राष्ट्रिय सभाको निर्वाचन प्रकृया परिमार्जन गर्न आदिवासी आयोगको ध्यानार्कषण  

Admin
Admin२२ पुष २०८०, आइतवार
राष्ट्रिय सभाको निर्वाचन प्रकृया परिमार्जन गर्न आदिवासी आयोगको ध्यानार्कषण  

आगामी माघ ११ गते हुन गईरहेको रिक्त राष्ट्रिय सभा सदस्यको निवार्चनमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेर मात्र निर्वाचन प्रकृया थाल्न संवैधानिक निकाय आदिवासी जनजाति आयोगले निवार्चन आयोग र सबै राजनीतिक दलको ध्यानाकर्षण गरेको छ । 

शुक्रबार आयोग परिषरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले नेपालको संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी र सहभागिता मुलक पद्धती विद्यमान निर्वाचन प्रकृयामा सामेल नभएकोले सो ध्यानाकर्षण गराएको जानकारी दिईएको छ । 

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष राम बहादुर थापा मगरले पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै यसअघिनै आयोगको वार्षिक प्रतिवेदनहरुमा यस्तो सिफारिस गरेर पठाएको भएतापनि हालसम्म कार्यन्वयन नभएको बताउनुभयो ।  

राष्ट्रिय सभाको रिक्त १९ सदस्य पदमा माघ ११ गते निर्वाचन प्रयोजनका लागि पुष २३ मा उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया