भोटखोलाको वरुण र छुजुङमा जलविद्युत आयोजना निर्माण नगर्न आग्रह, बोद्ध परम्परामाथि हस्तक्षेप

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ भदौ २०८३, मङ्गलवार
भोटखोलाको वरुण र छुजुङमा जलविद्युत आयोजना निर्माण नगर्न आग्रह, बोद्ध परम्परामाथि हस्तक्षेप

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका क्षेत्र भित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्गलगायतका नदी तथा खोलानालामाथि जलविद्युत परियोजना निर्माणका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । 
यसै साता राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयको सहमति बिना आयोजना अगाडि बढाईए प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।
सरकारी पदाधिकारीहरुलाई प्रभावमा पारेर ‘एम्पीक इनर्जी प्रालि’ले तल्लो वरुण जलविद्युत परियोजना र ‘साङ्ग्रिला उर्जा प्रालि’ले छुजुङ जलविद्युत परियोजना निर्माणका लागि इजाजत पत्र हासिल गरेको स्थानीय सरोकारवालाहरुले आरेप लगाउनु भएको छ । 

वरुण उपत्यकालाई बौद्ध मान्यता अनुसार ‘बेयुल’ अर्थात् लुकेको पवित्र भूमि र सात साङ्ग्रिलामध्ये एक साङ्ग्रिला मानिदै आएकोले त्यसको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक गरिमा संरक्षणको जिम्मा स्थानीयको मात्रै नभएर राज्यको प्रमुख दायित्व रहेको बताउनु भयो


कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्वु थुन्डु शेर्पाले धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्व बोकेका नदी–नालाको प्राकृतिक स्वरूप बिगारेर गरिने कार्य विकास नभई विनाश हुने धारणा रउहाँले राख्नु भएको थियो । शेर्पाले सम्बन्धित क्षेत्रका स्थानीयको स्वतन्त्र, अग्रिम जानकारी सहितको मञ्जुरी बेगर वरुण र छुजुङ्ग खोलामा जलविद्युत परियोजना निर्माण सफल नहुने उहाँहरुको भनाइ थियो । 
शेर्पाले वरुण उपत्यकालाई बौद्ध मान्यता अनुसार ‘बेयुल’ अर्थात् लुकेको पवित्र भूमि र सात साङ्ग्रिलामध्ये एक साङ्ग्रिला मानिदै आएकोले त्यसको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक गरिमा संरक्षणको जिम्मा स्थानीयको मात्रै नभएर राज्यको प्रमुख दायित्व रहेको बताउनु भयो । संसार विनाश भएर प्राणी विहिन हुने अवस्थामा यो बेयुल अर्थात् पवित्र भूमिमा मात्रै जीवन रहने शेर्पाको कथन छ ।
सम्पदा संरक्षणमा सक्रिय कर्म भोटियाले भोटखोला गाउँपालिकाका २ र ४ वडामा बन्ने विद्युत परियोजनाले स्थानीय जनतालाई फाईदा भन्दा क्षति गर्ने भएकाले जनताको माग अनुसार सरकारले निर्माण कार्य रोक्नुपर्ने माग राख्नु भयो । 
संखुवासभा जिल्लामा ५ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने करिब ५५ वटा जलविद्युत परियोजना रहेको उहाँले जानकारी दिनु भयो ।  ‘छुजुङ्ग र वरुण नदीबाट विद्युत उत्पादन नगर्दा राज्यको कति क्षति हुन्छ, यसअघि कहिल्यै विरोध भएको थिएन र अब किन विरोध गर्नु पर्ने अवस्था आयो, सम्बन्धित निकायले बुझ्नु पर्छ,’ भुटियाले थप्नु भयो । 
वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील डुक्पा थिकेपा भोटेले जैविक विविधता र वातावरणीय दृष्टिले अति समृद्ध वरुण उपत्यकामा विद्युत परियोजना सञ्चालन गर्नु भन्दा पनि तीर्थाटन, अध्ययन र पर्यटकीयरुपले विकास गर्नुपर्नेमा जोड दिनु भयो । 
माङरुवा तथा तल्लो वरुण नदी संघर्ष समितिका अभियन्तासमेत रहनुभएका  थिकेपाले आफूहरुलाई कुनै जानकारी नदिई गरिने निर्माण कार्यको कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो । 
च्याम्ताङ कल्याण समाज काठमाडांैका सचिव लाक्पा आङ्जुक भोटेले आयोजनाको कारण भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ का विभिन्न आदिवासी तथा धार्मिक समुदायको आस्था, संस्कारमाथि प्रत्यक्ष नकारात्मक असर पार्ने कार्यले स्थानीय रुष्ट भएको र संघर्षको तयारी गरेको जानकारी दिनु भयो । 
च्याम्ताङवासी ङिमा पोङसुवाले वरुण र छुजुङ नदीमा विद्युत परियोजना निर्माण गरिदा हिन्दू, बौद्ध र किराँत धर्मावलम्वीहरूले गर्ने धार्मिक अनुष्ठान, पूजा, स्नान तथा साधना गर्दै आएको संस्कारमा आघात पुग्ने जनाउनु भयो । 
स्थानीय टिकाराम गुरुङले विद्युत परियोजनाको स्वार्थलाई सार्थक बनाउन उद्यत राज्यका केही जिम्मेवार व्यक्तिहरुको कारण धार्मिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय चासोको क्षेत्रमाथि विनाशकारी क्रियाकलाप हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नू भयो । 
आदिवासी जनजाति महासंघका पूर्वसचिव शुकवीर थामीले सो क्षेत्रको संवेदनशीलताप्रति सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।  थामीले सिमित व्यक्तिहरुको स्वार्थको लागि सीमान्तकृत, आदिवासीहरुको आत्मसम्मान र जीविकोपार्जन गर्ने अधिकारको हनन सह्य नहुने चेतावनी दिनु भयो । 
हिमालय भोटे समाजको अध्यक्ष टासीग्याल्जेन चाङ्वा भोटेले धार्मिक आस्था बोकेका पवित्र नदीहरुमा जलविद्युत परियोजना निर्माण कार्य रोक्नु पर्नेमा जोड दिनु पर्ने भयो । स्थानीयको विरोध हुँदाहुँदै पनि परियोजना बनाउन दिनु राज्यको बलमिच्याई भएको उहँको दावी छ । भोटेले मकालु वरुण राष्ट्रिय निकुञ्ज, द ग्रेट हिमालय टे«क लगायतका महत्वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदा मास्ने खेल भएको आरोप लगाउनु भयो । 

हिमालय भोटे समाजको अध्यक्ष टासीग्याल्जेन चाङ्वा भोटेले धार्मिक आस्था बोकेका पवित्र नदीहरुमा जलविद्युत परियोजना निर्माण कार्य रोक्नु पर्नेमा जोड दिनु पर्ने भयो । 


सामाजिक क्षेत्रमा क्रियाशील जीवनाथ खनालले राज्य सधैं आम जनताको विपक्षमा रहेको जिकिर गर्दै भोटखोलामा जलविद्युत परियोजनाको नाममा भइरहेको अतिक्रमण त्यसैको निरन्तरता रहेको दावी गर्नु भयो । ‘राज्यको शक्ति सिंहदरवारबाट स्थानीय तहसम्म पुग्दा पनि सो प्रवृत्तिको पुनरावृति भइरहनु दुर्भाग्य हो, सो कार्य छुजुङ र वरुणमा मुखरित भएको छ,’ खनालले भन्नु भयो । सरकारको आधिकारिक निकाय विद्युत प्राधिकरणको पसलमा बिक्रीका लागि राखिएको बिजुली विकास नभई व्यापारिक वस्तु भएको खनालको कथन छ ।
स्थानीय मिक्मा तेम्बा लामाले जलविद्युत परियोजना निर्माण कार्यलाई अगाडि बढाउन केन्द्र सरकार एकतर्फी लागेको आरोप लगाउनु भयो । उहाँले सरकारी बलमिच्याई विरुद्ध स्थानीय सरकार, स्थानीय तहमा रहेका मकालु वरुण राष्ट्रिय निकञ्ज, जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका नेताहरुलगायत धार्मिक संघसंस्थाले औपचारिकरुपमा नै विरोध गर्दासमेत सिंहदरवार र परियोजना प्रबद्र्धकको साँठगाँठको कारण स्थानीय जनता आन्दोलित हुनुपरेको जानकारी दिनु भयो  । 

 

प्रतिक्रिया