २०८३ भदौ १५ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । । प्रशिक्षणमा सहभागी हुन सेवा शुल्क रु. १,००० मात्र तोकिएको छ ।
प्रशिक्षणमा सहभागीहरूलाई वर्तमान डिजिटल युगमा आवश्यक पर्ने विभिन्न प्रविधि तथा सीपहरूलाई व्यावहारिक र सिर्जनात्मक ढङ्गले सिकाउने घोषणा गरेको छ । प्रशिक्षणअन्तर्गत निम्न विषयहरू समेटिएका छन् ।
१. Artificial Intelligence & AI Content Creation
AI Tools, Prompt Engineering, AI Writing, AI Image & Video Generation, Agentic AI लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
२. AI Tools, Prompt Engineering, AI Writing, AI Image & Video Generation, Agentic AI तथा Notebook सम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ। ।
३. Professional Video Editing CapCut, Filmora tyf Adobe Premiere Pro योग गरी व्यावसायिक स्तरको भिडियो सम्पादन गर्ने सीप सिकाइनेछ। ।
४. Social Media Content Creation
Facebook, TikTok, YouTube, Instagram, Reels तथा प्रभावकारी Content Strategy निर्माणसम्बन्धी प्रशिक्षण दिइनेछ
५.WordPress Web Design & Development, WordPress मार्फत Website Design, Basic SEO, Domain tyf Hosting सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिनेछ ।६. Blogger/WordPress, SEO Writing, Content Planning
Blogger/WordPress, SEO Writing, Content Planning tyf Digital Content Publishing सम्बन्धी सीप सिकाइनेछ।
७. Personal Branding, Freelancing & Online Earning Personal Branding, Portfolio तथा Freelancing, Client Acquisition, Digital Services का सम्भावनाबारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
प्रशिक्षणको अन्तिम चरणमा सहभागीहरूले आफूले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै Real–world Capstone Project तयार गर्ने अवसरसमेत पाउनेछन् ।
प्रशिक्षण अवधिमा सहभागीहरूले प्रस्तुत गर्ने सीप, कला, सिर्जनशीलता र उत्कृष्ट प्रस्तुतिका आधारमा पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई ई–प्रमाणपत्र E–Certificateप्रदान गरिनेछ ।
प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवा तथा सिर्जनशील व्यक्तिहरूलाई डिजिटल प्रविधि, AI तथा नयाँ सञ्चार माध्यमको प्रभावकारी प्रयोगमार्फत ज्ञान, सीप, सिर्जना, उद्यमशीलता र रोजगारीका नयाँ अवसरसँग जोड्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकास भइरहेको वर्तमान समयमा आदिवासी जनजातिका भाषा, संस्कृति, ज्ञान, कला, इतिहास तथा मौलिक पहिचानलाई डिजिटल माध्यममा अभिलेखीकरण, प्रवद्र्धन र विश्वव्यापीकरण गर्न समेत प्रशिक्षण उपयोगी हुने अपेक्षा गरिएको छ ।
आवेदन फाराम https://nfdin-aitraining.gtechvision.com m लिङ्कबाट समेत भर्न सकिनेछ ।









