तामाङ घेदुङमा आदिबासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ भदौ २०८३, मङ्गलवार
तामाङ घेदुङमा आदिबासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श 


नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ । “संस्कृति हाम्रो पहिचान, ज्ञान हाम्रो शान, संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ तामाङ आदिबासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श कार्यक्रम सोमबार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङसभाहलमा सम्पन्न भएको हो । 
तामाङ स्रस्टा सम्मान ः ज्ञान–संस्कृति बिमर्श शिर्षकमा आयोजित दुइदिने कार्यक्रम अन्तरगत पहिलो दिन आइतबार तामाङ संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीको अवसरमा विषेश सांगीतिक कार्यक्रम गरिएकोमा दोस्रो दिन सोमबार ज्ञान र संस्कृतिमाथि विभिन्न ५ कार्यपत्र प्रस्तुत भइ विमर्श गरिएको हो । 

तामाङ समुदायको ज्ञान र भौतिक–अभौतिक सम्पदा संरक्षणमा राज्यले बेवास्ता गर्दा संकटमा परेको भन्दै उहाँले राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 


तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन लामाको संयोजकत्वमा भएको कार्यक्रममा मानवशास्त्री डा मुक्तसिंह थोकर तामाङले तामाङ बोन्बो परम्परा र सम्पदा संरक्षण, तामाङ भाषा तथा लिपि विज्ञ अजितमानले तामाङ–तामाङ समुदायको अभौतिक सांस्कृतिक सम्पदा, अर्का भाषा तथा लिपि विज्ञ राजेन्द्र थोकर तामाङले तामाङ भाषा, व्याकरण र तामायिक लिपिको सैद्धान्तिक आधार, संस्कृति विज्ञ बुद्धी तामाङले प्रकृतिसँग सहअस्तित्व, तामाङ ज्ञान, संस्कृति र पहिचान र वरिष्ठ पत्रकार कुमार यात्रुले तामाङ आदिवासी ज्ञान, प्रथाजनित संस्थाहरुको अवस्था, आवश्यकताबारे कार्यपत्र प्रस्तुत गर्नू भएका् थिया् । यस्तै कार्यक्रममा विभिन्न अन्तराष्ट्रिय पुरस्कार र भारत सरकारबाट सामाजिक क्षेत्रमा पु¥यएको योगदानबापत विभिन्न पदकद्धारा विभुषित डा. चन्द्रा योन्जन तामाङले आफ्नो अनुभव सुनाएकी थिइन् । 
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले तामाङ ज्ञानको संरक्षण, अभिलेखिकरण र पुस्तान्तरण घेदुङले जोड दिदै अभियान सन्चालन गर्ने बताउनु भयो । तामाङ समुदायको ज्ञान र भौतिक–अभौतिक सम्पदा संरक्षणमा राज्यले बेवास्ता गर्दा संकटमा परेको भन्दै उहाँले राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

संस्कृति हाम्रो पहिचान, ज्ञान हाम्रो शान, संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ तामाङ आदिबासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श कार्यक्रम सोमबार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङसभाहलमा सम्पन्न भएको हो । 


 घेदुङ अब सबैसंग नयाँ ढंगले सहकार्य गर्ने सोचसहित अगाडी बढिरहेको र आफ्नै सांस्कृतिक भवन निर्माण गर्ने अभियानमा रहेको ब्लोनले जानकारी दिनु भयो ।  घेदुङ सबै तामाङ समुदायको साझा संस्था भएपनि सबैको अपनत्व गराउन कतै चुकेको भए वास्तावमै साझा अनुभूति दिलाउनमाआफु र आफ्नो टिम केन्द्रित हुने प्रतिवद्धता पनि उहाँले ब्यक्त गर्नू भयो । 
यस्तै महासचिव लिलाकुमार ग्लान तामाङले विविध संस्कृतिको धनी तामाङ सुमदायले आफ्नो मौलिक पहिचानमा गौरव गर्नु पर्नेमा जोड दिनु भयो । विश्वमा छरिएर रहेका तामाङ समुदायलाई भाषिक र सांस्कृतिक पहिचानले नै एकसुत्रमा बाँधिरहेको भन्दै उनले पहिचानलाई संकटमा पर्न नदिन एकजुट भइरहन आग्रह गर्नू भयो ।  
 

प्रतिक्रिया