बागमतीलाई नेवा–ताम्सालिङ नामाकरण गर्नुपर्ने माँग गर्दै काठमाडौँमा पहिचान सभा,  अन्य प्रदेशमा पनि विस्तार गरिने 

डोल्मा शेर्पा
डोल्मा शेर्पा१ पुष २०८०, आइतवार
बागमतीलाई नेवा–ताम्सालिङ नामाकरण गर्नुपर्ने माँग गर्दै काठमाडौँमा पहिचान सभा,  अन्य प्रदेशमा पनि विस्तार गरिने 

बागमती प्रदेश नामाकरण भएको करीव चार बर्ष पछि  बागमती प्रदेशलाई नेवा– ताम्सालिङ नामाकरणको माँग गर्दै आदिवासीजन्य संघसंस्थाहरुले काठमार्डामा संयुक्त पहिचानसभाको आयोजना गरेका छन् । 

नेवा ताम्सालिङ पहिचान सभा भनिएको सो सभा बागमति प्रदेशका रैथाने नेवा र तामाङ जाति सम्बद्ध  नेवा देय् दबू र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा भएको थियो । पहिचान सम्बन्धि सो आन्दोलनलाई गुरुङहरुको जातीय सभा तमू ह्युल छोजधि, गुरुङ राष्टिय परिषद र मगरहरुको जातीय संस्था नेपाल मगर संघको समेत समर्थन रहेको थियो । 

यसै गरी अन्य जातीय संस्थाहरु र आदिवासी महिलाहरुको संस्था राष्टिय आदिवासी जनजाति महलिा महासंघका प्रतिनिधिहरुको समेत सहभागिता थियो । १ नम्बर प्रदेशमा प्रदेश पुन नामाकरण आन्दोलन जारी रहेकै बेला यस्तै प्रकारको आन्दोलन अन्य प्रदेशमा विस्तार गर्ने उद्देश्यले बागमतीमा  पहिलोपटक संयुक्त पहिचान सभाको आयोजना गरिएको हो । 

यस्तै प्रकारको सभा अन्य प्रदेशमा पनि लैजाने गरी कार्यक्रम बनाइएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनु भयो ।राजधानीको व्यस्थ बजार असन चोकको डबलीमा आयोजना भएको सभामा  नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री भिमसेनदास प्रधानसमेत सहभागी हुनु हुन्थ्यो । 

कार्यक्रममा नागरिक समाजका तर्फबाट लेखक खगेन्द्र संग्रौला, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमी शेर्पा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, तमु ह्युल छोजधि, गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्ण गुरुङ, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, संविधान सभा सदस्य इन्द्र बहादुर  गुरुङ लगायतले संबोधन गर्नुभएको थियो । 

सभामा बोल्ने सबै बक्ताहरुले प्रदेशको नाम पहिचान सहितको गराउनको लागि सबै प्रदेशमा आन्दोलनको आवश्यकता माथि जोड दिनु भएको थियो । यस अघि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले संयुक्त अपिल बाचन गर्दै राज्यको विभेदकारी संरचनाका कारण नेवार र तामाङलाई आफ्नो थातथलोबाट विस्थापित गराउँदै लगेको आरोप लगाउनु भयो । 

काठमाडौको न्युरोडबाट ¥याली सहित सभामा परिणत भएको कार्यक्रम नेवा देय् दबुका अध्यक्ष पवित्र बज्रचार्यको अध्यक्षतामा भएको थियो । सभामा तामाङ परम्परा अनुसार बोन्बो र ताम्बाद्धारा प्रस्तुती राखिएको थियो । भने कवि राजु स्याङ्तानले कविता बाचन गर्नुभएको थियो ।
 

प्रतिक्रिया