नेपाल तामाङ महिला घेदुङको अध्यक्षमा संगिता बम्जन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ फागुन २०८१, शनिवार
नेपाल तामाङ महिला घेदुङको अध्यक्षमा संगिता बम्जन

नेपाल तामाङ महिला घेदुङको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा संगिता बम्जन सर्वसम्मत निर्वाचिन हुनुभएको छ ।

शनिबार नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटीमा आयोजित महाधिवेशनबाट संगिता बम्जनको अध्यक्षतमा २५ सदस्यि कार्यसमिति चयन भएको हो ।

बरिष्ठ उपाध्यक्षमा शर्मीला घलान तामाङ, उपाध्यक्षहरुमा प्रतिक्षा बम्जन, गंगा योन्जन, आईतीमाया तामाङ, सुनिता थिङ, सृजना थिङ, प्रमिला वाईवा, महासचिवमा मायालु तामाङ, सचिवमा हिरा कुमारी तामाङ, वरी बल तामाङ, यसैगरि कोषाध्यक्षमा तिर्थकुमारी लामा र सह कोषाध्यक्षमा मन्जु लामा पाख्रिन निवार्चित हुनुभएको छ ।

यसैगरि सदस्यहरुमा सरु तामाङ, लोरसाङ ब्लोन, लिलामाया तामाङ, टिका माया तमाङ, दुर्गा माया तामाङ, निर्मला तामाङ, भगवती लामा, लालमाया तामाङ, आयुस्मा तामाङ, फुलमाया तामाङ, गोमा कुमारी तामाङ विष्णु कुमारी मुक्तान, मिना लामा, र मिना तामाङ रहेको छ ।

यसअघि महाधिवेशनको उद्घाटन बागमती प्रदेश उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री सुकु माया तामाङले उद्घाटन गर्नुहुँदै तामाङ महिलाहरु संस्थागत रुपमा बलियो भएर राज्यको हरेक क्षेत्रमा पनि अग्रसर भएर लाग्ने खालको हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, नेपाल तामाङ घेदुङका सह अध्यक्ष कुमारसिं घिसिङ, नेपाल तामाङ महिला घेदुङका संस्थापक अध्यक्ष स्टेला तामाङ, पूर्व अध्यक्ष सुनी लामा, लगायतले शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया